बेनी नगरपालिका

विश्वामित्र सहकारीको आठौं साधारणसभा सम्पन्न

विकल्प न्युज बेनी , कात्तिक ३ गते । जिल्लाको सदरमुकाम बेनीमा संचालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार बेनी नगरपालिका–६ डम्बरामा एक कार्यक्रमका विच आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले उद्घाटन गर्नुभयो । उहाँले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा […]

धवलागिरी, मालिका गापा र बेनपामा नेकपाको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी कार्तिक २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार एकै दिन तीन वटा स्थानीय तहमा संगठित सदस्यहरुलाई प्रशिक्षण गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको दरवाङ र बेनीमा प्रशिक्षण कार्यक्रम गरेको हो । […]

सत प्रतिशत क्यासब्याकमा मोटरसाइकल

विकल्प न्युज बेनी ,असोज १८ गते । बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्यासब्याकमा प्राप्त गर्नुभएका पौडेलले अतिरिक्त […]

बाढी पीडितलाई जस्तापाता सहयोग

विकल्प न्यूज/बेनी असोज १४ गते । बेनी नगरपालिका–२ बगरफाँटका बाढी पीडितलाई लायन्स क्लव अफ पोखरा लामाचौरले मंगलबार जस्तापाता सहयोग गरेको छ । क्लवका अध्यक्ष सञ्जय लामाको नेतृत्वमा आएको टोलीले पाँच घरपरिवारलाई बाढीले क्षति पु¥याएको घर पुननिर्माणका लागि १८/१८ थानका दरले जस्तापाता उपलब्ध गराएको हो । दिपक जुग्जाली, माया परियार, पार्वति परियार, बिष्णु परियार र सेते […]

गुड नेवर्सद्धारा उपचार खर्च सहयोग

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा सामुदायिक विकास परियोजना सञ्चालन गरेको गुड नेवर्स इन्टरनेशनलले एक बालिकालाई उपचार खर्च सहयोग गरेको छ । जटिल प्रकारको निमोनियाबाट बिरामी भएकी धवलागिरी गाउँपालिका –४ बगरकी निशा पुनलाई उपचार खर्च वापत मंगलबार ४९ हजार ९३० रुपैयाँ सहयोग गरेको हो । पोखराको जनप्रिय माविको कक्षा ८ मा अध्ययनरत […]

शान्ति समाज म्याग्दीको नयाँ कार्यसमिति चयन

विकल्प न्यूज/बेनी असोज १४ गते । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सत्रौ साधारणसभा तथा दसौ अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । शाखाको उपसभापतिमा सन्तोष गौतम, सचिवमा हरिप्रसाद पौडेल, कोषाध्यक्षमा मुकुन्दप्रसाद पौडेल र सहसचिवमा भिमकुमारी बानिया चयन हुनुभएको छ । […]

निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए

विकल्प न्युज बेनी ,असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउँपालिका –६ दरबाङमा दुई दिने निशुल्क […]

सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः कार्की

धु्रबसागर शर्मा /विकल्प न्यूज असोज १३ गते । नमस्ते धौलागिरि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड गोंगबु काठमाण्डौंका अध्यक्ष रामबहादुर कार्कीले सहकारीको लगानी अब उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा संचालित हातेमालो बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको आइतवार सम्पन्न आठौं वार्षिक साधारण सभामा प्रमुख अतिथी कार्कीले यस्तो बताएका […]

बेनीमा वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु

विकल्प न्युज बेनी,असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो ।   आइतबार देखी सुरु […]

नवनिर्मित मोना–बेनी -लभ्लीहिल पदमार्ग उद््घाटन (तस्बिर सहित )

विकल्प न्युज /बेनी, असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो । नवनिर्मित पदमार्गको उद्घाटन […]

भेदभाव न्युनिकरण सम्बन्धी बेनीमा एक दिने कार्यशाला

विकल्प न्युुज बेनी,सोज ८ गते । महिलाहरुले आफुहरुलाई संरचनागत रुपमै विभेमा पारिएको बताएका छन् । अन्तराष्ट्रिय संयन्त्र आर्थिक ,सामाजिक तथा सांस्कृतिक अधिकार र महिला विरुद्ध भेदभाव उन्मलन समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष सुझाव सम्बन्धमा मंगलबार बेनीमा अयोाजित कार्यशालामा उपस्थित महिला अधिकार कर्मिहरुले यस्तो बताएका हुन् । उनिहरुले महिलाहरुलाई सार्वजनिक तथा निजि क्षेत्रहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष […]

मनकारी पौडेलद्धारा बाढी पीडितलाई सहयोग

धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ७ असोज म्याग्दीको बेनी नगरपालिका २ भकुण्डेका भीमबहादुर पौडेलले व्यक्तिगतरुपमा कोटखोलाका ७ जना बाढी पीडितलाई मंगलवार रु १२ हजार २ सय मूल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चामल,दाल,नुन लगाएतका १२ […]

बेनीमा तेस्रो कालिपुल युनाइटेड कप सुरु

विकल्प न्युज बेनी , असोज ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखी सर्वाधिक धनराशी पुरस्कार भएको तेस्रो कालिपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको हो । आगमी ११ गते सम्म संचालन हुने प्रतियोगिताको प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुहुदै खेलकुदले […]

लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ६ असोज ।  म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चारकेजी चामल,दाल,नुन लगाएतका १२ हजार रुपैयाँको खाद्य […]

किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ६ गते । मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने […]