बेनी नगरपालिका

विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी ः मुख्यमन्त्री पाण्डे

विकल्प न्यूज/बेनी फागुन १८ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले विपद्को जोखिम र क्षति न्यूनीकरणमा प्रदेश सरकारले जोड दिएको बताउनुभयो […]

सडक योजनामा बजेट रोकिँदा म्याग्दीका जनप्रतिनिधि चुपचाप

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १८ गते । निर्माण व्यवसायीले म्याग्दीका विकास योजनाहरु समयमै सम्पन्न नगरेर अलपत्र परेका खबरहरु आइरहेका समयमा यहाँको ठेक्का लगाएको एक सडक योजनामा भने संघीय सरकारले बजेट उपलब्ध गराउन नसक्दा योजना अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । काम गर्ने निर्माण व्यवसायीलाई समयमै रकम भुक्तानी गर्न नसक्दा योजना नै अलपत्र पर्ने अवस्थामा पुगेको […]

म्याग्दीमा साढे ६ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइदै

विकल्प न्यूज\बेनी फागुन १६ गते । म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । फागुन १६–२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको हो । बुधबार जिल्लाभरका खोप केन्द्ररुमा एकसाथ खोप अभियानको सुभारम्भ गरिने […]

माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी फागुन १५ गते । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय […]

उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सुदिप स्मृति कोषको सम्मान

विकल्प न्यूज/बेनी फागुन १५ गते ।   सुदिप रावल स्मृति कोषको १५ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको मगलबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका हिमाल आचार्य(३.६६जिपिए),न्यु वेष्ट पोइन्ट […]

कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल गरेका छौं ः मुख्यमन्त्री पाण्डे

ठाकुरप्रसाद आचार्य फागुन १३ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रशिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ । कालिगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकहरुलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल […]

एमाले बेनी नगरको अधिवेशन फागुन ३० गते

विकल्प न्यूज/बेनी फागुन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा […]

दादुरा–रुबेला खोप अभियानलाई बेनी नगरमा प्रभावकारी बनाइने

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो । बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष […]

“प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी फागुन १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो । […]

सुशिल गर्बुजा हत्या मुद्दाका आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

विकल्प न्यूज\बेनी फागुन १० गते । गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको हत्याका आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ । जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार […]

जलजलाका ज्येष्ठ नागरिकलाई फागुन १६ गते धार्मिक भ्रमण गराइने

विकल्प न्यूज\बेनी फागुन ९ गते । पर्वतको जलजला गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानका लागि धार्मिक भम्रण गराउने भएको छ । बागलुङ प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा संचालित ब्रहमाण्डीय महायज्ञमा सहभागि गराउन धार्मिक भ्रमण गराउन लागेको हो । फागुनको १६ गते ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराउने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ९ वटै वडाका […]

विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी फागुन ७ गते । बेनीको प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमश द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रथम हुने […]

प्रजातन्त्र दिवसको अवसरमा बेनीमा दीप प्रज्वलन

विकल्प न्यूज/बेनी फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसीजले सोमबार सांझ सदरमुकाम बेनीस्थित संगमचोकमा दीप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठको प्रमुख आथित्यता, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू सुविन श्रेष्ठ, […]

राम मन्दिरलाई नदी कटानबाट जोगाउन पक्की तटबन्ध निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) फागुन ४ गते । कालिगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ । गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित राम मन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो । […]

जनयुद्धका कमाण्डर आकाश माओवादी केन्द्रमा फर्किए

विकल्प न्यूज/बेनी फागुन ३ गते । तत्कालिन नेकपा माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर लालु किसान(आकाश) पुन नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाण्डौंमा किसानलाई पार्टीमा स्वागत गर्नुभएको छ । पार्टीका म्याग्दी संयोजक एवम् गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली […]