ताजा समाचार:
Search

बेनी नगरपालिका

बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको  जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]

जन्मदिनको अवसरमा कोषलाई ५० हजार सहयोग

विकल्प न्युज/ बेनी मंसिर २१ गते ।  आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवाका तुल्मराज […]

गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १७ गते । म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका […]

म्याग्दीका नेता बानियाँ र महतद्धारा कांग्रेसको केन्द्रिय सदस्य र प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी मंसिर १५ गते ।   नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा म्याग्दीका नेता रेशमबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमितिको उपसभापतिमा नेत्रबहादुर महतले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नेता द्धायले जिल्ला पार्टी सभापति र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गर्नुभएको हो । […]

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा शेरबहादुर केसी

विकल्प न्युज/ बेनी बेनी, ११ मंसिर ।  नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान […]

म्याग्दीका स्थानीय तहमा आज माओवादी केन्द्रको सम्मेलन हुँदै

विकल्प न्यूज/बेनी मंसिर ११ गते । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिन्छ,” उहाँले […]

संसदवादी दलहरुले आधा दर्जन मन्त्रालय सहित करोडौं रकम प्रस्ताव गरे ः विप्लव (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर ८ गते ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले संसदवादी दलहरुले आफ्नो पार्टीलाई आधा दर्जन मन्त्रालय सहित करोडौं रकम दिने प्रस्ताव गरेको बताउनुभएको छ ।  उक्त प्रस्तावलाई आफूले अस्विकार गरिदिएको उहाँले बताउनुभयो । जनतालाई अधिकार सम्पन्न बनाउन आफू लडेकाले पद र पैसा अस्विकार गरिदिएको उहाँको भनाई थियो । आन्दोलनलाई विघटन गर्न संसदवादी […]

आज बेनीको खुल्ला मञ्चमा नेकपाका महासचिव विप्लवको सम्बोधन

विकल्प न्यूज/बेनी मंसिर ८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आज बेनीको खुल्ला मञ्चमा सम्बोधन गर्नुह्ुने भएको छ । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी आउन भएको हो । विप्लव मंगलबार साँझ बेनी आइसक्नुभएको नेकपाले जनाएको छ । विप्लवले मध्यान्न १२ बजे खुल्ला मञ्चमा […]

शान्ति समाज म्याग्दीको सभापतिमा पत्रकार गौतम चयन

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।   मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ । सदस्यहरुमा नवराज रिजाल, सकुन्तला सापकोटा […]

जेसिज कपकाे १९ ओैं संस्करण मंसिर २१ देखी

विकल्प न्युज / बेनी मंसिर ६ गते । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ । सोमबार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको बारेमा जानकारी गराईएको हो । ‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका […]

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

विकल्प न्यूज/बेनी मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा […]

कांग्रेस म्याग्दीको मतगणना अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे चौथाे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । मत गणना ४९९ उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २८५ कमल छन्त्याल : ७२ क्या: डमबहादुर गर्वुजा पुन : १७६ माधवप्रसाद रेग्मी :८० क्या: मिनबहादुर कार्की : ७३ हरिकुमार श्रेष्ठ : २७९ सचिवतर्फ […]

कांग्रेस म्याग्दी मतगणनाकाे ताजा अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे तेर्साे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २०४ कमल छन्त्याल : ६९ क्या: डमबहादुर गर्वुजा पुन : १३१ माधवप्रसाद रेग्मी :६२ क्या: मिनबहादुर कार्की : ५८ हरिकुमार श्रेष्ठ : २२० सचिवतर्फ : अजयमिलन श्रेष्ठः– […]

म्याग्दी कांग्रेस मतगणना अपडेट : महाधिवेशन प्रतिनिधिकाे मत परिणाम

विकल्प न्युज/बेनी मंसिर ३ गते । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  महाधिवेशन प्रतिनिधिकाे पहिलाे   नतिजा सार्वजनिक भएको छ ।  साहयक मतदान अधिकृत प्रकाश सुवेदीले दिएकाे मतगणनाकाे पहिलाे चरणकाे नतिजा सार्वजनिक गर्नुभयाे । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ […]

कांग्रेस म्याग्दीको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक

विकल्प न्युज/ बेनी म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  कार्यसमितिकाे पदाधिकारीकाे  प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ ।  नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बुधवार मतदान […]