ताजा समाचार:
Search

राष्ट्रिय समाचार

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक रान्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

तलव दिने सहमति पछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु सेवामा फर्किए

विकल्प न्यूज/बेनी असोज २० गते ।    साउन देखिको तलब नपाएको भन्दै सेवा बन्द गरेर आन्दोलित बनेका बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु तलब पाउने सहमति पछि सेवामा फर्किएका छन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गरेर धर्नामा बसेका थिए । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति […]

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी अान्दाेलित, सेवा बन्द

विकल्प न्युज/बेनीअसाेज २० गते । म्याग्दीको बेनी अस्पतालका कर्मचारी साउन देखि यताको तलबको माग गर्दै बेनी अस्पतालका अध्यक्षको कार्यकक्ष बाहिर धर्नामा रहेका छन् । बुधबार बिहान देखि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारी धर्नामा बस्दा उपचारका लागि अस्पताल पुगेका बिरामी छटपटाउदै डाक्टरको परखाईमा रहेका छन् । चाडबाडको समयमा पनि तलब नदिएको भन्दै उनीहरु ध्र्नामा […]

५२ बर्षपछि घर फर्किए थामडाँडाका गुरुङ, परिवारमा खुसीयाली

विकल्प न्यूज/बेनी असोज २० गते । परिवारले आश मारिसकेको व्यक्ति वर्षौपछि टुप्लुक्क घरमा आउँदा घरपरिवारमा कस्तो महशुष होला ? यो क्षणमा खुसीको सीमा हुने त कुरानै भएन । यो दुई चारवर्षको कुरा होइन,पाँच दशक सम्म परिवारबाट सम्पर्क विच्छेद हुनुभएका एक पुरुषको पारिवारिक पुनर्मिलनले घरपरिवारको खुसी फर्किएको छ । घरबाट हराएको ५२ बर्षपछि बेनी नगरपालिका ४ […]

विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग

विकल्प न्यूज/बेनी असोज १९ गते । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक सहयोग अभियान संचालन […]

म्याग्दीको सिंगा तातापानीमा प्राकृतिक चिकित्सालय खुल्दै (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १९ गते ।   म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिंगामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी,फिजियोथेरापी,मसाज थेरापी,जलचिकित्सा, अकुपंचर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय […]

विद्युत पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको तार काटियो

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा […]

मुक्तिनाथ सहकारीको लगानी ४३ करोड

विकल्प न्यूज/बेनी असोज १६ गते । सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष […]

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोसहित)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १५ गते । थकालीको समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । खेलको उदघाटन […]

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

 विकल्प न्यूज/बेनी असोज १५ गते । न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र […]

घारखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण सकिएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ मार्ग बुधवार दुवैतर्फबाट जोडिएको छ । आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने सुरुङको ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका […]

तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १३ गते ।  म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका […]

म्याग्दीमा काँग्रेसको पालिका अधिवेशन ः नेतृत्वमा युवाको वर्चस्व

विकल्प न्यूज/बेनी असोज १२ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको गाउँ तथा नगर अधिवेशनबाट अधिकांश पदहरुमा युवा नेतृत्वको उदय भएको छ । काँग्रेसलाई बुढापाकाको पार्टी भएको र युवालाई अवसर नदिएको लाग्ने गरेको आरोप यसपटकको अधिवेशनबाट तोडिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट ४ वटा पालिकामा युवाको नेतृत्व स्थापित भएको छ । […]

२५ वर्ष पछि पर्वत बेनी बसपार्क ढलान गरिदै (फोटो/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १२ गते ।   हाम्रो विकास कति सुस्त छ भन्ने एउटा उदाहरण बनेको छ पर्वत बेनी बसपार्क । २५ वर्ष पछि बल्ल बसपार्कलाई व्यवस्थित बनाउन ढलान गर्न लागिएको हो । हिउदमा धुलो र बर्खायमा हिलोले सास्ती भोगेका पर्वत बेनीका स्थानीयहरु वसपार्क ढलान गर्न लागेपछि भने खुसी भएका छन् । कालिगण्डकी नदीमा […]

नेपाली काँग्रेस जलजलाको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी

विकल्प न्यूज/बेनी असोज १० गते ।  पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत ल्याउनु भएको छ । जिसीले ६६ मत  प्राप्त गरी पराजित हुनुभएको छ ।  उपसभापतिमा सावित्रा […]