ताजा समाचार:
Search

बेनी नगरपालिका

रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी फागनु ५ गते ।     न्युवेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  बेनी नगरपालिकाद्वारा आयोजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामाविद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्तगर्दै प्रथम […]

न्यू वेस्ट प्वाईन्टलाई नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी फागुन ४ गते ।     बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो । यसैगरी […]

जन्मदिनको अबसरमा बिद्यार्थीलाइ सहयोग

अमित विश्वकर्मा / विकल्प न्यूज फागुन ३ गते । म्याग्दीकाली एफएममा कार्यरत संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । बेनी नगरपालिका ५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ ३ हजार प्रदान गर्नुभएको हो […]

बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।   बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरको फार्ममा पुग्दा थापा पाखोबारीमा पाठापाठी चराउन व्यस्त हुनुहुन्थ्यो । उहाँको श्रीमती मनभुजा थापा गोठमा माउ बाख्रालाई घाँसपात राख्दै हुनुहुन्थ्यो । गोठमा बोयर जातका रहर लाग्दा बाख्राहरु खेलिरहेका देखिन्थे । बेनी – बागलुङ सडक खण्ड अन्तर्गत खबरा देखि केही माथि पुगेपछि जंगलको विच […]

पुतली सार्कीलाई विद्यार्थीको सहयोग

साजन परियार /बेनी फागुन ३ गते ।  आर्थिक अभावका कारण गोठमा बस्न बाध्य पुतली सार्कीलाई वेष्ट प्वाइन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका २ फापरखेतकी सार्कीलाई विद्यार्थीहरुले संकलन गरेको रकम र खाद्यन्न  हस्तान्तरण गरेका हुन । कलेजमा गठन भएको इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब मार्फत नगद पाँचहजार,एकबोरा चालम,दाल र लत्ताकपडा सहयोग गरेका हुन […]

म्याग्दी र कालिको दोभानमा हेलिप्याड

विकल्प न्यूज/बेनी फागुन ३ गते ।बेनी नगरपालिकाले कालिगण्डकी र म्याग्दी खोलाको दोभानमा हेलिप्याड निर्माण गरेको छ । बेनी नगरपालिकाको चालु आर्थिक वर्षको करिब सातलाख बजेटबाट उक्त पक्की हेलिप्याड निर्माण गरिएको हो । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन हेलिप्याड निर्माण गरिएको नगरपालिकाले जनाएको छ । हेलिप्याड बनाउन चारवटा पिल्लर बनाई माथि ढलान […]

सडक विचमा विद्युत पोल राखेर ढलान गरेपछि…..

विकल्प न्यूज/बेनी फागुन ३ गते । विकास योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण यहाँ देखिएको छ । बेनी – अर्थुङ्गे – पाखापानी सडक स्तरउन्नती गर्ने योजना अन्तर्गत बेनी नगरपालिकाको महारानीथान स्थित सडकमा विद्युतको पोल विच भागमै राखेर सडक निर्माण गरिएको छ । सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण […]

बेनी नगरले ग¥यो खेलाडीहरुलाई सम्मान

प्रताप बानियाँ/ बेनी फागुन २ गते ।     गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक विजेता खेलाडीलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर साग प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको बेनी नगरपालिकाले जनाएको छ । म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा […]

नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रताप बानियाँ / बेनी म्याग्दी, फागुन २ गते ।          ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद […]

दिपक मावि पात्लेखेतलाई ५० हजार रुपैयाँ सँगै कम्प्य्ुटर सहयोग

विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई ५० हजार रुपैयाँका सँगै कम्प्युटर सहयोग  प्राप्त भएको छ । बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल युकेमा बसोबास गर्नुहुने खिम बहादुर गर्बुजाले  नगद सहित २ थान कम्पयुटर, २ थान भलिबल र एउटा पम्प सहयोग गर्नुभएको हो । गर्बुजाको […]

बेनी नगरपालिकाको छैँठौ नगरसभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ २७ गते ।बेनी नगरपालिको छैँठौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुको उपस्थितमा संघिय सरकारबाट […]

अख्तियारले काँग्रेस नेतालाई फसाएको भन्दै बेनीमा विरोध कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही […]

बेनीमा लायन्सको तेस्रो क्याविनेट वैठक सुरु

विकल्प न्यूज/ बेनी माघ २४ गते ।लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार देखि बेनी बजारमा सुरु भएको छ । वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा […]

रत्नेचौर– ज्यामरुककोट – भकिम्ली सडक फराकिलो बनाउन सुरु

विकल्प न्यूज/बेनी माघ २४ गते । बेनी नगरपालिाका १ रत्नेचौर देखि ज्यामरुककोट हुँदै भकिम्ली जोड्ने ग्रामिण कृषि सडक फराकिलो बनाउन थालिएको छ । संघीय सांसदको पूर्वाधार विकास कार्यक्रमको ६० लाख रुपैयाँमा सडक स्तरउन्नती गर्ने योजना सुरु गरिएको हो । सडक निर्माण भएपछि ग्रामिण वस्तीहरु सडक सञ्जाल सँग जोडिने आशा गरिएको छ । सडक डिभिजन कार्यालय […]

बेनी अस्पतालमा लायन्सको १७ लाख बराबरको उपकरण सहयोग

विकल्प न्यूज/बेनी माघ २४ गते । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि वान नेपालले बेनी अस्पतालमा करिब १७ लाख रुपैयाँ बराबरको नवजात शिशुको उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको पहलमा अस्पताललाई उक्त उपकरणहरु सहयोग भएको लायन्स क्लबको डेपुटी चिप एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो । शुक्रबार डिष्ट्रिक […]