राष्ट्रिय समाचार

पर्वतको दुर्लुङमा भीषण पहिरो: चार जनाको शब भेटियो

पर्वत, जेठ ३२ गते ।  पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि चारजनाकाे ज्यान गएको छ । भने पाँचजना अझै वेपत्ता भएका छन । दुर्लुङको काउले ढकालबारीमा गएको पहिरोले  २ घर बगाएको छ ।  घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले दिएको जानकारी अनुसार […]

तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ३१ गते ।     बेनी नगरपालिका वडा नम्बर ९ को एतिहासिक स्थल ढोलठान दरबार पुग्न पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विनियोजन भएको ६ लाख ३३ हजार तिनसय ३३ रुपियाँ लागतमा तोरीपानीको गुफाबोट देखि ढोलठान दरबार सम्म दुइमिटर चौढाई भएको ८ सय मिटर लामो पदमार्ग निर्माण गरिएको हो । स्वरोजगार […]

टोलटोलमा पुगेर योजना तथा कार्यक्रम संकलन गर्दै बेनपा ९

विकल्प न्यूज/बेनी जेठ ३१ गते ।  आगमी आर्थिक आर्थिक वर्ष २०७७/०७८ का लागि बेनी नगरपालिका वडा नम्बर ९ ले बस्तीस्तरमा पुगेर मागहरु संकलन गर्न थालेको छ । बेनी नगरपालिकाले आगमी आर्थिक वर्षका लागि नगरसभामा पेश गर्ने योजना तथा कार्यक्रमका लागि वडा नम्बर ९ घतानले वस्तीस्तरबाट योजना तथा कार्यक्रम छनौंट गर्न सुरु गरेको वडा अध्यक्ष बेलबहादुर […]

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडौँ, जेठ ३१ गते ।  दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर […]

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्याे

विकल्प न्युज / बेनी जेठ ३१ गते । गण्डकी  प्रदेशमा काेराेना संक्रमित काे संख्या १९७ पुगेकाे छ। शनिबार थप  पाँच जना कोरोना संक्रमित थपिएका हुन । पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र […]

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना थपिए

विकल्प न्यूज/बेनी जेठ ३० गते । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका […]

बिदामा पनि बैङ्क खोल्न निर्देशन

काठमाडौँ, जेठ ३० गते । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा/काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न […]

पर्वतमा थपिए १३ जना काेराेना संक्रमित

विकल्प न्युज/ पर्वत जेठ ३० गते । पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले जारि गरेकाे विज्ञप्ति अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ । विज्ञप्ति अनुसार  कुस्मा नगरपालिकाका १० […]

गण्डकीमा थप ३७ जनामा काेराेना पुष्टि, संक्रमित संंख्या १८८ पुग्याे

विकल्प न्युज/ बेनी जेठ ३० गते । गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना पुष्टि भएकाे छ । शुक्रबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मा जनाए अनुसार पर्वतमा १३,स्वाङजामा २२,तनहुमा १ र नवलपुरमा १ गरि ३७ जना नया संक्रमित थपिएको जनाएको छ । याे संगै गण्डकी प्रदेश १८८ पुगेका छन । संक्रमित सबैलाई अाईसाेलेशनमा लैजना तयारी […]

बेनी नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय सार्वजनिक भिडियो

विकल्प न्यूज/बेनी जेठ २९ गते । विहिवार नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा वसेको नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक गर्नुभएको छ । हेर्नुहोस भिडियो

मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

२९ जेठ, कामठाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ । तर मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बुधवार  बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र […]

विहिवार थपिए २५० जना कोरोना संक्रमित, कुल संक्रमित ४६ सय १४ पुग्यो

विकल्प न्यूज/बेनी जेठ २९ गते ।  नेपालमा विहिवार थप दुइसय पचास जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा उक्त जानकारी दिइएको हो । यो सँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका […]

लकडाउन खुकुलाे : विहिबारबाट पसल खोल्न दिने निर्णय

विकल्प न्युज/ बेनी जेठ २८ गते ।  सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले […]

सरकारद्वारा यस पटककाे एसइइ परीक्षा खारेज

काठमाडौं, जेठ   गते । सरकारलेे यस पटकको एसइइ परीक्षा खारेज गरेकाे छ । बुधबार बसेकाे मन्त्री परिषदकाे वैठकले एसईई परीक्षा खारेज गरेकाे हाे । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण देखाउदै सरकारले खारेज गरेकाे हाे । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसइइ खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता […]

एसइई : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाण्डौ/ जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज […]