ताजा समाचार:
Search

राष्ट्रिय समाचार

गण्डकी प्रदेशद्वारा अरूणालाई १ लाख नगद सहित सम्मान

विकल्प न्युज/ बेनी माघ ३ गते । अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान […]

सरकारी सेवा घर–घरमा पुर्‍याउन नागरिक मोवाइल एप सार्वजनिक

 विकल्प न्यूज/काठमाण्डौं माघ २ गते । सरकारले सरकारको सेवा प्रबाहका लागि नागरिक मोवाइल एप सार्वजनिक गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत सरकारले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नागरिक एप सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनका बीचमा एप सार्वजनिक गरेका हुन् । नागरिक मोवाइल एप्सले […]

कोरोना संक्रमण भएपछि प्रभु बैंकले निकाल्याे कर्मचारी

विकल्प न्युज/ बेनी माघ २ गते ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि म्याग्दीमा एक व्यक्तिको जागिर गएको छ । पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका अन्नपूर्ण गाउँपालिका–६, घारका शिव बरुवालको जागिर खोसिएको हो ।  ४१ वर्षीय बरुवाल प्रभु बैंकको अन्नपूर्ण शाखा पोखरेबगरमा सुरक्षागार्डका रुपमा काम गर्नुहुन्थ्यो । […]

जिल्ला प्रहरी कार्यालयमा आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना

विकल्प न्यूज/बेनी माघ १ गते ।  जिल्ला प्रहरी कार्यालय परिसर भित्र आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना गरिएको छ । प्रहरी कार्यालयबाट प्रवाह गर्ने सेवाप्रवाहलाई नागरिक मैत्री बनाउन आधुनिक नागरिक सहायता कक्ष स्थापना गरिएको हो । रघुगंगा गाउँपालिकाको दुईलाख पचास हजार र पालिका अध्यक्ष भवबहादुर भण्डारीको ६१ हजार ६ सय ९५ रुपैयाँ गरी ३ […]

जी न्यूज भन्छ- सगरमाथामा भारतले दाबी गर्नुपर्छ (भिडियो)

२९ पुस, काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले […]

म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो । […]

भलिबल खेलाडी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

विकल्प न्यूज/बेनी पुस २८ गते । राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन । । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको […]

बागलुङमा कोरोना संक्रमणका कारण ३७ वर्षीय युवाको मृत्यु

विकल्प न्यूज/बेनी पुस २८ गते ।   बागलुङमा आज बिहान ३७ वर्षिय कोरोना सक्रमितको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो । स्वासप्रस्वासमा समस्या रहेको उहाँलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । “उहाँ […]

म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दी जेसिजको वर्ष २१ को शाखा अध्यक्षमा विरेन्द्र निर्वाचित हुनुभएको छ । म्याग्दी जेसिजको आइतबार सम्पन्न २२ औं साधारणसभा तथा २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन आयुक्त खम थापामगरले जानकारी दिनुभयो । अधिवेशनले कार्यकारी वरिष्ठ कार्यकारी उपाध्यक्ष सन्दिप खत्री, उपाध्यक्ष नरेश श्रेष्ठ,डेकमाया केसी,सुमन बानियाँ र […]

बागलुङ खण्डको ९२ किलोमिटर कालोपत्रे सम्पन्न

बागलुङ, पुस २६ गते । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी पुष्पाल लोकमार्ग बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गले सबैभन्दा बढी दूरी ओगटेको जिल्ला बागलुङ हो । कुल १३२ किलाेमिटर सडकमध्ये ९२ किलोमिटर कालोपत्रे गरिएको छ । बाँकी ३७ किलो मिटर सडक कालोपत्रेको अन्तिम तयारीमा रहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख मेघराज […]

माघे संक्रान्तिका दिन सार्वजनिक बिदा

काठमाडौं, पुस २६ गते । सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।  

पार्टी एकता भंग भएको हो ः पूर्वमन्त्री बस्नेत

विकल्प न्यूज/बेनी बेनी, २२ पुस ।  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपाको एकिकरण प्रकृया नै टुंगोमा नपुग्दै एकता प्रकृया टुटेको बताउनुभएको छ । नेकपाको भातृय संगठन राष्ट्रिय युवा संघ म्याग्दीको ओलि पक्षले बेनीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिले पार्टी विभाजन नभइ तत्कालिन एकता प्रकृया भंग हुने अबस्थामा पुगेको […]

भिडियोमा हेर्नुहोस् नेकपा (ओली पक्ष) युवा संघ म्याग्दीको शक्ति प्रदर्शन

विकल्प न्यूज/बेनी पुस २१ गते । नेकपा (ओलीपक्ष) युवा संघ म्याग्दीले बेनीमा वृहत युवा भेला सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ म्याग्दीको आयोजनामा गरेको युवा भेलालाई नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो ।  

सूर्य चिह्नप्रति प्रचण्डको माया नक्कली ः नेता बस्नेत

विकल्प न्यूज/बेनी पुस २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ओली समूहका नेता बस्नेतले प्रचण्डलाई […]

बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २१ गते । सत्तारुढ नेकपा (ओलीपक्ष) को राष्ट्रिय युवा संघ म्याग्दीले सोमबार बेनीमा युवाहरुको वृहत ¥याली सहित भेला गरेको छ । युवा संघ म्याग्दीले आयोजना गरेको भेलामा आएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न नाराहरु लगाएका थिए । उनीहरुले ‘बाली अलि पिरो छ, केपी ओली हिरो छ ’ जस्ता नाराहरु लगाउँदै […]