Breaking News

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च

विकल्प न्यूज म्याग्दी माघ २० । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप […]

मल्कबाङका पाखाभरी तामाखानी ः वर्षौ देखि प्रयोग विहिन

ठाकुरप्रसाद आचार्य /बेनी माघ २० गते । वर्षौ देखि प्रयोगविहिन भएका धौलागिरि गाउँपालिका ५ मल्कबाङका तामाखानीहरु पुरिन थालेका छन् । करिब एकसय वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरयासी भाडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाडाहरु खरिद गर्नुपर्ने थिएन । तर तत्कालिन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन । […]

कक्षा १२ को नतिजा सार्वजनिक

१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको […]

महिला उद्यम विकास समितिमा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी माघ १८ गते ।   म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको आइतबार सम्पन्न आठौ साधारणसभा तथा छैटौ अधिबेशनले लक्ष्मी भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।  समितिको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठ ,प्रथम उपाध्यक्ष विष्णु गुरूङ, द्धितिय उपाध्यक्ष सृजना भट्टचन ,महासचिव जानकी विश्वकर्मा ,कोषाध्यक्ष दिलु घताने ,सचिव […]

म्याग्दीको दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मेनु छन्त्यालको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिका विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा पु¥याइएको हो ।  […]

म्याग्दी जेसीजको २२ औँ पदस्थापना

विकल्प न्यूज\बेनी माघ १७ गते । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, […]

संविधान विपरित अदालतको फैसला आए, जनता बाध्य भएर सडकमा आउँछन्ः काँग्रेस नेता खाँड

विकल्प न्यूज/बेनी माघ १७ गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँडलले जनमतमाथि अपमान हुने गरी संसद विघटन मुद्दामा अदालतले […]

मोडलिङ क्षेत्रमा उदाउँदै छिन देविस्थानकी पविता

विकल्प न्यूज/बेनी माघ १६ गते ।   सानै देखि नृत्यमा रुची राख्ने मालिका गाउँपालिका देविस्थानकी पविता पुन भर्खर कलाकारिता क्षेत्रमा पाइला सार्दै छिन् । नृत्यमा शिखर चढ्दै गरेकी पवितालाई आजकल भ्याइनभ्याई छ । सानो छँदा स्कुल र गाउँघरमा नृत्य प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुने गरेकी थिएँ, पविताले भनिन् ‘कलाकारिता क्षेत्रमा भविष्य देखेकी छु । अवसर […]

पत्रकार महासंघ म्याग्दीको साधारणसभामा पत्रकारले पोखे अतिथि सँग गुनासा नै गुनासा

विकल्प न्यूज/बेनी १६ माघ ।  पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभामा म्याग्दीका पत्रकारहरुले अतिथिसँग गुनासा नै गुनासा पोखेका छन् । जिल्लाका सञ्चारमाध्यमका समस्या र पत्रकारहरुका पीडा अथिति सँग पोखेका हुन । कोरोना भाइरसका कारण सञ्चारमाध्यमहरु संकटमा परेको र सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे ।  गण्डकी प्रदेश सरकारले पत्रकारको क्षमता विकास र सञ्चारमाध्यमको प्रवद्र्धनका लागि ध्यान […]

काेभिड विरूद्दकाे खाेप लगाएपछि स्वास्थ्यकर्मी खुुसी

विकल्प न्युज/ बेनी माघ १४ गते । कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ । बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । काेराेना खाेप लगाएपछि स्वास्थ्यकर्मी ढुक्क देखिएका छन । पहिलाे चरणमा काेभिड विरद्द जुटेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई लगाईएकाे छ । कार्यक्रममा जिल्ला […]

म्याग्दीमा आइपुग्यो कोभिड विरुद्धको खोप

विकल्प / बेनी मंसिर १२ गते । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिाकारीलाई हस्तान्तरण गरेका छन् । म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला […]

गण्डकी प्रदेशका १७ हजार ३९६ जनालाई कोरोना खोप लगाईने

पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य […]

नागरिक एपमा डेटा निःशुल्क गरिँदै

माघ १२, २०७७ काठमाडौँ — सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । […]

कोरोना खोप लगाउने तयारी

काठमाडौँ, माघ ११ गते । नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि […]

दाना–खुर्कोट प्रसारण लाइन सफल भयो परीक्षण

काठमाडौँ, माघ ११ गते । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । दाना सबस्टेसनको परीक्षण भने जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख […]