ताजा समाचार:
Search

Breaking News

न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २४ गते । म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र […]

माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि जेसीज कपको फाइनलमा

विकल्प न्यूज\बेनी मंसिर २३ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०-२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा […]

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

२३ मङ्सिर, तिल्केनीचौर (म्याग्दी) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै उनले आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा […]

अबको दुई वर्षपछि नेपालले बिजुली आयात गर्दैन ः मन्त्री बस्नेत

विकल्प न्यूज/बेनी मंसिर २३ गते । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तराष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिवद्धता जनाउनुभएको हो । “सरकारको प्रयासले देशको […]

मुस्ताङमा भित्रियो स्याउबाट ४९ करोड

विकल्प न्यूज/बेनी मंसिर २२ गते । मुस्ताङबाट यस वर्ष रु. ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ ।  स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले […]

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी,  मङ्सिर २२ गते ।  केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । […]

आहा जमेर बरफ बनेको अन्नपूर्णको पञ्चकुण्ड ताल ! (फोटोसहित)

विकल्प न्यूज\बेनी मंसिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुन्द्री सतह देखि चारहजार एकसय ९५ मिटरको उचाईमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । आधारशिविर पुगेका आन्तरिक पर्यटकहरु जमेको तालमा रमाउँदै तस्विर खिचेका छन् । […]

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै

 मङ्सिर २१ गते ।  २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ । बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो । भिडन्तका […]

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी, मङ्सिर २१ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल ।   म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म […]

कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग

विकल्प न्युज / बेनी २० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै […]

अन्नपूर्णले थालेको सवारी साधन दर्तालाई सिडिओको अवरोध

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन सूचिकृत तथा दर्ता गरी नियमन गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय सदरमुकाम स्थित केही ठूला व्यावसायीहरुको प्रलोभनमा परेर पालिकाले अगाडी बढाएको सवारी साधन दर्ता प्रक्रियालाई हस्तक्षेप गरेर रोकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष […]

बेनी–जोमसोम सडक ः राहुघाट–तातोपानी खण्डमा कालोपत्रेको तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते ।   उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहुघाट–तातोपानी खण्डको ठेकेदार काममा फर्किएर सडक कालोपत्रेको तयारी थालेको छ । योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । […]

एमालेको मध्यपहाडी अभियान ः बागलुङको पातिहाल्नेमा गरिने स्वागतको तयारी पूरा

विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेकपा (एमाले) ले संचालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बुधवार देखि गण्डकी प्रदेशमा प्रवेश गर्ने भएको छ । समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश सहित नेकपा एमालेका नेताहरु बागलुङको पातिहाल्ने डाँडामा पुगेका छन् । अध्यक्ष केपी शर्मा ओली सहित १५० जना […]

बेनीमा जेसीजकप फुटबल प्रतियोगिताको २१ औं संस्करण उद्घाटन

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर १९ गते । म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । चार दिन सम्म संचालन हुने प्रतियोगितामा २२ वटा विद्यालयले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष […]

बरंजाबाट बेनी आउँदै गरेको जीप डम्बरामा दुर्घटना हुँदा पाँचजना घाइते

विकल्प न्यूज/बेनी मंसिर १८ गते ।  मङ्गला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदैगरेको बोलेरो गाडी बेनी नगरपालिका–६ डम्बराको मन्दिरनजिक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ८०४२ नम्बरको बोलेरो दुर्घटना हुँदा मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ कि ६० वर्षीया मनकुमारी रोका र बेनी […]