Breaking News

पोखरामा थप ८३ र बागलुङमा १९ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । गण्डकी प्रदेशको पोखरामा ८३ र बागलुङमा थप १९ जना गरी १०३ जनामा कोरोना पुष्टि भएको छ । बुधबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा थप संख्यामा कोरोना पुष्टि भएको जनाएको छ । 

बुधवार देखि बेनीमा सबै सेवा खुल्ला हुने

विकल्प न्युज/ बेनी कार्तिक २५ गते । बेनीमा जारि ११दिने लकडाउन भाेलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा काेेराेनाकाेे जाेखिम नभएकाे पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकाेे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदिले बताउनुभयाे । बेेेनी नगरपालिकाले गरेकाे सिफारिसका अाधारमा अा ज बसेकाे डिसिसिएमसिकाे वैठकले भाेलिबाट सेवा र बजार खुल्ला गर्ने निर्णय गरेकाे […]

जलजलामा थप ३ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक २५ गते । पर्वतको जलजलामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वाथ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार वडा न ९ बनौँका ४०, ३६ र ३४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सबै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

म्याग्दीमा थप ४ जनामा काेराेना संक्रमण

विकल्प न्युज/ बेनी कार्तिक २५ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ ।  स्वाथ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार ठेगाना नखुलेका बर्ष ३०,३०, १५ र २६ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भाेलीबाट बेनीका सबै सेवा खुल्ला गर्न बेनपाकाे सिफारिस

विकल्प न्युज/ बेनी कार्तिक २५ गते । काेराेनाकाे जाेखिम रहेकाे भन्दै  बेनीमा  जारि लकडाउनलाई  भाेलि देखि खुल्ला गर्न बेनि नगरपालिले डिसिसिएमसिलाई सिफारिस गरेकाे छ । मंगलबार मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेकाे दुर्त प्रतिकार्य टाेलिकाे वैठकले जारि लकडाउनकाे समीक्षा,समुदायमा काेराेना संक्रमणकाे जाेखिम र घरघरमा खटिएका स्वास्थ्यकर्मीकाे प्रतिवेदनका अाधारमा बन्दाबन्दिकाे अवस्थालाई खुलाउनु पर्ने अवस्थाई मध्यनजर गरि डिसिसिएमसिलाई […]

हिमालको फेदीमा लोभलाग्दो भेडापालन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक२४गते।          चिसो बढेसँगै धौलागिरी,निलगिरि र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लीदै छ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडाहरु तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् । हिमाली चरनक्षेत्रमा पाइने जटीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत […]

उपचारका लागि बेनी अस्पतालमा आएका २ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । उपचारका लागि बेनी अस्पतालमा आएका २ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा  चितवन ठेगना भइ हाल […]

‘हामी जनस्वास्थ्यका मापदण्ड पालना गर्दछौं’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । बेनी नगरपालिका र स्वास्थ्य कार्यालय बेनीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थालनी गरेको जनचेतनामुलक कार्यक्रम अन्तर्गत आइतबार जनस्वास्थ्यका मापदण्ड पालना गर्न सपथ खुबाउदै स्वास्थ्यकर्मी र पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै नागरिक । आइतबार देखि बेनीमा संक्रमित खोजी अभियानका साथै जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मी […]

कोरोना संक्रमित खोज्न बेनीका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २३ गते ।       कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । आइतबार बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य […]

सात महिना देखि मल्कबाङको विद्यालयमा ताल्चा !

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २२ गते । ७ महिना देखि बन्द रहेको श्री जनजागृति मावि । तस्विर ठाकुरप्रसाद आचार्य  म्याग्दीको धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङको एक विद्यालयमा ७ महिना अघि लगाइएको ताला अझै खुलेको छैन । बालबालिकाहरु कहिले स्कुल खुल्ला र पढ्न पाइएला भनेर पर्खी बसेको ७ महिना वितिसक्यो । कोरोना भाइरसको कारण देखाउँदै गाउँको श्री जनजागृति […]

गण्डकी प्रदेशको पर्यटन

जुद्धबहादुर गुरुङ ,कार्तिक २२ गते ।   सन् १९५० जुन ३ तारिखमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाली चुचुरामध्ये एक अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक माउरिस हरजोकको टोलीले सफल आरोहणपश्चात् गण्डकी क्षेत्र विश्वबजारमा चर्चित भयो । अमेरिकाको ‘न्युयोर्क टाइम्स’ले माउरिस हरजोकद्वारा लिखित अन्नपूर्ण भन्ने किताब प्रकाशन गरेको थियो । यो किताब एक करोड १० लाख प्रति बिक्री भई सन् […]

बेनीमा थप एकहप्ता लकडाउन

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जारी लकडाउनलाई एकहप्ता थप गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ बजे सम्म अत्यावश्यक वाहेकका सवै सेवा र […]

बेनीमा थप एकहप्ता लकडाउन गर्न डिसिसिएमसीमा सिफारिस

विकल्प न्यूज/बेनी कार्तिक २१ गते ।  बेनी नगरपालिकाले फेरी एकहप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय सहित डिसिसिएमसीलाई सिफारिस पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । समुदायमा […]

मल्कबाङबाट ठेकेदार वेपत्ता ः स्वास्थ्य चौकीको भवन अलपत्र

विकल्प न्यूज/बेनी कार्तिक २० गते । । धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकीको भवन तिनवर्ष देखि अलपत्र परेको छ । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो । भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । २०७४ माघ […]

मंगलामा विहिवार राती देखि मंसिर १ सम्म लकडाउन

विकल्प न्यूज/बेनी कार्तिक २० गते ।   म्याग्दीको मंगला गाउँपािलकाले कार्तिक २० गते (आज) राती १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कोभिड – १९ रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको विहिवार वसेको वैठकले गाउँपालिकामा कोरोनाको जोखिम वढेको भन्दै लकडाउन (बन्दावन्दी) गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको अध्यक्षतामा वसेको […]