ताजा समाचार:
Search

Breaking News

रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी जेठ ११ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका […]

बेनी नगरको कार्यपालिका सदस्य निर्वाचनमा पनि गठबन्धन

विकल्प न्यूज/बेनी जेठ ११ गते । बेनी नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि पनि सत्ता गठबन्धनमा आवद्ध दलहरुले तालमेल गरेका छन् । नेपाली काँग्रेस,माओवादी र एकिकृत समाजवादीले तालमेल गरेका हुन । नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि […]

धवलागिरीका जनप्रतिनिधिको पहिलो प्राथमिकता स्वास्थ्य र सडक

विकल्प न्यूज/बेनी जेठ १० गते । धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सडक र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका छन् । सपथग्रहण र पदवाहली कार्यक्रममा उनीहरुले पालिका भित्र रहेका दुर्गम वस्तीमा सडक सञ्जाल पु¥याउने र विकट भेगमा स्वास्थ्य इकाई मार्फत पालिका वासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन । औपचारिक रुपमा सोमबारदेखि […]

गौचनद्धारा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग

विकल्प न्यूज/बेनी जेठ ९ गते । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेकी छन् । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गरेकीहुन् । उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद […]

बेनी नगर प्रमुखको पदभार ग्रहणः स्वास्थ्य सम्बन्धि तीन निर्णय

विकल्प न्यूज/बेनी जेठ ६ गते ।  म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुखको पदभार ग्रहण गर्दै केसीले प्रभावकारी सेवा, सुशासन, पारदर्शिता, भ्रष्टाचार न्युनिकरण लगायतमा कर्मचारी र जनप्रतिनिधि एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । बेरुजुको समस्या स्थानीय तहको […]

हिस्तानका माइलन पुन म्याग्दीकै कान्छो वडाध्यक्ष

विकल्प न्यूज/बेनी जेठ ५ गते । अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ हिस्तानको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार २८ वर्षीय मईलन पुर्जा पुन विजयी हुनुभएको छ । विहिबार विहान सम्पन्न मतगणना अनुसार उहाँले ३९८ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका गम बहादुर फगामीले २२८ मत पाप्त गर्नुभएको छ । त्यस्तै एमालेबाट दलित […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट […]

तस्विरमा बेनी नगरका जनप्रतिनिधिहरुको विदाई र स्वागत

विकल्प न्यूज\बेनी जेठ ४ गते । बेनी नगरमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको स्वागत र आफ्नो पाँचवर्षे कार्यकाल सम्पन्न गरेका जनप्रतिनिधिहरुको विदाई कार्यक्रम गरिएको छ । बेनी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको विदाई तथा स्वागत कार्यक्रममा लिइएका तस्विरहरु ः  

बेनी नगर जितेपछि एमाले र माओवादीले मनाए विजय उत्सव (फोटो फिचर)

विकल्प न्यूज\बेनी जेठ ३ गते । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयर माओवादीले जितेपछि विजयी उत्सव मनाएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयर ज्योती लामिछाने विजयी हुनुभएको छ । बेनी नगरको मेयर सहित वडा नम्वर १, ५, ६, ८ र १० मा एमालेले जित […]

जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

विकल्प न्यूज/जलजला जेठ ३ गते । पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु आचार्य विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई फराकिलो मतअन्तरले पछाडी पार्दै आचार्य विजयी हुनुभएको हो । वडा नम्बर एक देखि ८ सम्म मतगणना सकिएको छ । जसमा आचार्य १०६४ मतले एमालेका उम्मेदवार अधिकारी भन्दा अगाडि […]

बेनी नगरकाे मेयरमा सुरज र उप मेयरमा ज्याेती विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा […]

जीतकाे नजिक पुगे बेनी नगरमा सुरज र ज्याेती

विकल्प / बेनी जेठ २ गते । स्थानीय तहकाे निर्वाचनकाे  जारि मत गणना अनुसार  बेनी नगरपालिकाकाे मेयरमा  नेकपा एमालेका सुरज केसी र गठबन्धनका तर्फबाट  उप मेयर नेकपा माओवादीकी ज्याेती लामीछाने  जीतकाे नजिक पुगेका छन । वडा नम्बर १ देखि ८ वडा सम्म सम्पन्न मतगणना अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार केसीले ६१५९ मत प्रााप्त गर्नुभएको […]

बेनी नगरपालिका ८ मा एमालेका उत्तम कर्माचार्य विजयी

विकल्प न्युज/ बेनी जेठ २ गते । बेनी नगरपालिका ८ मा नेकपा एमालेका उत्तम कर्मचार्य ४ मत अन्तरले विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका हिम बहादुर भण्डारीलाई पराजित गराउदै कर्मचार्य विजयि हुनुभएको हाे ।

बेनी नगरपालिका ६ काे वडाध्यक्षमा एमालेका कृष्ण बानियाँको विजयी

विकल्प न्युज/बेनि जेठ २ गते । बेनी नगरपालिका ६ काे वडाध्यक्षमा नेकपा एमालेका कृष्ण बानियाँको विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम नतिजा आउन वाँकी छ । बानियाँले गठबन्धनका उमेदवार नेकपा माओवादीका नगेन्द्र केसीलाई फराकिलो मतअन्तरले पछाडि पार्नुभएकाे छ । वडा न. ६ मत १६०० गन्दा मेयर सुर्य – ९५८ गठबन्धन – ५८३ उपमेयर सुर्य – […]

बेनी नगरपालिका ७ काे वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी

विकल्प न्युज/ बेनी जेठ २ गते । बेनी नगरपालिका ७ काे वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी  हुनुभएको छ । सदस्यहरू शाेभन श्रेष्ठ, सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माअाेवादकि सुजना किसान विजयी हुनुभयो छ ।