ताजा समाचार:
Search

बेनी नगरपालिका

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी,  भदौ ३० गते ।  बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]

बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

विकल्प न्यूज\बेनी भदौं २९ गते । सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले मुस्लिम समुदायको धार्मिक […]

नवौं राष्ट्रिय खेलकुद ः बेनीमा पहिलोपटक महिला भलिबल प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी भदौं २९ गते । असोजको अन्तिम हप्ता देखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । […]

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको चुनावी एजेण्डा ः अध्यक्ष लिङ्देन

विकल्प न्यूज\बेनी म्याग्दी २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक स्थिरताका लागि संवैधानिक राजसंस्था सहितको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको आगमी चुनावी एजेण्डा भएको बताउनुभएको छ । मंगलबार बेनीमा राप्रपा म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र सहित अभिभावकीय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्था […]

कालीगण्डकीमा पाइन छाडे शालिग्राम

ठाकुर आचार्य/अमृत पौडेल/ नवीनशिशिर विक/अर्जुन काफ्ले ‘म्याग्दी/बागलुङ/स्याङ्जा, भदौ २८ गते ।  ‘माछापुच्छ्रे  गिरिशिखरको पारमा मुक्ति क्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता   बेनी बजारका ८१ वर्षीय अंगद श्रेष्ठको घरमा रहेको शालिग्राम । श्रेष्ठले करिब ६० वर्ष […]

एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु

विकल्प न्यूज\बेनी भदौं २७ गते । म्याग्दीमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगमी मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरु दिनदिनै सिट वाँडफाँडमा गलफत्ती गरिरहेका छन् । अझै उनीहरुले कुन निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो कुनै टुंगो लगाउन सकेका छैनन् । केन्द्रमा भागवण्डा नमिलेका […]

ब्राह्मण समाज म्याग्दीको अध्यक्षमा लिलाराम गौतम चयन

विकल्प न्यूज\बेनी भदौं २६ गते । ब्राह्मण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी, चिरञ्जीवि आचार्य, निलकण्ठ […]

दिदीबहिनी सहकारीको लगानी ११ करोड ३० लाख

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको मसान्त सम्म ११ करोड ३० लाख ६१ हजार सातसय २७ रुपैयाँ लगानी गरेको जनाइएको छ । सहकारीको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा  संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले सो जानकारी गराउनुभएको हो । […]

दिदीबहिनी सहकारीको नयाँ संचालक समिति चयन

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको ११ औं साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी […]

मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन निर्वाचित

विकल्प न्यूज\बेनी भदौं २५ गते । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन ’लोकेश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी […]

नेकपा म्याग्दीको नेतृत्वमा उषा घर्ती चयन

विकल्प न्यूज\बेनी भदौं २२ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको नेतृत्वमा उषा घर्ती मगर चयन हुनुभएको छ । विप्लब नेतृत्वको नेकपा म्याग्दीको बुधवार सम्पन्न चौथो जिल्ला सम्मेलनले घर्तीको नेतृत्वमा २५ सदस्यी जिल्ला कमिटी चयन गरेको हो । साथै अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् । जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम […]

स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा

विकल्प न्यूज/बेनी भदौं २२ गते । स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकहरु साथसाथै […]

बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित

विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८५ सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापन […]

मगर भाषाको संरक्षण गर्न सिंगामा एकमहिने प्रशिक्षण

विकल्प न्यूज\बेनी भदौं १७ गते । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिंगाको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ […]