ताजा समाचार:
Search

Breaking News

आहा कति सुन्दर ताल । मल्लाज पुर्ण गाउँ स्थित बराह तालको दृश्य (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिका २ स्थित पूर्ण गाउँमा रहेको बराह ताल । पर्यटकीय स्थलको राम्रो संभावना रहेको तालको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । भिडियो ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 

डेङ्गुको उच्च जोखिममा म्याग्दी – संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख २६ गते । डेङ्गुको उच्च जोखिममा म्याग्दी देखिएको छ । पछिल्लो समय डेङ्गुको विरामी बढ्न थाले सँगै यसको जोखिम बढेको हो । शुक्रबार मात्रै २ जनामा डेङ्गु संक्रमण देखिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ। बेनी नगरपालिका ५ भीरमुनि […]

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । onlinekhabar

लकडाउन जेठ ५ सम्म

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर […]

लकडाउन फेरि लम्ब्याउने तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने

२३ वैशाख, काठमाडौं । सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्र छुट्याउने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश […]

बेनीको कोरोना कोषमा जनप्रतिनिधि र कर्मचारीको ४ लाख भन्दा बढी सहयोग

विकल्प न्यूज/बेनी बैशाख २३ गते । बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा मेयर,उपमेयर वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट २ लाख ५८ हजार सातसय १० र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सहित नगरपालिकामा कार्यरत कर्मचारीको एक लाख […]

कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमै ७ नयाँ थपिए

विकल्प न्युज/ बेनी  बैशाख २३ गते ।  कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार […]

म्याग्दीमा एकैदिन ३ जनामा डेङ्गी देखियो

विकल्प न्यूज/बेनी बैशाख २२ गते । म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गी देखिएको छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गी देखिएको हो । एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एकरएक जनामा डेङ्गी देखिएको अस्पतालका क्लिनिकल […]

जेठ १० सम्म लकडाउन बढाउने तयारी

विकल्प न्युज/ बेनी बैशाख २२ गते ।  कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो। भारतले […]

एकै दिन थपिए १० जना कोरोना संक्रमित

२१ वैशाख, काठमाडौं ।  बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा […]

वीरगन्जमा थप एक जनामा कोराना संक्रमण देखियो

विकल्प न्युज / बेनी बैशाख २१ गते ।  वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा योसहित  संक्रमितको संख्या ६० पुगेको छ। यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण […]

लकडाउनको स्वरुप फेर्ने सरकारकाे तयारी

काठमाडौं  बैशाख २१ गते । सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ। ‘कोरोना फैलिएको अहिलेको अवस्थालाई हेरेर देशभित्र लकडाउनको स्वरुप फेरिन सक्छ’, भुसालले थाहाखबरसँग भने, ‘त्यसका लागि स्वास्थ्य मन्त्रालयसहितले आवश्यक गृहकार्य गरिरहेका छन्। थप निर्णय चाँडै हुनेछ।’ भुसालका […]

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

विकल्प / बेनी बैशाख २१ गते ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै […]

बेनी अस्पतालको आइसोलेशनमा मापदण्डको अभाव

विकल्प न्यूज/बेनी बैशाख २० गते । बेनी अस्पतालमा निर्माण गरेको आइसोलेशन मापदण्ड अनुसार नभएको पाइएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी अस्पतालमा निर्माण गरिएको भनिएको ६ बेड क्षमताको आइसोलेन वार्डमा आधारभुत पूर्वाधारको अभाव देखिएको हो । कोरोना भाइरसको लक्षण देखिएका र संक्रमण पुष्टी भएका विरामीहरुलाई उपचार […]