Breaking News

विपन्न विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

विकल्प न्यूज\बेनी फागुन ९ गते । बेनी नगरपालिका–४,सिङ्गाकी मेधावी विद्यार्थी सोनी थापाको अमेरिकामा बसोबास गर्ने एक दम्पत्तीले उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । स्थानीय धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया थापालाई बेनपा–४ सुर्केमेला घर भई हाल अमेरिकामा रहनुभएका इन्द्र थापा, सबी थापाले घर खर्च सहित कक्षा १२ सम्मको पठनपाठनका लागि सहयोग […]

सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी युथक्लबलाई खेलकुद सामाग्री सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी ९ फागुन । सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी दरबाङ युथक्लबलाई रु चार लाख रुपैयाँ बराबरको खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्विकृत भएर आएको बार्षिक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको उक्त क्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको हो । कार्यालय प्रमुख […]

रघुगंगा गाउँपालिकाले भगवतीमा कोल्डस्टोर्स बनाउने

विकल्प न्यूज/बेनी फागुन ८ गते । जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीमा कोल्डस्टोर्स बनाइने भएको छ । रघुगंगा गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरेर एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स बनाउन लागेको हो । कोल्डस्टोर्स बनाउन संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले […]

‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।   म्याग्दीको सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो । पत्रिकाको लोकापर्ण गर्नुहुँदै […]

शिक्षा र मानविकी बिषयमा स्नातकोत्तर तह अध्यापनको तयारीमा छौं ः अध्यक्ष ढुंगाना

विकल्प न्यूज/बेनी फागुन ५ गते ।  म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले निकट भविस्यमै क्याम्पसमा शिक्षा र मानविकी बिषयमा पनि स्नातकोत्तर तहको अध्यापन हुने बताउनुभएको छ । बिहिबार क्याम्पसमा गठन गरिएको सूचना र प्रविधि एकाईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढुंगानाले यी दुई बिषयमा स्नातकोत्तर तह अध्यापनका लागि त्रिविको आवेदन मागको सूचना बमोजिम निवेदन […]

परियोजना पुननिर्माण पछि लुलाङमा बत्ति बल्यो

विकल्प न्यूज/बेनी फागुन १ गते ।   पाँचमहिना अघि बाढीले क्षति पु¥याएको धबलागिरि गाउँपालिका २ लुलाङको लघु जलविद्युत परियोजना पुननिर्माण पछि आइतबारबाट गाउँमा बत्ति बलेको छ । गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गरी परियोजना पुननिर्माण तथा मर्मतसम्भार गरिएको हो । भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत […]

सुन्तला खेतीबाट समृद्ध बासखर्क

ठाकुरप्रसाद आचार्य/जलजला माघ २९ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्ष देखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एकहजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् । पाइजाले मात्र होइन बासखर्कका दुईसय १० घरपरिवारले वर्षौ देखि […]

बेनी नगरको सार्वजनिक जग्गामा बेथिति ः ४ लाख सम्म विक्री

विकल्प न्यूज/बेनी माघ २८ गते । बेथिति नम्बर १. बेनी नगरपालिका ७ सामुदायिक चोकमा विगत करिब १० वर्ष देखि टहरमा व्यवसाय गर्दै आउनुभएकी जमीला बेगमले उक्त टहरा शिवकुमार शाहालाई ४ लाख ७० हजारमा विक्री गरेको । उक्त टहराको मर्मत गरी सटर निर्माण गरेर केही महिनापछि नै फेरी मुकेशलाल कायस्थालाई ४ लाख ३० हजारमा विक्री गरेको […]

नदी कटानबाट बेनीलाई जोगाउन संरक्षण योजना सुरु

ठाकुरप्रसाद आचार्य /बेनी माघ २८ गते ।   म्याग्दीको सदरमुकाम बेनीलाई नदी कटानबाट जोगाउन बेनीबजार संरक्षण योजना सुरु गरिएको छ । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनीलाई संरक्षण गर्न डिपिआर बनाएर तिनवर्ष अघिदेखि योजना सुरु गरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बजार संरक्षण […]

निर्वाचन लक्षित कार्यक्रम बनाउँदै म्याग्दीका दलहरु

ठाकुरप्रसाद आचार्य /म्याग्दी माघ २६ गते । सरकारले आगमी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटन थालेका छन् । निर्वाचन हुने नहुने आशंका विच नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको वैठकले निर्वाचनको मिति घोषणा गरेपछि दलहरु आन्तरिक योजना बनाउन जुटेका हुन । दलहरुले आगमी निर्वाचन लक्षित कार्यक्रमहरु बनाउन […]

स्थानीय चुनावको कार्ययोजना बनाउँदै निर्वाचन आयोग

 विकल्प न्यूज/काठमाण्डौं माघ २६ गते ।  निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ […]

लामाखेत सुकुम्बासीका पीडा ः ‘चालिस वर्षमा पनि पाएनन् लालपुर्जा’

ठाकुरप्रसाद आचार्य /जलजला माघ २४ गते । यहाँको एक वस्तीमा वस्ने सुकुम्बासीहरुले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका ४ लामाखेत स्थित सुकुम्बासीहरु बसोबास गरेको चालिस वर्ष हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । यो वस्तीमा बसोबास गर्ने सवैजना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका […]

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

विकल्प न्युज/बेनी माघ २३ गते ।   म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम सुरू भएको छ । २५ मेगावाट क्षमताको आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको […]

मंगला गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ २१ गते । जिल्लाको मंगला गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले १६ वटा योजनाका लागि थप ३८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । साथै सभाले पालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका योजना तथा कार्यक्रमको समिक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका […]

तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडियो सहित)

विकल्प न्यूज/बेनी माघ २० गते । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दविएपछि विहिवार जिल्ला […]