ताजा समाचार:
Search

Breaking News

हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)

विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट […]

म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]

एककरोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज माघ १३ गते । रत्नेचौर,भुगाने / बेनी नगरपालिका १ रत्नेचौर स्थित पशुपालन फार्ममा पुग्दा सुनिल श्रेष्ठ भैंसीलाई घाँस खुवाउन व्यस्त हुुनुहुन्थ्यो । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दहुना भैंसी र जर्सी जातका ७ गाई छन् । सुनिल बागलुङ बजारका स्थायी वासिन्दा हुनुहुन्छ । रोजगारीको शिलशिलामा दुईवर्ष जापानमा विताउनुभएका […]

म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल निर्वाचित

विकल्प न्यूज/बेनी माघ ११ गते ।  म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष बेनीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । अध्यक्ष चयनका लागि शनिबार जेसिज सचिवालयमा भएको मतदानमा बरुवालले ४१  मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितिका आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । बरुवालका प्रतिस्पर्धी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको छ । एक मत बदर भएकाे […]

म्याग्दी जेसीजको अध्यक्ष चयनका लागि भएको मतदान सम्पन्न (भिडियो \फोटो सहित)

विकल्प न्यूज/बेनी माघ ११ गते ।    म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । शनिबार जेसिज सचिवालय बेनीमा मतदान सम्पन्न भएको हो । ६० सदस्य रहेको जेसिजमा ५५ जनाले मतदान गरेको निर्वाचन आयुक्त कमल विश्वकर्माले बताउनुभयो । सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया […]

म्याग्दी जेसीजको इतिहासमा अध्यक्ष चयनका लागि पहिलोपटक आज मतदान हुँदै

विकल्प न्यूज/बेनी माघ ११ गते ।   म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया थालिएको छ । अध्यक्षका दुई प्रतिस्पर्धी सुजन बरुवाल र शैलेश श्रेष्ठका विच आज मतदान हुन लागेको हो । गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा […]

माघ १६ देखि नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव

विकल्प न्यूज/बेनी माघ ९ गते ।   सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ । अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको […]

जापानबाट फर्केर करोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो)

विकल्प न्यूज/बेनी माघ ८ गते । बागलुङ बजारवासी सुनिल श्रेष्ठले बेनी नगरपालिका १ रत्नेचौरमा एककरोड रुपैयाँ भन्दा वढी लगानी गरेर व्यवस्थित रुपमा पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको छ । रोजगारीको शिलशिलामा जापान पुग्नुभएका श्रेष्ठ भिषा नसकिँदै दुइवर्षमा स्वदेश फर्किएर पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । जापानमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभएको […]

बेनीको मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ

विकल्प न्यूज/बेनी माघ ७ गते । बेनी नगरपालिका ७ मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मगलाघाट बस्ने वर्ष २५ का मनोज खत्री र वर्ष २२ का आशिष खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले लागूऔषधको बेचविखन […]

मोना हङकङ महिला विभागद्धारा म्याग्दीका ६ जना अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी माघ ४ गते ।     म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा संकलन भएको तिनलाख […]

मोना हङकङ ट्रष्टद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

विकल्प न्यूज/बेनी माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्रछात्रा र उनीहरुले अध्ययन गरेको विद्यालयलाई पुरस्कृत गरेको छ । शनिबार मोना हङकङ ट्रष्ट फण्डद्धारा बेनीमा आयोजित कार्यक्रम विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र […]

उपसभामुखको राजिनामा आउँछ ः प्रवक्ता श्रेष्ठ

ठाकुरप्रसाद आचार्य/बेनी माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताउनुभएको छ । शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुँने […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयन तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ २ गते जिल्लाका स्थानीय तहहरु चालु अािर्थक वर्षमा विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वनयमा जुटेका छन् । दोस्रो चौमासिक सुरु भएसँगै स्थानीय तहहरुमा योजना कार्यान्वनयले तिव्रता पाउन थालेको हो । एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा चालु आर्थिक वर्षमा पूर्वाधार तर्फका साना ठूला गरी करिब एकहजार भन्दा वढी योजनाहरु सञ्चालित छन् […]

फोटो र भिडियोमा हेर्नुहोस् बेनीमा मगर समुदायको भेषभुषा सहितको झाँकी

विकल्प न्यूज/बेनी माघ १ गते । माघे संक्रान्तिका अवसरमा आज बेनीमा मगर समुदायले विभिन्न भुषभुषा सहितको झाँकी निकालेका छन् । नेपाल मगर संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा मगर समुदायका युवायुवती,वृद्धवृद्धाहरु जातिय पोषाकमा सझिएर कलासंस्कृति प्रदर्शन र नाचगान गर्दै बजार परिक्रमा गरेका हुन ।  

बेनीमा माघेसंक्रान्ति मेला ः २५ तस्विर र भिडियोमा हेर्नुहोस

विकल्प न्यूज/बेनी पुस २९ गते ।       बेनीमा मंगलबार देखि माघे संक्रान्ति मेलाको आयोजना गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले बेनीको खुल्ला मञ्चमा दुईदिने मेलाको आयोजना गरेको हो । मेलाको गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन पूर्व विभिन्न जातजातिका झाँकी,बाजागाजा र भेषभुषा […]