ताजा समाचार:
Search

Breaking News

म्याग्दीको सिंगा तातापानीमा प्राकृतिक चिकित्सालय खुल्दै (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १९ गते ।   म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिंगामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी,फिजियोथेरापी,मसाज थेरापी,जलचिकित्सा, अकुपंचर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय […]

म्याग्दीका पछिल्ला दुई निर्वाचन माथि प्रश्न ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज १७ गते । यतिखेर नेपाली काँग्रेसको महाधिवेशन चलिरहेको छ । वडा देखि केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन चलिरहेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । म्याग्दीमा दुई वटा वडा वाहेक अन्यमा सहमतिबाट नेतृत्व चयन भए । पालिका तथा नगर अधिवेशन पनि सम्पन्न भइसकेका छन् । अव निर्वाचन क्षेत्र प्रदेश […]

११ औं तोरन्ल गोल्डकपको उपाधी दरवाङले जित्यो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी असोज १७ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भएको ११ औं तोरन्ल गोल्डकपको उपाधी थकाली सेवा समिति दरवाङले हात पारेको छ । थकाली सेवा समिति दरवाङ (रातढुङ्गां ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङले नगद एकलाख सहित मेडल प्राप्त गरेको छ । यसैगरी १ सय […]

विद्युत पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको तार काटियो

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा […]

मुक्तिनाथ सहकारीको लगानी ४३ करोड

विकल्प न्यूज/बेनी असोज १६ गते । सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष […]

भिडियोमा हेर्नुहोस् बेनीमा एघारौं तोरन्ल गोल्डकप प्रतियोगिता

विकल्प न्यूज/बेनी असोज १५ गते । थकाली सेवा समिति केन्द्रले बेनीमा एघारौं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता आयोजना गरेको छ । तारा खेलमा देशभरबाट १८ समुहका एकसय १८ जना खेलाडीहरुले भाग लिएका छन् । खेल तिनदिन सम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख नगद सहित पाँचतोलाको सुनको मेडल पुरस्कारको व्यवस्था गरिएको छ । […]

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोसहित)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १५ गते । थकालीको समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । खेलको उदघाटन […]

घारखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण सकिएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ मार्ग बुधवार दुवैतर्फबाट जोडिएको छ । आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने सुरुङको ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका […]

तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १३ गते ।  म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका […]

म्याग्दीमा काँग्रेसको पालिका अधिवेशन ः नेतृत्वमा युवाको वर्चस्व

विकल्प न्यूज/बेनी असोज १२ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको गाउँ तथा नगर अधिवेशनबाट अधिकांश पदहरुमा युवा नेतृत्वको उदय भएको छ । काँग्रेसलाई बुढापाकाको पार्टी भएको र युवालाई अवसर नदिएको लाग्ने गरेको आरोप यसपटकको अधिवेशनबाट तोडिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट ४ वटा पालिकामा युवाको नेतृत्व स्थापित भएको छ । […]

२५ वर्ष पछि पर्वत बेनी बसपार्क ढलान गरिदै (फोटो/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १२ गते ।   हाम्रो विकास कति सुस्त छ भन्ने एउटा उदाहरण बनेको छ पर्वत बेनी बसपार्क । २५ वर्ष पछि बल्ल बसपार्कलाई व्यवस्थित बनाउन ढलान गर्न लागिएको हो । हिउदमा धुलो र बर्खायमा हिलोले सास्ती भोगेका पर्वत बेनीका स्थानीयहरु वसपार्क ढलान गर्न लागेपछि भने खुसी भएका छन् । कालिगण्डकी नदीमा […]

नेपाली काँग्रेस जलजलाको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी

विकल्प न्यूज/बेनी असोज १० गते ।  पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत ल्याउनु भएको छ । जिसीले ६६ मत  प्राप्त गरी पराजित हुनुभएको छ ।  उपसभापतिमा सावित्रा […]

काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी

विकल्प न्यूज/बेनी असोज १० गते ।  नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयाे भने बाेगटिले ६८ मत ल्याउनु भएको छ । उपसभापतिमा हरि पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा […]

जलजलामा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु

विकल्प न्यूज/बेनी असोज १० गते ।   नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु गरिएको छ । वडा नम्बर ४ स्थित मोहोनचोकमा रहेको पार्टी कार्यालयमा मतदान सम्पन्न भएको थियो । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि आइतबार दिउसोबाट मतदान सुरु गरिएको थियो […]

बेनी नगरपालिकामा मतगणना सुरु

विकल्प न्युज/ बेनी ग्दी १० असोज । नेपाली कांग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन नभएपछि आइतबार विहान साढे ११ बजेदेखि ५ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मतदान भएको थियो । सभापतिका उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्की सहित दुई प्यानल पदाधिकारीका लागि खसेको मतको गणना सुरु […]