बेनी नगरपालिका

बेनी नगरका वडास्तरमा नेकपाको अभियान तिव्र

विकल्प न्यूज/बेनी चैत २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिकाका वडाहरुमा पार्टीको अभियानलाई तिव्र पारेको छ । पार्टीको तिनमहिने अभियान अन्तर्गत नगरका सवै वडास्तरमा वैठक,भेला,अन्तरक्रिया,भेटघाट तथा प्रशिक्षणलाई तिव्र पारेको हो । एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानका शिलशिलामा पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार […]

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरेर अभियान सुरु

विकल्प न्यूज/बेनी चैत १ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मुल नाराका साथ अभियानको […]

लोकदोहोरी प्रतिष्ठान म्याग्दीद्वारा खत्रीलाई १८ हजार सहयोग

अमित बिश्वकर्मा/विकल्प न्यूज फागुन २९ गते । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो । बेनीको क्याम्पस चोकमा आयाजित […]

बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १६ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई रु। दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र […]

लागु औषध कारोबारीहरु धमाधम पर्नथाले प्रहरी नियन्त्रणमा

विकल्प न्यूज/बेनी फागुन १३ गते । लागु औषध कारोबारीहरुलाई नियन्त्रण लिनका लागि प्रहरीले सक्रियता बढाए सँगै लागु औषधका कारोबारीहरु धमाधम प्रहरीको खोरमा पर्न थालेका छन् । एकमहिना अघि बेनीको मंगलाघाटबाट ठूलो परिणाममा लागुऔषधी करोवारीहरु पक्राउँ परेसँगै प्रहरीले अभियानलाई तिव्रता दिएको छ । लागुऔषधका प्रयोगकर्ता र यसको कारोवार गर्ने युवाहरुको खोजीमा प्रहरीटोली जुटेको छ । प्रहरी टोलीले […]

गलेश्वर मन्दिरबाट ठूलो परिमाण घोट्टा बरामद

विकल्प न्यूज/बेनी फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक गरि बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य […]

स्वर्गाश्रममा भवन निर्माण सुरु

सन्दिप शर्मा/ म्याग्दी फागुन ११ गते । बेनी नगरपालिका ३ भक्कीम्लीको स्वर्गाश्रममा भवन निर्माण सुरु गरिएको छ । बेनी नगरपालिकाको ८ लाख रुपैंयाको लागतमा बन्न लागेको एक तले भवनको शुक्रबार बेनी नगरपालिकाको उपाध्यक्ष सञ्जु बरुवालले सिलन्यास गर्नु भएको हो । भवनको सिलन्यास गर्दै बरुवालले तपो भूमिका रुपमा रहेको स्वार्गाश्रममा तपस्या गर्न आउने भक्तजनहरु आउँदा बस्ने […]

पिपलबोटका क्यान्सर पिडित फगामीलाई सहयोग नेपालको अगुवाईमा ४२ हजार बढी सहयोग

विकल्प न्यूज /बेनी फागुन ९ गते म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका क्यान्सर पिडित अर्जुनबहादुर फगामीलाई सहयोग नेपाल संस्थाको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित हुनुभएका ५५ बर्षिय फगामीको उपचारमा सघाउन सहयोग नेपालले बावियाचौर बजारमा आर्थिक संकलन गरेको हो । बुधवार र विहिवार गरि दुई दिनसम्म बावियाचौर क्षेत्रमा संकलन भएको रु […]

एकेन्द्रको रहर लाग्दो बङ्गुरपालन (फोटो र भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते । बेनी नगरपालिका १ सारेमारेका एकेन्द्र थापामगरले व्यवसायिक रुपमा बंगुरपालन गर्नुभएको छ । वैदेशिक रोजगारीबाट गाउँफर्किएर थापामगरले बंङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको हो । सारेमारे स्थित कालिगण्डकी किनारमा रहेको जमिनमा व्यवस्थित खोर निर्माण गरी उहाँले बंगुरपालन व्यवसाय थाल्नुभएको हो । खोरमा हाल रहरलाग्दा बंगुरहरु छन् । दुईवर्ष अघि पहिलो कृषि फार्म […]

रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी फागनु ५ गते ।     न्युवेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  बेनी नगरपालिकाद्वारा आयोजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामाविद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्तगर्दै प्रथम […]

न्यू वेस्ट प्वाईन्टलाई नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी फागुन ४ गते ।     बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो । यसैगरी […]

जन्मदिनको अबसरमा बिद्यार्थीलाइ सहयोग

अमित विश्वकर्मा / विकल्प न्यूज फागुन ३ गते । म्याग्दीकाली एफएममा कार्यरत संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । बेनी नगरपालिका ५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ ३ हजार प्रदान गर्नुभएको हो […]

बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।   बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरको फार्ममा पुग्दा थापा पाखोबारीमा पाठापाठी चराउन व्यस्त हुनुहुन्थ्यो । उहाँको श्रीमती मनभुजा थापा गोठमा माउ बाख्रालाई घाँसपात राख्दै हुनुहुन्थ्यो । गोठमा बोयर जातका रहर लाग्दा बाख्राहरु खेलिरहेका देखिन्थे । बेनी – बागलुङ सडक खण्ड अन्तर्गत खबरा देखि केही माथि पुगेपछि जंगलको विच […]

पुतली सार्कीलाई विद्यार्थीको सहयोग

साजन परियार /बेनी फागुन ३ गते ।  आर्थिक अभावका कारण गोठमा बस्न बाध्य पुतली सार्कीलाई वेष्ट प्वाइन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका २ फापरखेतकी सार्कीलाई विद्यार्थीहरुले संकलन गरेको रकम र खाद्यन्न  हस्तान्तरण गरेका हुन । कलेजमा गठन भएको इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब मार्फत नगद पाँचहजार,एकबोरा चालम,दाल र लत्ताकपडा सहयोग गरेका हुन […]

म्याग्दी र कालिको दोभानमा हेलिप्याड

विकल्प न्यूज/बेनी फागुन ३ गते ।बेनी नगरपालिकाले कालिगण्डकी र म्याग्दी खोलाको दोभानमा हेलिप्याड निर्माण गरेको छ । बेनी नगरपालिकाको चालु आर्थिक वर्षको करिब सातलाख बजेटबाट उक्त पक्की हेलिप्याड निर्माण गरिएको हो । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन हेलिप्याड निर्माण गरिएको नगरपालिकाले जनाएको छ । हेलिप्याड बनाउन चारवटा पिल्लर बनाई माथि ढलान […]