राष्ट्रिय समाचार

रघुगंगाकाे काेटगाउँमा पहिराेमा पुरिएर दुई जनाको मृत्यु

विकल्प न्युज/ बेनी जेठ २८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको काेटगाउँमा  मंगबार राति १ बजे  पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। गोठ माथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयाे उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले […]

थपिए ३२३ जना कोरोना संक्रमित, कुल संख्या ४ हजार नाघ्यो

विकल्प न्युज/ बेनी जेठ २७ गते ।  नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । […]

रुपन्देही हत्यकाण्डमा गृहमन्त्रीको ध्यान जाओस् : छविलाल विश्‍वकर्मा

जेठ २७, २०७७ काठमाडौँः रुपन्देहीमा भएको पाँचजनाको हत्या आरोपितलाई कारवाही गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद छविलाल विश्वकर्माले माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै विभत्स उक्त सामूहिक हत्याकाण्डको छानविन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई ध्यानाकर्षण गरेका हुन्। ‘५ जनाको हत्या भएको घटनालाई गृहमन्त्रीको ध्यान तत्काल जान आवश्यक हुन्छ,’ उनले भने, ‘घटना […]

कोरोना संक्रमितलाई क्वारेन्टिनमा धामी लगाएर झारफुक !

२७ जेठ, काठमाडौं । दूरदराजका गाउँमा अन्धविश्वासले कतसिम्म जरा गाडेको छ भन्ने उदाहरण बनेको छ, अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राको एक क्वारेन्टिन । जहाँ कोरोना संक्रमित २५ वर्षीया महिलालाई कोरोना भगाउने भन्दै झारफुक गरेको पाइएको छ । गर्भवती रहेकी महिलाको स्वास्थ्य स्थिति गम्भीर भएपछि हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पताल ल्याउनुअघि गाउँको […]

अचानक नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित नबस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक किन स्थगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले अर्को बैठक कहिले बस्ने भन्ने पनि थाहा नभएको बताए । गत शनिबार प्रधानमन्त्री […]

प्रधानमन्त्रीको अहंकार कोरोना महामारी रोक्न समस्या भयो : कांग्रेस

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘सबै कुरा म जान्छु’ भन्ने प्रधानमन्त्रीको अहंकार कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोक्न समस्या भएको बताएको छ । सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै उसले चर्को आलोचना भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले नेपालभन्दा बाहिर १२७ […]

प्राधिकरणाकाे मोबाइल एप सञ्चालनमा, विद्युत् सम्बन्धी कारोबारमा थप सहज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज सोमबार (जेठ २६ गते) देखि आफ्नो मोबाइल एप्लिकेसन (एप) सञ्चालनमा ल्याएको छ । सेवालाई छरितो, गुणस्तरीय र आधुनिक बनाउन एप प्रयोगमा ल्याइएको हो । ग्राहकले आजदेखि एप प्रयोग गरेर सम्बन्धित कार्यालय तथा शाखासमक्ष गुनासो वा समस्या राख्न सक्ने वितरण तथा ग्राहक सेवा निर्देशनालय कम्प्युटराइज बिलिङ महाशाखाका उपप्रबन्धक सजुन श्रेष्ठले […]

चितवनमा कोरोना संक्रमितको पहिलो मृत्यु, संक्रमणको स्रोत खुलेन

२७ जेठ, चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भयो । उनी कोरोनाबाट मृत्यु हुने चितवनको पहिलो व्यक्ति हुन् । ६८ वर्षीय ती पुरूषलाई कहाँबाट कोरोना सर्यो भन्ने विषयमा अस्पतालका डाक्टर तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरु अन्योलमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका ती पुरुषमा सुगर, प्रेसर र मुटुसम्बन्धी […]

लक्षण नभएका कोरोनाका बिरामीबाट संक्रमण सर्नु ‘दुर्लभ’ : डब्ल्यूएचओ

२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) को लक्षण नदेखिएका बिरामी (एसिम्प्टोम्याटिक)बाट स्वस्थ मानिसमा यो रोग सर्नु ‘दुर्लभ’ रहेको बताएको छ । जेनेभामा प्रेस बि्रफिङको क्रममा सोमबार डब्ल्यूएचओकी टेक्निकल लिड मारिया भान केरखोभले कहिल्यै पनि लक्षण नदेखिएका संक्रमित वा लक्षण देखिनुभन्दा पहिलाका संक्रमितले अरुलाई यो रोग नसारेको पाइएको बताएकी हुन् । […]

करेन्ट लागेर पर्सामा एकजनाको मृत्यु

जेठ २७, २०७७ पर्सा : करेन्ट लागेर पर्सामा एकजना पुरुषको मृत्यु भएको छ। धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो। शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए। गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक […]

बाजुरा : बुढिगंगा नगरपालिकाले पीसीआर मेसीन किन्ने

बाजुरा – बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले कोरोनाको पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हाे । मेसीन किनेर जिल्ला अस्पताल बाजुरासँग समन्वय गरेर अस्पताललाइ […]

वीपी धरानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज

जेठ २७, २०७७ धनकुटा ।   सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट मंगलबार बिहान २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। उनीहरूको पछिल्लो पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। डिस्चार्ज हुने सबै झापाका हुन्। उनीहरू १८ देखि ५६ वर्षका […]

मंगलबारको मौसमको पूर्वानुमान

जेठ २७, २०७७ मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव  रहेको छ । यसैगरी, हाल देशको प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरै भूभाग र प्रदेश १ का पहाडी भूभागहरूमा सामान्य बदली […]

कोहलपुर मेडिकल कलेजमा उपचाररत महिलामा कोरोना पुष्टि, इमर्जेन्सी र ओपीडी सेवा बन्द

२७ जेठ, काठमाडौं । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आएकी एक जना गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछामकी चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा २५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अस्पतालका डा. दिनेश श्रेष्ठले बताएअनुसार अहिले संक्रमितको स्वास्थ्य स्थिति स्थिर छ । ‘आन्द्राको शल्यक्रिया गर्नुपर्ने देखिएको छ, त्यसैको […]

रुपन्देहीमा एक युवकले गरे ५ जना साथीको हत्या

विकल्प न्युज/ बेनी जेठ २७ गते ।  रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ । मृत्यु […]