रघुगंगा गाउँपालिका

बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा […]

राखु भगवतीमा राँगो मार हान्न लाखौंको प्रतिस्पर्धा किन ?

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख तीस हजार रुपियाँको बोलकबोल भएको छ । बडा दशैंको आठौं दिन कालरात्रीमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो । एक घण्टाको समयसिमामा सुरु भएको बढीबढाउमा […]

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

म्याग्दी, असोज २२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा […]

क्यान्सर पीडितलाई ३२ लाख सहयोग

असोज १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि संकलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण […]

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  

विकल्प न्युज/ बेनी असाेज ४ गते । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित बनाउने योजनामा प्रदेश […]

मंगलेखानीको गाउँभरी आलु र सिमी खेती,भित्रिन्छ वार्षिक ६० लाख

विकल्प न्यूज\बेनी भदौ ३१ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी […]

बैंसरीमा पहिरो हटाएपछि बेनी–जोमसोम सडक खुल्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३१ गते । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक ११ दिनपछि खुलेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडाको सीमानामा पर्ने बैंसरी खण्डमा पहिरो पन्छाएपछि बुधवार विहान देखि यातायात संचालनमा आएको हो । बैंसरीको अधेरीखोलाबाट खसेको पहिरोका कारण ११ दिनदेखि यातायात अवरुद्ध हुँदै आएको थियो । सडक संचालनमा आएसँगै रोकिएर […]

राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरि संचालन गरिने

विकल्प न्यूज\बेनी साउन २६ गते । बेनी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक मर्मतको काम अघि […]

बैसरीको पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाईते

विकल्प न्यूज/बेनी साउन २४ गते । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागरे एक जना सवारी चालक घाईते भएका छन् । रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुक्चन गर्वुजा घाईते भएका छन् । बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ तिप्ल्याङ जादै गरेको ग १ ज ६८२० नम्वर […]

बेनी–जोमसोम सडक ः बैंसरीमा अवरुद्ध हुँदा यात्रु अलपत्र (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी साउन २३ गते । बेनी–जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुको विचल्ली भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबार देखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन । सडकमा सवारीसाधनको लामो […]

मृतकको भत्ता वडा सचिवको खल्तीमा

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सुरक्षा भत्तामा अनियमितता गरेको खुलासा भएको छ। वडासचिव आचार्यले लाभग्राहीको बैंक चेकमा आफैंले हस्ताक्षर र औँठाछाप लगाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। गाउँपालिकाका […]

रघुगंगाले पारित ग¥यो ४३ करोड बढीको बजेट

विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । उक्त बजेट सामाजिक […]

पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासी उत्साहित

ठाकुरप्रसाद आचार्य\बेनी जेठ ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । हिउदमा धुलो र बर्खायाममा हिलोका कारण वर्षौदेखि सास्ती भोग्दै आएका पिप्ले र भगवतीका स्थानीयहरु घरछेवैको सडक धमाधम कालोपत्रे हुनथालेपछि खुसी भएका हुन । ‘‘घर नजिकको सडक कालोपत्रे हुनथालेको छ । डेढदशक देखि धुलो र हिलो सडकका कारण […]

म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउन सामूहिक प्रतिवद्धता

 विकल्प न्यूज/बेनी जेठ ३० गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन […]

पाखापानीमा बाढीले बगाउँदा महिलाको मृत्यु

विकल्प न्यूज/म्याग्दी जेठ २२ गते । फाइल तस्विर म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा कालावाङकी २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । घाँस काट्न गएकी महिला पानी परेपछि ओत लाग्न हिड्ने बेलामा एक्कासी आएको […]