बेनी नगरपालिका

गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई वडाको सम्मान

विकल्प न्यूज/जलजला फागुन २९ गते ।  वडास्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि मंगलबार सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो । जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सोमबार सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका […]

वडा नम्बर ४ लाई जलजला अध्यक्ष कपको उपाधि

विकल्प न्यूज/जलजला फागुन २८ गते ।  पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ । वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ […]

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला फागुन २६ गते । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडी उत्पादनलाई […]

मन्त्रीबाट हटेपछि गृह जिल्ला आएर जुग्जालीले सुनाउनुभयो अनुभव

विकल्प न्यूज\बेनी फागुन २५ गते ।  गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य […]

महिला दिवसका अवसरमा जलजलामा लोकगीत र खेलकुद प्रतियोगिता

विकल्प न्यूज\बेनी फागुन २५ गते । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाइएको छ। “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस गाउँ पालिकाको केन्द्र लामखेतमा पालिका स्तरीय लोकगीत र अन्धनिसान प्रतियोगीताको आयोजना गरिएको हो । कार्यक्रमको जलजला गाउँ पालिकाका […]

कांग्रेसका मन्त्रीहरुले जनअपेक्षा अनुसार काम गरेनन् – नेता शर्मा

विकल्प न्यूज\बेनी फागुन २५ गते । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसकका मन्त्रीहरुले जनअपेक्षा अनुसार काम नगरेका कारण गठबन्धन फेर्नुपरेको बताउनुभएको छ । सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीहरुको व्यवहार र कार्यशैली यथास्थितिबादी चिन्तनका कारण नेपालमा बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको […]

महिला दिवस ः कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पीडित

विकल्प न्यूज\बेनी फागुन २५ गते । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ वटा […]

महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २५ गते ।     आज महाशिवरात्रीका दिन म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको पूजा आराधना गर्र्ने भक्तजनहरुको निकै चहलपहल देखिएको छ । विहानै देखि भक्तजनको लामो लाइन लागेको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि शिवालयमा […]

बेनीमा आगामी चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

विकल्प न्यूज/बेनी फागुन २३ गते । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते […]

म्याग्दीमा लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप

विकल्प न्यूज/बेनी फागुन २३ गते । म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ जना लक्ष्य रहेकोमा ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ चयन

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आइतबार राती सहमति जुटेको छ । संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट बेनीका युवा व्यवसायी सुविन श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण […]

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

विकल्प न्यूज\बेनी फागुन २० गते । नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय […]

कोरला नाका व्यवसायिक रुपमा सञ्चालन हुनुपर्छ: अध्यक्ष ढकाल

विकल्प न्यूज\बेनी फागुन १९ गते । बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनीतिकर्मी, उद्योगी र व्यवसायीहरुले कोरला नाकाको व्यवसायिक सञ्चालनको माग गरेका हुन् । गत कात्तिक महिनादेखि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुका लागि चिनको सिमानामा रहेको कोरला नाकामा आवत जावतका लागि खुल्ला गरिएको […]

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ ः अध्यक्ष ढकाल

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १९ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र निराशाजनक स्थितिमा नभएको बताउनुभएको छ । अर्थतन्त्रले सुधारउन्मुख भएकाले व्यवसायीहरुले निराशा व्यक्त गर्ननहुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘‘व्यवसायीहरुले निराशा मात्र व्यक्त गर्नुहुँदैन । खत्तम खत्तम भनिरहँदा तलका साना व्यवसायीहरुको हालत के होला ? सहज अवस्था […]

धनेश्वरी–तारानाथ स्मृति कोषद्धारा पत्रकार,साहित्यकार र विद्यार्थी पुरस्कृत

विकल्प न्यूज/बेनी फागुन १८ गते । धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो । बेनी नगरपालिका–५,पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण […]