राष्ट्रिय समाचार

प्रजिअ स्वागत थाप्दै हिड्ने,कालिपुलमा सर्वसाधरणलाई सास्ती दिने !

विकल्प न्यूज/बेनी भदौं ३ गते । हालै मात्र काठमाण्डौंबाट सरुवा भएर म्याग्दी आउनुभएका प्रमुख जिल्ला अधिकारीलाई यतिखेर विभिन्न संघसंस्थाहरुको स्वागत थाप्न भ्याईनभ्याई छ । स्वागतका लागि कहिले प्रजिअ कार्यालयमा त कहिले संघसंस्थाको कार्यालयमा नवआगन्तुक प्रजिअलाई स्वागत गर्नेहरुको ठूलै भिड देखिन्छ । कोरोनाको महामारी सुरु भएको काठमाण्डौंबाट आउनुभएका प्रजिअ होम क्वारेन्टाइनमा वस्नुपर्ने कि नपर्ने सर्वसाधरणहरुले यतिखेर प्रश्न […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प / बेनी थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा […]

भारतमा पछिल्लाे २४ घण्टामा काेरोनाबाट १०९२ जनाको मृत्यु

३ भदौ, काठमाडौैं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख ६७ हजार २७४ पुगेको […]

कोरोना संक्रमणका कारण मंगलबार ७ जनाको मृत्यु

२ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १/१ जनाको मृत्यु भएको हो । काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । […]

बेनीमा सम्पन्न सर्वपक्षिय वैठकका यस्ता छन् ७ निर्णयहरु (भिडियो)

विकल्प न्यूज/बेनी भदौं २ गते ।  नव आगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अगुवाईमा बेनीमा मंगलबार सर्वपक्षिय वैठक सम्पन्न भएको छ । प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा, संविधानसभा सदस्य रेशम बानियाँ ,प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु र स्थानीय तहका प्रमुख लगायत सरोकारवाला निकायहरुको संयु्क्त […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले  जानकारी दिए। शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार […]

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ […]

राष्ट्रिय झन्डा जलाएको आरोपमा एक पक्राउ

२ भदाै, काठमाडौं ।‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा […]

सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो

२ भदौ, काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै […]

मंगलबारको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ । मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, […]

पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

काठमाण्डौ – ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना […]

मृतक महिलाकी छोरीलाई पनि कोरोना

२ भदौ, पोखरा । सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम […]

पोखरमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

पोखरामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तनहुँको ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ३२ गते स्वास्थ्यमा समस्या देखिएपछि कास्कीको सेवा अस्पतालमा भर्ना भएकी उनमा सुगर, प्रेसर, मुटु र निमोनिया पनि रहेको डा। पदम खड्काले जानकारी दिए ।

म्याग्दी प्रवेश गर्ने कालिपुल बाहेक सवै नाका सिल गर्ने तयारी

विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दीमा कोरोना भाइरस संक्रमणलाई रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु मंंगलबार(आज) राती देखि सिल गर्ने तयारी गरिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना फैलिएकाले म्याग्दीमा पनि जोखिम बढ्न सक्नै भन्दै प्रशासनले सीमानाकाहरु सिल गर्ने निर्णय गरेको हो । जिल्लामा प्रवेश गर्न कालिपुल स्थित नाकाको मात्र प्रयोग गर्न पाइने […]

कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

२ भदौ, बुटवल । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा […]