ताजा समाचार:
Search

बेनी नगरपालिका

लायन्स क्लब अन्तर्राष्ट्रियद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ४ लाख बराबरको राहत सहयोग

विकल्प न्यूज/बेनी भदौं २४ गते । लायन्स क्लब अफ अन्तर्राष्ट्रियको सहयोगमा म्याग्दीका बाढिपहिरो पीडितहरुलाई राहत सामग्री प्राप्त भएको छ । बाढी र पहिरोका कारण पूर्ण घर क्षति भएका जिल्लाभरका ८० घर परिवारलाई करिब ४ लाख बराबरको राहत सामग्री वितरण गरिने लायन्स सन्तोष रावलले बताउनुभयो । बाढिपहिरोका कारण घरवारविहिन भएकाहरुलाई सहयोग पु¥याउन म्याग्दीका लायन्स क्लबहरुको अनुरोधमा […]

नेकपा म्याग्दीले मनायो बासु– बैरागी स्मृति दिवस

विकल्प न्यूज/बेनी भदौं २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले मंगलबार २१ औं वासु – बैरागी स्मृति दिवस मनाएको छ । तत्कालिन माओवादी पार्टीका पोलिटव्युरो सदस्य सुरेश वाग्ले र नेता भिमसेन पोखरेलको भदौं २३ गते आजै दिन पार्टी कामको शिलशिलामा हिडिरहेका वेला प्रहरीले हत्या गरेको थियो । तत्कालिन माओवादी पार्टीले आजको दिनलाई वासु स्मृति दिवसका […]

बेनीको विरेन्द्रचोकमा भेटिएन नगरपालिका !

विकल्प न्यूज/बेनी भदौं १८ गते । सडक मिचेर पक्की संरचना बनाउँदा बेनी नगरपालिकालाई कुनै जानकारी छैन । नगरपालिकासँगको सम्झौता बेगर भाडावालाले पक्की संरचना बनाउँदा टुलुटुलु हेरेर जनप्रतिनिधिहरु दैनिकजसो ओहोरदोहोर गर्दछन् । बेनी बजारको मुटु भनेर चिनिने विरेन्द्रचोकको सडक छेवैमा सामान्य ट्याङ्की राखेर व्यवसाय गर्न दिइएको जमिनमा भाडावालाहरुले धमाधम पक्की संरचना बनाउन थालेका हुन । पाँचजना […]

म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते ।   जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]

जन्मदिनमा विपन्नलाई सहयोग

अनिल पौडेल/ बेेेनी म्याग्दी, ११ भदौ । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ। पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ। विदेशमा रहेका श्रीमान ६ महिनायता सम्पर्कविहिन […]

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ११ प्रहरी सहित ३५ जनाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी भदौं १० गते । भदौं १ गते पोखराबाट म्याग्दी सरुवा भएर आएका प्रहरी जवानको कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि प्रहरी कार्यालयका भित्र कन्ट्याक्ट टेसिङ का सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ११ जना प्रहरीहरुको नमुनाका रुपमा स्वाब संकलन गरिएको थियो । उनीहरुको कोरोना परिक्षण गर्दा  रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।  […]

बेनीको कोरोना खर्च ः क्वारेन्टाइन खाना र स्वास्थ्य सामान खरिदमा २९ लाख खर्च

विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण अनुसार क्वारेन्टाइन खाना खर्च र स्वास्थ्य सामाग्री खरिदमा ठूलो रकम खर्च भएको देखाएको छ । खाना र स्वास्थ्य सामाग्री खरिदमा गत असार मसान्त सम्म २९ लाख २४ हजार सातसय ६१ रुपैयाँ खर्च भएको छ । सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना […]

पहुँच र शक्तिका भरमा म्याग्दी भित्रिनेबाट कोरोना फैलिने जोखिम

विकल्प न्यूज/बेनी भदौं ९ गते । छिमेकी जिल्ला बागलुङमा कोरोना समुदायमा फैलिसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखरासँग सीमाना जोडिएको पर्वत उच्च जोखिममा छ । प्रदेश राजधानी पोखरामा कोरोना समुदायमा भूसको आगो झै सल्कीरहेको छ । काठमाण्डौंमा कोरोनाको स्थिति भयाभह हुँदै छ । दैनिक रुपमा काठमाण्डौंका अस्पतालहरुमा कोरोना संक्रमितको ज्यान जान थालेको छ भने यसै […]

