रघुगंगा गाउँपालिका

त्रिपालको ओतमुनि दर्मिजा तातोपानी कुण्ड ः बिरामीलाई सास्ती

वैशाख १२ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरू तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् । अघिपछि कुनै समस्या नहुने […]

गरगहना लुटपाटका लागि दम्पतीको हत्या भएको पुष्टि

विकल्प न्युज / बेनी चैत २२ गते । पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी […]

रघुगंगाको बगरखोलामा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु

विकल्प न्यूज\बेनी चैत १२ गते । साङेतिक तस्विर म्याग्दीको रघुगंगा गाउँपालिका ७ कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवाको ज्यान गएको छ । पालिकाको वडा नम्बर १ बेग बस्ने नरबहादुर पुर्जाको छोरा वर्ष १८ को दिपक पुर्जाको सोमबार एकबजेको समयमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका […]

तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ

म्याग्दी, ७ चैत ः राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीका लागि […]

रघुगंगा २ रिसिनचौतारीका युवाहरुले सहयोग जुटाएर पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी चैत ४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय–भिरपाटा– चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्माण गरिएको हो । सो पदमार्गको शनिबार सार्वजनिक सुनुवाई तथा […]

नेकपा एमाले रघुगंगा कमिटीको अध्यक्षमा झलक आचार्य चयन

विकल्प न्यूज/बेनी फागुन २७ गते । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा झलक आचार्य चयन हुनुभएको छ । शनिबार मौवाफाँटमा सम्पन्न भएको दोस्रो अधिबेशनबाट आचार्य अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा परियार, अरुलुक तिलिजा, खेमबहादुर परियार, […]

जनताले एमालेको काम देखेर भरोसा गरेका हुन् ः पूर्व मन्त्री थापा

विकल्प न्यूज/बेनी फागुन २६ गते । नेकपा एमालेकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री थममाया थापाले जनताले नेकपा एमालेले गर्ने कामको मुल्याङ्कन गरेरै लोकप्रिय मतका आधारमा पहिलो पार्टी बनाएको बताउनुभएको छ । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको दोश्रो अधिवेशनमा बोल्दै पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले उक्त धारणा राख्नु भएको हो । ‘‘ […]

रघुगंगाको भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

विकल्प न्यूज/बेनी बेनी (म्याग्दी) म्याग्दीको रघुगङ्गा गाउँपालिका २ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, […]

राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो

म्याग्दी, ९ फागुन ः  नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी लगायत जनप्रतिनिधी, आयोजना, […]

रघुगंगाको मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो । रघुगंगा गाउँपालिका […]

उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइको अध्यक्षमा खत्री चयन

विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालकृष्ण खत्रीको अध्यक्षतामा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा रमेश सुवेदी, सचिवमा टिका बहादुर सेन र कोषाध्यक्षमा जयन्ती शर्मा चयन हुनुभएको छ । सदस्यहरुमा भिमबहादुर थापा, रिमबहादुर विश्वकर्मा, मनबहादुर कार्की, […]

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

पिप्ले–भगवती सडक कालोपत्र

म्याग्दी,  माघ२४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर सञ्जय सुवेदीले पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । […]

दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

विकल्प न्यूज/बेनी माघ २१ गते ।  जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । बागलुङको बन्धन भगवती डेभ एण्ड […]

बेनीबजारको न्युरोडमा समसाँझैमा खुकुरी प्रहार हुँदा एक युवाको मृत्य

विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ५ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका […]