राष्ट्रिय समाचार

कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

२५ जेठ, सुर्खेत । कर्णालीमा थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना […]

कर्णालीमा १८ सय स्वाब प्रयोगशालामै थुप्रियो १० दिनसम्म पालो आएन

२५ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र गतिमा फैलिंदै गएका बेला परीक्षणको गति भने घटेको छ । प्रदेशमा आइतबारसम्म १८ सय स्वाब परीक्षण गर्न बाँकी छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक हजार पाँच सय र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय जनाको स्वाब परीक्षणको पर्खाइमा छन् । भारतबाट आएर क्वारेन्टिनमा […]

बालुवाटारमा ओली-प्रचण्ड भेट, एमसिसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

काठमाडौं, जेठ २५   सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ। दुई नेताबीच आइतबार दिउँसो बालुवाटारमा एक्लाएक्लै भेट भएको स्रोतले  बतायो। दुई अध्यक्षको भेटपछि अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिने भएको छ। ‘मंगलबार दिउँसो सचिवालय बैठक बस्छ। उक्त […]

कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु

काठमाडौं ।जेठ २५, २०७७ महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्य रुपमा कमी आएको एनआरएनएको भनाइ छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट […]

गण्डकीमा एकै पटक थपिए ३८ संक्रमित, संख्या ११३ पुग्याे

विकल्प न्युज / बेनी जेठ २५ गते । गण्डकी प्रदेशमा  थप ३८  जनामा काेेराेेेेना पुष्टि भएको छ । प्रदेशमा  एकैदिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । आइतबार बिहानसम्म प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०/१०जना छन् । गोरखा […]

बागलुङमा थप दश जनामा कारोना संक्रमण पुष्टि

विकल्प न्युज / बेनी जेठ २५ गते ।  बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगपालिकामा आइतबार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले निकालेको विज्ञप्ती अनुसार बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र एक जनाको उमेर नखुलेको जनाएका छ । ढोरपाटन नगरपालिकाका […]

म्याग्दीका २८ जनाकाे काेराेना परिक्षण रिपोर्ट नेगेटिभ

विकल्प न्युज / बेनी जेठ २५ गते । जेठ २० गते म्याग्दीबाट काेराेना परिक्षणका लागि पाेखरा  पठाएकाे २८ जनाकाे रिपोर्ट सवैकाे नेगेटिभ अाएकाे छ । उनिहरूकाे  काेराेना परिक्षण गर्दा काेराेना संक्रमित नभएकाे रिपोर्ट अाएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।  भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी  १ जना, पहिलो […]

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

२४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास […]

एकै दिन थपिए ३२३ जना काेराेना संक्रमित, ३२०० नाघ्याे

विकल्प न्युज/ बेनी जेठ २४ गते । शनिबार  नेपालमा  ३२३ जना मा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस जानकारिका क्रममा जनाईएकाे छ । यश संगै संक्रमित काे संख्या  ३२०० नाघेकाे छ। देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। […]

आइतबारदेखि मालपाेत कार्यालय खुल्ने

विकल्प न्युज/ बेनी जेठ २४ गते ।   आइतबार (भोलि) देखि मालपोत कार्यालय खुल्ने भएको छ। कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्। ‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन […]

गण्डकी प्रदेशमा थपिए १७ जना कुल संख्या ७५ पुग्याे

विकल्प न्युज/ बेनि जेठ २४ गते । गण्डकी प्रदेशका  चार जिल्लामा १७ जना काेराेना संक्रमित थपिएका छन । पाेखरामा गरिएको परिक्षणमा स्याङ्जा मा १०,बागलुङ १,कास्किमा ३,नवलपुर मा ३ जनामा  काेराेना भाईरस संक्रमित पुुुुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत जनाएकाे छ । याे संगै संक्रमित काे संख्या ७५ पुगेकाे छ । उनिहरू सबैलाई जिल्ला स्थित अाईसाेलेशनमा लैजाने […]

जुम्लामा क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु

२३ जेठ, काठमाडौं । जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले अनलाइनखबरलाई जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए । बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ […]

सुर्खेतमा कोरोना संक्रमणबाट युवकको मृत्यु : आरडीटीले दुई पटक झुक्यायो

२३ जेठ, काठमाडौं । रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए । सुर्खेत प्रवेश गर्ने विन्दु बबईमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि स्थानीय तहको क्वारेन्टिनमा पठाइयो । विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी विधिबाट टेष्ट गर्दा फेरि रिपोर्ट […]

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले  बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस […]

स्वास्थ्य मन्त्रालयको टेस्टिङ गाइडलाइन : क्वारेन्टिन बसेका सबैको पीसीआर परीक्षण नगरिने

२३ जेठ, काठमाडौं ।   स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ। पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष […]