Breaking News

म्याग्दीमा एकैदिन ३ जनामा डेङ्गी देखियो

विकल्प न्यूज/बेनी बैशाख २२ गते । म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गी देखिएको छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गी देखिएको हो । एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एकरएक जनामा डेङ्गी देखिएको अस्पतालका क्लिनिकल […]

जेठ १० सम्म लकडाउन बढाउने तयारी

विकल्प न्युज/ बेनी बैशाख २२ गते ।  कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो। भारतले […]

एकै दिन थपिए १० जना कोरोना संक्रमित

२१ वैशाख, काठमाडौं ।  बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा […]

वीरगन्जमा थप एक जनामा कोराना संक्रमण देखियो

विकल्प न्युज / बेनी बैशाख २१ गते ।  वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा योसहित  संक्रमितको संख्या ६० पुगेको छ। यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण […]

लकडाउनको स्वरुप फेर्ने सरकारकाे तयारी

काठमाडौं  बैशाख २१ गते । सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ। ‘कोरोना फैलिएको अहिलेको अवस्थालाई हेरेर देशभित्र लकडाउनको स्वरुप फेरिन सक्छ’, भुसालले थाहाखबरसँग भने, ‘त्यसका लागि स्वास्थ्य मन्त्रालयसहितले आवश्यक गृहकार्य गरिरहेका छन्। थप निर्णय चाँडै हुनेछ।’ भुसालका […]

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

विकल्प / बेनी बैशाख २१ गते ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै […]

बेनी अस्पतालको आइसोलेशनमा मापदण्डको अभाव

विकल्प न्यूज/बेनी बैशाख २० गते । बेनी अस्पतालमा निर्माण गरेको आइसोलेशन मापदण्ड अनुसार नभएको पाइएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी अस्पतालमा निर्माण गरिएको भनिएको ६ बेड क्षमताको आइसोलेन वार्डमा आधारभुत पूर्वाधारको अभाव देखिएको हो । कोरोना भाइरसको लक्षण देखिएका र संक्रमण पुष्टी भएका विरामीहरुलाई उपचार […]

बेनीको क्वारेन्टाइनको फितलो व्यवस्थापन ः हातधुने साबुन समेत छैन (भिडियो सहित)

विकल्प न्यू/बेनी बैशाख १९ गते ।   कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै बाहिरबाट आएका व्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टाइन व्यवस्थापन फितलो भएको छ । क्वारेन्टाइनमा न्यूनतम सेवा समेत उपलब्ध छैन । कोरानो भाइरस संक्रमण हुननदिन नियमित रुपमा साबुन पानीले हात धुनु पर्दछ तर क्वारेन्टाइनमा साबुन समेत छैन । https://www.youtube.com/watch?v=KbzK-SkUIa4 बेनीको न्यू वेष्टप्वाइन्टमा निर्माण गरिएको क्वारेन्टाइनमा शुक्रबार […]

दुईजनामा काेराेना पुष्टी : संक्रमितको संख्या ५९ पुग्याे

विकल्प न्युुुज / बेनि बैैैैैशाख १९ गते । काठमाडौं : शुक्रबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको हो । रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका […]

वैशाख ५ मा भारतबाट आएका थिए रुपन्देहीका कोरोना संक्रमित

१९ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देहीका युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए । तर उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए । उनलाई मर्चवार आदर्श वहुमुखी क्याम्पसको क्वारेन्टाइनमा […]

काठमाण्डौं वस्ने म्याग्देलीहरुद्धारा करिब साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १९ गते ।  काठमाण्डौं वस्ने म्याग्देलीहरुद्धारा करिब साढे तिनलाख रुपैयाँ बरावरका स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन तिन लाख पचास हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो । काठमाडौमा वस्नुहुने डा. ज्योती शेरचनको पहलमा प्रताप पुर्जा पुन, उमबहादुर पाइजा, राजु […]

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार […]

गण्डकी प्रदेश सरकारले सबै जिल्लाका अस्पतालमा आइसियु निर्माण गर्ने

पोखरा, बैशाख १७ गते । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ११ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियु) निर्माण गर्ने भएको छ । प्राय जिल्ला अस्पतालहरुमा आइसियु नहुँदा जटिल प्रकारका बिरामीको उपचारमा समस्या भएको भन्दै गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले सबै जिल्लामा सघन उपचार कक्ष (आइसियु) निर्माणका लागि बजेट विनियोजन गरेको हो । गण्डकी […]

कोरोना कहर¸ केही चुनौति केही अवसर

खरमाया विटालु / विकल्प न्यूज बैशाख १७ गते ।  सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा […]

लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ । https://youtu.be/GhmZI6WW_B4 लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको सीप र सामग्रीको […]