बेनी नगरपालिकाले सार्वजनिक ग¥यो कोरोना रोकथाममा भएको खर्च विवरण

विकल्प न्यूज/बेनी भदौं ८ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण गरेको छ । सोमबार नगरपालिकामा पत्रकार भेटघाट मार्फत नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले कोरोना रोकथामका लागि भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जु बरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी […]

प्रजिअ स्वागत थाप्दै हिड्ने,कालिपुलमा सर्वसाधरणलाई सास्ती दिने !

विकल्प न्यूज/बेनी भदौं ३ गते । हालै मात्र काठमाण्डौंबाट सरुवा भएर म्याग्दी आउनुभएका प्रमुख जिल्ला अधिकारीलाई यतिखेर विभिन्न संघसंस्थाहरुको स्वागत थाप्न भ्याईनभ्याई छ । स्वागतका लागि कहिले प्रजिअ कार्यालयमा त कहिले संघसंस्थाको कार्यालयमा नवआगन्तुक प्रजिअलाई स्वागत गर्नेहरुको ठूलै भिड देखिन्छ । कोरोनाको महामारी सुरु भएको काठमाण्डौंबाट आउनुभएका प्रजिअ होम क्वारेन्टाइनमा वस्नुपर्ने कि नपर्ने सर्वसाधरणहरुले यतिखेर प्रश्न […]

यस्तो देखियो बेनी प्रवेश गर्ने कालिपुल स्थित सीमानाका (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ३ गते । कोरोना भाइरस (कोभिड–१९ ) संभावित जोखिमलाई कम गर्न भन्दै म्याग्दी प्रवेश गर्ने नाकाहरुमा सुरक्षा चेकजाँचलाई कडाई पारिएको छ । म्याग्दी प्रवेश गर्ने सवै नाकाहरु मंगलबार राती देखि सिल गरिएको छ । अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुल स्थित एउटा मात्र नाकालाई साँझ ७ बजे सम्म खुल्ला राखिने छ । […]

म्याग्दी प्रवेश गर्ने कालिपुल बाहेक सवै नाका सिल गर्ने तयारी

विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दीमा कोरोना भाइरस संक्रमणलाई रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु मंंगलबार(आज) राती देखि सिल गर्ने तयारी गरिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना फैलिएकाले म्याग्दीमा पनि जोखिम बढ्न सक्नै भन्दै प्रशासनले सीमानाकाहरु सिल गर्ने निर्णय गरेको हो । जिल्लामा प्रवेश गर्न कालिपुल स्थित नाकाको मात्र प्रयोग गर्न पाइने […]

बेनी अस्पतालमा आइसियु कक्ष

बिकल्प न्यूज /बेनी भदौ १ गतेबेनी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ७९ लाख रुपैयाँको लागतमा बेनी अस्पतालले २ वटा भेन्टिलेटर सहितको ५ शैयाको आइसियु कक्षा स्थापना गरेको हो । आइसियु कक्ष स्थापना भएपछि जटिल प्रकारका विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । जिल्ला […]

बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /बेनी साउन ३१ गते ।  शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो । बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट […]

बेनी अस्पतालको ल्याबमा नयाँ मेशीन जडान

विकल्प न्यूज/बेनी साउन २९ गते ।  बेनी अस्पतालको प्रयोगशाला विभागमा नयाँ मेशिन जडान गरिएको छ । एकपटकमा एकसय भन्दा धेरै नमुनाहरु परिक्षण गर्न मिल्ने फूल्ली अटो ऐनालाइजर मेशीन जडान गरिएको हो । बुधवार देखि ल्याबमा प्रयोगमा ल्याइएको नयाँ मेशिन काठमाण्डौंको सुदिप इन्टरनेशनल प्रा.लि र ब्रदर्श सर्जिकल बागलुङका निलु शर्माले सहयोगको स्वरुप उपलब्ध गराउनुभएको अस्पताल विकास […]