मालिका गाउँपालिका

छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

विकल्प न्यूज\बेनी भदौ २५ गते ।  बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो । #ADV अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा […]

प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न

विकल्प न्यूज\बेनी भदौ २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको […]

दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन

म्याग्दी, १९ भदौ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको बताउनुभयो । पश्चिम म्याग्दीको पायक पर्ने […]

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

 विकल्प न्यूज/बेनी साउन २३ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । गत वर्ष रु. ५८ करोड १८ लाख ४४ हजार ६७७ बिनियोजन भएकोमा रु. ४१ करोड ६१ लख […]

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

बेनी,  साउन ११ गते ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै […]

मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो […]

मालिकाको नीति ः ‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’

विकल्प न्यूज\बेनी असार ६ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी […]

मालिकाले पारित ग¥यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ५ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार पालिकाको केन्द्र दरबाङमा सुरु भएको गाउँसभाको  १३ औं  अधिवेशनले पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय […]

के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित

विकल्प न्यूज/बेनी जेठ १२ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारीक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय ५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरुले दाँतको उपचार गराएका […]

दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजनाको आर्थिक सहयोगमा तालिम चलाइएको हो । धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्यवस्थापनमा सिपमूलक बेकरीसम्बन्धी तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन […]

के.वी एकेडेमीमा ‘फूलबारी भित्ते पत्रिका’ प्रकाशन

विकल्प न्यूज/बेनी २४ वैशाख । पश्चिम म्याग्दीको दरवाङमा अवस्थित के.वी एकेडेमीका विद्यार्थीहरुले ‘फूलबारी’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् । विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त पत्रिकाको आइतवार विद्यालयका प्रधानाध्यापक विमल शर्माले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभयो । पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल के.वी एकेडेमीमा अध्ययनरत […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि एक्सरे मेसिन प्रयोगविहीन

चैत १४ गते ।  पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको  मेसिन  प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता  छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा […]

१०९ वर्षीय निउरे राष्ट्रिय परिचयपत्र बनाउँदै

फागुन ३० गते ।  जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित शिविरमा १०९ वर्षीय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नु भएको छ । शिविरमा युवादेखि पूर्ण रुपमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् । म्याग्दीमा अहिले […]

मालिकामा माओवादीको पालिका कमिटी पुर्नगठन

विकल्प न्यूज/बेनी फागुन २० गते । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटीको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटीको संयोजक र सचिव चयन गरिएको हो । कमिटीका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त भएको पदमा पुर्ति गरिएको […]

किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १५ गते । मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले जितेको छ । शनिबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण,११ रजत र ५ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जितेको हो । उपविजेता भिम मावि देविस्थानले १० स्वर्ण,२ […]