ताजा समाचार:
Search

राष्ट्रिय समाचार

गलेश्वरमा पहिलो दिन १५ हजार भक्तजनले पूजाअर्चना गरे

प्रताप बानियाँ/ विकल्प म्याग्दी, साउन ७ ।म्याग्दीको बेनी नगरपाविकल्प गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनहरुले घुइँचो लागेको छ । यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजार दर्शनार्थी भक्तजनहरुले शिवालयमा पुजाआजा गरेका छन् । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट […]

म्याग्दीका मनवहादुर पुर्जा सहित ११ पौरखी किसान पुरस्कृत

६ साउन, पोखरा । व्यवसायिक रुपमा कृषि पेसा अंगाल्दै आएका उद्यमीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश प्रमुख उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले सर्वोत्कृष्ट १ सहित १० किसानलाई नगदसहित सम्मान गरे । ५० हजार रुपैयाँसहितको सर्वोत्कृष्ट पुरस्कार हेम्जा गाई फार्मका घनश्याम […]

धौलागिरि गाउँपालिकाको “एक विद्यार्थी एक बोट ओखर” कार्यक्रम

विकल्प न्यूज/बेनी साउन ६ गते । धवलागिरी गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न […]

सांसद केसीद्वारा यातायात क्षेत्रलाई व्यवस्थित गर्न ध्यानाकर्षण

विकल्प न्यूज/बेनी साउन ५ गते । गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराउनुभएको हो । संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल सकारात्मक रहेपनि ब्यवस्थापनको पक्ष […]

पहिरो पीडितलाई राहत उपलब्ध गराउने

विकल्प न्यूज/जलजला म्याग्दी ५ साउन ।जलजला गाउँ कार्यपालिकाको विपद् ब्यवस्थापन समितिले धाईरीङ र लस्तीका पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो जलजला गाउँपालिका ७ धाईरीङ र ८ लस्तीमा बुधबारको […]

बेनी नगरपालिकाको ९१.३३ प्रतिशत बजेट खर्च

सन्दिप शर्मा/विकल्प न्यूज साउन ४ गते । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा ९१.३३ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक सुरक्षा भत्ता सहित ४८ करोड ८८ लाख ३८ हजार बजेट बिनियोजन भएकोमा ४४ करोड ६४ लाख ४८ हजार ९ सय ४७.१८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । चालु तर्फ ३३ करोड ७८ लाख […]

बेनी–जोमसोम सडक राती बन्द हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ साउन । फाइल तस्विर म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा रातीको समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बेनीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ५ गतेदेखि लागु हुने गरी बेनी–घाँसा खण्डमा रातको समयमा […]

रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग

अनिल पौडेल/बेनी साउन ४ गते । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार रुपैयाँ उपलब्ध गराएका हुन् […]

बेनीमा एकिकृत सम्पत्ती कर लागू

सन्तोष गौतम/ विकल्प म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४/ ०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने नगर […]

दाङखोलाको बेलिब्रिज काे बारेमा भएका टिप्पणीकाे गाउँपालिकाद्धारा खण्डन

सन्तोष गौतम /विकल्प म्याग्दी ३ साउन । धवलागिरी गाउँपालिकाले फेदी स्थित दाङखोलामा निर्माण भएको “बेलिब्रिज”को बारेमा सामाजिक सञ्जालमा भएका टिप्पणी र आरोपको खण्डन गरेको छ । मालिका गाउँपालिका ५ र धवलागिरी गाउँपालिका ७ को सिमानामा निर्मीत (बेलिब्रिज) नामाकरण गरिएको अस्थाई प्रकृतीको मोटरेबल पुलको गुणस्तर, लागत, दिगोपना र विश्वसनीयताको विषयमा सामाजिक सञ्जालमा टिप्पणी र आलोचना भईरहेको […]

म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ गते  साउन । आर्थिक वर्ष २०७४७५ मा म्याग्दीमा आएको ९१ प्रतिशत बजेट खर्च भएको छ ।  म्याग्दीका छ वटा स्थानीय तह सहित ४० वटा सरकारी कार्यालयहरुमा तिन अरब २६ करोड ७२ लाख ६२ हजार ३०८ रुपैया बजेट आएकोमा दुई अरब ६८ करोड ९२ लाख ६२ हजार ४४६ रुपैया खर्च भएको […]

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते, बिस घर विस्थापित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ साउन । म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ र ८ मा पर्ने लस्तीमा पहिरो जाँदा एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका छन् । जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाकै […]

दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३२ असार ।  म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमिन धाँजा […]

लुलाङमा खेलमैदानको पर्खाल भत्कीदा पहिरोको जोखिम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार ।म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा खेलमैदानको पर्खाल भत्कीएर पहिरो जाँदा एक घर पुरीएको छ । लुलाङ आधारभुत विद्यालय परिसरको खेलमैदानको डिलमा लगाइएको ग्यावियन पर्खाल भत्कीदा शनिबार साँझ स्थानीय भिमप्रसाद कुमाईको घर पुरीएर क्षति पुगेको हो । भागेर ज्यान जोजाएका कुमाईको परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । […]

अर्मनमा सार्वजनिक सुनुवाई

ठाकुरप्रसाद आचार्य/निर्मल खत्री असार ३० गते । म्याग्दीको मंलगा गाउँपालिका ५ अर्मनमा शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो […]