मालिका गाउँपालिका

लक्ष्य अघिनै बन्यो ओखरबोट स्वास्थ्य चौकीको भवन

साधन राम्जाली /विकल्प न्यूज असार २४ गते । जिल्लाको मालीका गाउँपालिका ४ च्युरिबोट स्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा सञ्चालीत भवन निर्माण योजना लक्ष्य भन्दा तिन महिना अघिनै सम्पन्न भएको हो । १५ महिनामा भवन बनाउने सम्झौता भएपनि १२ महिनामा भवन […]

दरवाङ बजारमा सिसिटिभी जडान

विकल्प न्यूज/बेनी असार २१ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा विहिवार सिसिटिभी जडान गरिएको छ । ६ नम्बर वडाले सिफारिस गरी गाउँपालिकाद्धारा विनियोजन गरेको दुइ लाख रुपियाँको लागतमा वडा देखि इलाका प्रहरी कार्यालय सम्म गरि ५ स्थानमा सिसिटिभी जडान गरिएको हो । बजार क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण गरि शान्तिसुरक्षा कायम गर्न […]

पात्लेमा खोप केन्द्र स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असार । म्याग्दीको मालीका गाउँपापलिका ३ पात्लेमा खोप केन्द्रको भवन निर्माण भएको छ । वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर बालबालीकालाई खोप लगाउन नसकेका भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीका बासिन्दाको सुबिधाका लागि स्थापीत खोप केन्द्रलाई व्यवस्थित बनाउन भवन निर्माण भएको हो । गाउँपालिकाको तिन लाख रुपैयाँ अनुदान र स्थानीयबासीको […]

रुमको टाक्सेखोलामा झोलुङ्गे पुल

कमल खत्री/ बेेेेनी म्याग्दी, १८ असार । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले नवनिर्मित झोलुङ्गे पुलले जिर्ण पुलबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले मालिकामा यस बर्ष […]

दरबाङमा सार्वजनिक सुनुवाई

प्रताप बानियाँ /दरबाङ म्याग्दी, असार १८ गते ।  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो । चालु आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिका तथा वडा कार्यालय र जिल्लास्थित विषयगत कार्यालयहरुबाट सञ्चालन भएका विकासे गतिविधिहरु, सार्वजनिक सेवा […]

फुलबारीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, साधन राम्जाली फुलबारी १७ असार ।  म्याग्दीको मालिका गाउँपालिका ४ फुलबारीमा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालीका गाउँपालिकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले स्थानीय तहको गतिबिधि, विकास निर्माणमा पारदर्शीता, नागरिकको गुनासो, समस्या, अपेक्षा, सुझाव संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरेको हो । सुनुवाईमा सहभागी स्थानीयबासीहरुले वडा र […]

रुमको स्लेट खानीलाई व्यवस्थित गर्न माग

कमल खत्री, राकेश शर्मा रुम १७ असार । म्याग्दीको मालीका गाउँपालिका २ रुममा रहेको स्लेट खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयबासीले माग गरेका छन् । गाउँपालिकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले शनिबार वडा कार्यालयमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले स्लेट खानीलाई स्पष्ट कानुनी ब्यवस्था गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न माग […]

मालिकाकाे अधिभरामा सार्वजनिक सुनुवाई

विकल्प / मालिका असार १५ गते । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले […]

बिममा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/ विकल्प बिम १३ जेठ ।म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो ।कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयमा दरबन्दि अनुसारका कर्मचारीको […]

बिमका ज्येष्ठ नागरिक र अपाङगलाई सिरक वितरण

सन्तोष गौतम/ विकल्प बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर जेष्ठ, अशक्त […]

दरवाङलाई सफा र सुन्दर बनाउन टोल विकास समिति सक्रिय

विकल्प न्यूज/बेनी असार १२ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई सफा सुग्धर बनाउन टोल विकास समिति सक्रियता देखाएका छन् । स्थानीय तह कार्यान्वयनसंगै गठन भएका समिति मार्फत नियमित सरसफाई अभियान सञ्चालन गरेर म्याग्दीको दोस्रो सदरमुकाम र पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र दरवाङ बजारलाई चिटिक्क बनाउन सक्रिय बनेका हुन् । सार्वजनिक स्थलमा फोहोर नफाल्ने र घरायसी […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

अबैध रुपमा बालुवा उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई जरीवाना

विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दी नदीबाट अवैध तरिकाले नदीजन्य वस्तुको उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई ५७ हजार पाँचसय रुपियाँ जरिवाना गरिएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको जिल्ला अनुगमन समितिको वैठकले मालिका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलाबाङ क्षेत्रमा नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् र चोरी निकासीमा प्रयोग भएका स्काभेटर र […]

नदीजन्य बस्तुको चोरी निकासीमा प्रयोग भएको सवारी साधन प्रहरी नियन्त्रणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलावाङ क्षेत्रमा म्याग्दी नदीको किनारबाट नदीजन्य बस्तुको अबैध रुपमा उत्खनन् र चोरी निकासी भएको छ । स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भेटिएको प्रहरीले जनाएको छ । अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् […]

मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको […]