ताजा समाचार:
Search

बेनी नगरपालिका

बेनी नगरको संसोधित बजेट पारित (भिडियो)

विकल्प न्यूज/बेनी माघ २६ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको संसोधित बजेट पारित गरेको छ । सोमबार आठौं नगरसभामा उपमेयर सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको संसोधित बजेट सभाले पारित गरेको हो । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २ सय ६४ रुपैयाको बजेट पारित भएको थियो । संचित कोषमा […]

प्रतिगमन विरुद्ध बेनीमा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २५ गते । नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका छन् । विरेन्द्रचोकबाट सुरु भएको ¥यालीले प्रतिगमन विरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । […]

बेनी संरक्षण गर्ने रुपाताल आयोजनामा भ्रष्टाचार र कमिशनको जालो छ ःनेता बानियाँ(भिडियो)

विकल्प न्यूज/बेनी माघ २४ गते ।  बेनी संरक्षणका लागि योजना कार्यान्वयन गर्ने रुपाताल आयोजना भ्रष्टाचार र कमिशनको अखडा भएको संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रेशम बानियाँले बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनमा नेता बानियाँले बेनी बजार संरक्षण गर्ने योजना कार्यान्वयन गर्ने निकाय नै कमिशन र […]

म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल निर्वाचित

विकल्प न्यूज\बेनी माघ २४ गते ।  नीजि क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल  निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट कटुवाल अध्यक्षमा  सर्वसम्मत रुपमा  निर्वाचित हुनुभएको हो । यसै गरी अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्धितिय उपाध्यक्षमा लिलाराम […]

विकास र समृद्धिको अभियानमा जुटौं ः अध्यक्ष तिमिल्सिना

विकल्प न्यूज/बेनी माघ २४ गते ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिको अभियानमा जुटन अनुरोध गर्नुभएको छ । निजिक्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उदघाटन गर्नुहुदै अध्यक्ष तिमिल्सिनाले नीजि क्षेत्र र सरकार मिलेर मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानुपर्ने विचार व्यक्त […]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा म्याग्दीका पत्रकारद्धय गौतम सम्मानित

विकल्प न्यूज/बेनी माघ २४ गते ।  म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको […]

राष्ट्रिय सभाका अध्यक्षद्धारा म्याग्दी उद्योग बाणिज्य संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन

विकल्प /बेनी माघ २३ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले म्याग्दी उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उद्घाटन गर्नुभएको छ । अधिबेशनले निजी क्षेत्रको छाता संगठन संघको आगमी तिन वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन गर्ने व्यवसायीका विच सहमति जुटेको बताइएको छ […]

बेनी खानेपानीमा नयाँ संचालक समिति चयन

विकल्प न्यूज/बेनी माघ २३ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे  शुक्रबार  सम्पन्न २१ अौ वार्षिक साधारणसभा तथा १० अौ अधिबेशनले माधव प्रसाद रेग्मी अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति  चयन गरेकाे छ  । संचालक समितिकाे उपाध्यक्ष रमेश गिरि ,सचिव राजेन्द्रकुमार श्रेष्ठ, काेषाध्यक्ष टंक हमाल चयन हुनुभएको छ । सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा,सिर्जना श्रेष्ठ, […]

बेनीमा मसाल जुलुस

विकल्प न्यूज/बेनी माघ २१ गते ।    नेकपा प्रचण्ड–माधब पक्षले बेनीमा मसाल जुलुस निकालेको छ । भोली घोषणा गरेको आमहड्तालको पूर्वसन्ध्यामा आज मसाल जुलुस निकालेको हो । बेनीको क्याम्पस चोकबाट निस्केको मसाल जुलुस न्यूरोड हुँदै हुलाक चोकमा आएर समापन गरिएको थियो । मसाल जुलुस माथि प्रहरीले हस्तक्षेप गरेको नेकपाका युवा नेता सुविन जुग्जालीले बताउनुभयो । प्रहरी […]

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च

विकल्प न्यूज म्याग्दी माघ २० । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप […]

महिला उद्यम विकास समितिमा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी माघ १८ गते ।   म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको आइतबार सम्पन्न आठौ साधारणसभा तथा छैटौ अधिबेशनले लक्ष्मी भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।  समितिको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठ ,प्रथम उपाध्यक्ष विष्णु गुरूङ, द्धितिय उपाध्यक्ष सृजना भट्टचन ,महासचिव जानकी विश्वकर्मा ,कोषाध्यक्ष दिलु घताने ,सचिव […]

मोडेल फार्ममा छनौट भएका कृषकलाई तिनदिने अभिमुखीकरण बेनीमा सुरु

विकल्प न्यूज/बेनी माघ १७ गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले साना पशुपंक्षी तथा मत्स्य व्यवसायीक फार्म विस्तारका लागि मोडेल फार्ममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षका लागि विभिन्न कार्यक्रममा अनुदानका लागि छनौट भएका कृषकहरुलाई कार्यालयले समूहगत रुपमा अभिमुखीकरण गर्न सुरु गरेको हो । कार्यालयले यस […]

म्याग्दी जेसीजको २२ औँ पदस्थापना

विकल्प न्यूज\बेनी माघ १७ गते । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, […]

संविधान विपरित अदालतको फैसला आए, जनता बाध्य भएर सडकमा आउँछन्ः काँग्रेस नेता खाँड

विकल्प न्यूज/बेनी माघ १७ गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँडलले जनमतमाथि अपमान हुने गरी संसद विघटन मुद्दामा अदालतले […]

पत्रकार महासंघ म्याग्दीको साधारणसभामा पत्रकारले पोखे अतिथि सँग गुनासा नै गुनासा

विकल्प न्यूज/बेनी १६ माघ ।  पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभामा म्याग्दीका पत्रकारहरुले अतिथिसँग गुनासा नै गुनासा पोखेका छन् । जिल्लाका सञ्चारमाध्यमका समस्या र पत्रकारहरुका पीडा अथिति सँग पोखेका हुन । कोरोना भाइरसका कारण सञ्चारमाध्यमहरु संकटमा परेको र सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे ।  गण्डकी प्रदेश सरकारले पत्रकारको क्षमता विकास र सञ्चारमाध्यमको प्रवद्र्धनका लागि ध्यान […]