राष्ट्रिय समाचार

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

३ असार, काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । […]

बाँकेमा कोरोनाबाट महिलाको मृत्यु

  असार ३ गते ।  बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी […]

थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

रुकुम पश्चिम घटनामा नवराजकी प्रेमिका भनिएकी किशोरीको बयान : दाजु र बुुबाले मारेको विश्वास

काठमाडौं । गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी (परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६) किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना […]

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित, १९१ जना डिस्चार्ज

२ असार, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार ९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका […]

बैतडीमा संक्रमण पुष्टि भएका १७ जना घरमै

असार २, २०७७ बैतडी : बैतडीमा कोरोना पुष्टि भएका चार जनालाई घर पठाइएको छ। सोमबार थपिएका २१ जनामध्ये १७ संक्रमित घरमै रहेका छन्‌। चार जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।  सोमबार पुष्टि भएका सबै संक्रमित शिवनाथ गाउँपालिकाका हुन्‌। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप मानिसहरू संक्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। यीसँगै बैतडीमा कोरोना संक्रमितको स‌ंख्या २७ पुगेको छ।  […]

कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा संक्रमण देखियो

असार २, २०७७ डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ।  धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएककामध्ये २८ वर्षीय स्टाफ नर्समासमेत संक्रमण देखिएको भएको अस्पतालले जनाएको छ।  संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै […]

सबै निकायबाट जारी भएका सवारी पास रद्द

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु  (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ । ट्राफिक मशाहाखाका अनुसार मंगलबारदेखि यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने […]

एमसीसी पारित नगर्न जनमुक्तिको खबरदारी

२ असार, काठमाडौं ।   राष्ट्रिय जनमुक्ति पार्टीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित नगर्न दलहरूलाई खबरदारी गरेको छ । एमसीसी कम्प्याक्टमा राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने प्रावधान भएको उसको ठहर छ । ‘नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसीसी सार्वभौम संसद्ले अनुमोदन गर्नुहुँदैन’ […]

श्रीलंका र मालदिभ्सबाट १५४ जना आउँदै

२ असार, काठमाडौं । श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् । हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२ नम्बरको फ्लाइटबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदैछन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार उनीहरुलाई नेपालमा उत्रिएपछि उपत्यकाका विभिन्न ठाउँमा रहेका होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राखिनेछ ।सेन्टरमा विस्तृत विवरण संकलन गरेर […]

गुल्मीमा थप ११ जनामा कोरोना पुष्टि

२ असार, गुल्मी ।  गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख […]

गण्डकीमा थपिए १८ संक्रमित, संख्या २२३ पुग्याे

विकल्प न्युज/ बेनी असार २ गते । गण्डकी प्रदेशमा थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । याे संगै प्रदेशमा संक्रमितकाे संख्या २२३ पुगेकाे छ। गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार निकालेकाे विज्ञप्ति अनुसार स्याङ्जा मा ४,गाेरखामा १०,नवलपुर, २ कास्की र बागलुङमा १/१ जनामा काेराेना पुष्टि भएकाे हाे । काेराेना पुष्टि भएका सबैजना भारत बाट […]

यस्ताे छ गण्डकी प्रदेश सरकारकाे बजेट (पूर्णपाठसहित)

पोखरा १ असार । गण्डकी प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा रु ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् । बजेटको पूर्णपाठ माननीय सभामुख  महोदय, १.    विश्वव्यापी कोरोना महामारीका कारण […]

पर्सामा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण पुष्टि

१ असार, वीरगञ्ज । पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा विन्दवासिनी गाउँपालिका ४ का २६,  ३६, ३९ र ५६ वर्षका […]

पर्सामा पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

१ असार, वीरगञ्ज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो । सेनाको टोलीले इनर्वामा लगेर अन्तिम संस्कार गरेको थियो । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाका […]