Breaking News

म्याग्दीमा थप ४६ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज /बेनी जेठ २९ गते म्याग्दी मा  आज थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनी नगरपालिकामा ७ जना , धौलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना ,जलजला गाउँपालिका १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना , रघुगंगा […]

म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी जेठ २८ गते । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ५ जना , अन्नपुर्ण गाउँपालिकामा १२ जना , मालिका गाँउपालिकाका १ जना , मंगला गाउँपालिका २ जना गरी २६ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो संगै […]

६२ देखि ६४ वर्ष सम्मका ज्येष्ठ नागरिकलाई खोप

विकल्प न्यूज\बेनी जेठ २८ गते ।   शुक्रबार म्याग्दीमा ६२ देखि ६४ वर्ष सम्मका लागि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सो उमेर समुहका ज्येष्ठ नागरिकलाई जिल्ला भर एकै पटक खोप लगाउन लागिएको हो । जिल्लाका ६ वटै स्थानीय तहका वडाका स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त […]

रघुगंगालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज\बेनी जेठ २७ गते ।   रघुगंगा गाउँपालिकालाई ४ थान कन्सेन्टेटर सहित करिब साढे चारलाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा अध्यक्ष जिवनकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको छ […]

मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको गण्डकी सरकार ढलेको छ । प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन् । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । ६० सदस्यीय […]

मुल पार्टी माओवादी केन्द्रमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी

विकल्प न्युज/ बेनी बेनी, २७ जेठ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो । तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले […]

म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]

धवलागिरीको ताकममा भिडियो एक्सरे सहित ल्याब सेवा सुरु

विकल्प न्यूज\बेनी जेठ २५ गते । म्याग्दीको विकट धौलागिरी गाउँपालिकाले ताकममा भिडियो एक्सरे सेवा सहित ल्याब सेवा सुरु गरेको छ । वडा नम्बर ताकममा रहेको अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा उपलब्ध गराएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुरु गरिएको हो । […]

कोभिड महामारीका यी दुई हिरोको कथा (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २४ गते । ‘‘खाना भन्दा पनि पहिलो कुरा भनेको विरामीलाई चाँढो अस्पताल पु¥याउनु हुन्छ । भर्खर खाना बसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना […]

म्याग्दीमा थप ४६ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ २० गते । म्याग्दीमा विहिवार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।   पुष्टि भएकामा बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको […]

पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”

विकल्प न्युज/ बेनी बेनी, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधीकारी, सदस्य […]

९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना जितेपछि खुसी हुँदै घर

विकल्प न्यूज\बेनी जेठ १६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो । एक […]

बेनी अस्पतालमा आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न सरकारले ३ करोड उपलब्ध गराउने

विकल्प न्यूज/बेनी जेठ १३ गते ।  नेपाल सरकारले म्याग्दीको बेनी अस्पताललाई ३ करोड रुपियाँ उपलब्ध गराउने भएको छ । अस्पतालमा आइसियू र भेन्टिलेटरको थप व्यवस्थापन गर्न सो रकम उपलब्ध गराउने भएको हो । विहिवार अर्थ मन्त्रालयले देशभरका ४१ वटा अस्पताललाई बजेट उपलब्ध गराउने सहमति दिएको हो । कोभिड(१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका […]

म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी जेठ १३ गते । म्याग्दीमा विहिवार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुष्टि भएकामा बेनि नगरपालिकामा १३जना , मालिका गाँउपालिकामा ३जना , अन्नपुर्ण गाँउपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धौलागिरी गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना […]

लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

१३ जेठ, म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–२, खवराको पर्यटकीयस्थल लभ्लीहिलमा जडान गरिएको वायु ऊर्जा । म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइनमार्फत चार वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको छ । तस्बिरः ध्रुबसागर शर्मा/रासस म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको […]