ताजा समाचार:
Search

मालिका गाउँपालिका

जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ स्थित जनप्रिय माविको नवनिर्मित विद्यालय भवनको मंगलवार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै उहाँले भवन निर्माण भएपछि […]

मालिकाको रुममा अनेमसंघले माग्यो एमालेको पक्षमा मत

विकल्प न्यूज\बेनी कात्तिक १४ गते । अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीको आयोजनामा सोमबार चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चुनावी कार्यक्रम गरिएको अनेमसंघले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव थमसरा पुनले आसन्न निर्वाचनबाट नेकपा […]

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

विकल्प न्युज/बेनी असाेज १९ गते। बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ […]

१४ करोड रुपैयाँ खर्चिदै ः दरबाङ–धारापानी सडक स्तरोन्नति

ठाकुरप्रसाद आचार्य/बेनी भदौं ९ गते । बादिकाको भीरबाट तल दाङखोला तर्फ आउँदै गरेको जीप । यो स्थानमा भीर काटेर सडक बनाउन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ देखि धारापानी सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । दुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा […]

‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन

विकल्प न्यूज/बेनी साउन ३१ गते । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । बिमोचनका क्रममा जिसस प्रमुख […]

रुम पहिरो अपडेट ः वेपत्ता तीनजनाको शव भेटीयो, एकै परिवारका पाँचजनाको मृत्यु

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको तामेङ गाउँमा पहिरोमा परी वेपत्ता भएका तीनजनाको सव भेटिएको छ । मंगलबार विहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा वेपत्ता भएका एकै परिवारका तीनजनाको सव भेटिएको हो । स्थानीयले यसअघि दुईजनाको सव भेटाएका थिए । पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा उहाँका […]

म्याग्दीको रुमको हल्लेपानीमा पहिरोले घर परिदा दुईको मृत्यु,तिन वेपत्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा २ जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा छोराहरु १३ वर्षको राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो […]

गण्डकी प्रदेशका नमुना सडक अलपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २० गते । गण्डकी प्रदेश सरकारले तिनवर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसकेको हो । सडक निर्माण समयमै सम्पन्न हुननसक्दा सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र […]

मालिकाको नीति ः “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार–अबको यात्रा युवा स्वरोजगार”

विकल्प न्यूज/बेनी असार १४ गते । पालिका अध्यक्ष वेगप्रसाद गर्बुजाद्धारा प्रस्तुत ः  आ.व. २०७९/८० को लागि श्रीमान् अध्यक्षद्वारा गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम  “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार – अबको यात्रा युवा स्वरोजगार” मालिका गाउँपालिका, म्याग्दीको यस गरिमामय सदनमा उपस्थितउपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण सभा सदस्यज्यूहरु, सर्वप्रथम स्थानीय सरकार गठन भई आम […]

सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार १३ गते । जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार […]

रुममा स्वास्थ्य चौकी भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी असार ३ गते । मालिका गाउँपालिकाको २ नम्बर वडा रुममा स्वास्थ्य चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण थालिएको छ । संघीय सरकारको विशेष अनुदानबाट प्राप्त भएको बजेटले पालिकाले स्वास्थ्य चौकीको दुईतल्ला भवन निर्माण गर्न लागेको हो । पुरानो र जिर्ण भवनका कारण सेवा प्रवाहमा असहजता भएपछि पालिकाले भवन निर्माणका लागि संघीय सरकार सँग […]

रुमको विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना

विकल्प न्यूज\बेनी जेठ ३१  । जिल्लाको मालिका गाउँपालिका २ रुमको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भएको रकमले विद्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरु हर्षित भएका छन् । विद्यालयलाई प्राप्त भएको मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको ७ लाख रुपियाँबाट विज्ञान […]

मालिकामा विषयगत समिति गठनमा काँग्रेस र माओवादीबीच विवाद

विकल्प न्यूज/बेनी जेठ १९ गते । मालिका गाउँपालिकाको पहिलो गाउँसभामा विवाद उत्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र दरबाङमा बसेको गाउँसभामा जनप्रतिनिधिकाहरुकाबीच विवाद उत्पन्न भएपछि गाउँसभा स्थगित हुनपुगेको छ । पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विभिन्न विषयगत समितिहरुको गठनको प्रस्ताव पेश गरेपछि काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादीका जनप्रतिनिधिहरुकाबीच आपसी विवाद हुँदा गाउँसभा स्थगित हुन पुगेको हो […]

मालिकाकाे कार्यपालिका निर्वाचनमा गठबन्धन ताेड्दै माओवादी फ्लाेर क्रस

विकल्प न्युज/बेनी जेठ १२ गते । मालिकाकाे कार्यपालिका निर्वाचनमा माओवादीले गठबन्धन ताेड्दै एमालेलाई सहयाेग गरेकाे छ । आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लाेर क्रस गरेर एमालेलाई जिताएका छन ।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट […]