ताजा समाचार:
Search

मालिका गाउँपालिका

दरवाङका स्थानीयवासीले तोके देउसी भैलोमा रकम

विकल्प न्यूज/बेनी कार्तिक २१ गते ।  पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरवाङका स्थानीयहरुले देउसी भैलोमा दिने रकम तोकेका छन् ।  देउसी भैलोको नाममा जवरजस्ती चन्दा उठाउने कार्यलाई निरुत्साहीत गर्न दरवाङका टोलविकास समितिहरुले देउसीभैलो खेल्नेलाई दिने दान रकमको सिमा तोकेका हुन । दरवाङ बजारमा रहेका ८ वटा टोलविकास समितिको संयुक्त बैठकले शैक्षिक संस्था वा कुनै सामाजिक उद्देश्य […]

वडा तहमा नेकपाको संयन्त्र गठन

विकल्प न्यूज/बेनी बेनी २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण,मंगला र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा सयन्त्रको गठन गरेको […]

बिलवाङका पहिरो पीडितलाई थप राहत वितरण

विकल्प न्यूज/बेनी असोज १५ गते । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पीडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाँको दरका राहत वितरण गरेको हो । नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर अधिकारी, पुर्व सांसद […]

म्याग्दी खोला जलविद्युतको पीपीए, पाँच वर्षमा बिजुली उत्पादन

विकल्प न्यूज/बेनी असोज ४ गते । विद्युत् प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । पीपीएमा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्। आयोजनाले पाँच वर्ष भित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। […]

मालिकाको प्रचुर पर्यटकीय संभावना

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ २५ गते । म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मालिका पर्यटकीय संभावनायुक्त गाउँपालिका हो । मालिकाको केन्द्र दरवाङ बजार हो । दरवाङलाई जिल्लाको दोस्रो सदरमुकाम भन्ने गरिन्थ्यो । पश्चिम क्षेत्रका अधिकांश गाउँहरुको व्यापरिक केन्द्र दरवाङ बजार हो । पछिल्लो समय चर्चामा आएको गुरिल्ला पदमार्ग र सन्सारकै सातौं अग्लो धौलागिरि हिमालको प्रवेशद्धार […]

विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ २२ गते । रुम,बिलबाङ ।बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने […]

जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

विकल्प न्यूज/बेनी भदौ ७ गते ।  पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् । गरिबीका कारण पढ्ने […]

सात करोड लगानीको प्रस्ताव सहित मालिकाको पर्यटन गुरुयोजना तयार

विकल्प न्यूज/बेनी भदौ ६ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाले पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशिल नेपाल प्रालिको सहकार्यमा गाउँपालिकाले गुरुयोजना तयार पारेका हो ।  गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको निर्माण,पदमार्ग र होमस्टेलाई उच्च प्राथमिकता राखेर पाँच वर्षे पर्यटन गुरुयोजना तयार पारिएको हो । गुरुयोजनाका रुपमा तयार पारेको पुस्तक बुधबार […]

बिलबाङका पहिरो पीडितलाई थप ३० हजार राहत उपलब्ध गराउने निर्णय

विकल्प न्यूज/बेनी भदौं ५ गते । मालिका गाउँपालिका २ रुमको बिलबाङका पहिरो पीडितहरुले प्रतिपरिवार थप ३० हजार रुपियाँ राहत पाउने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले पहिरो पीडित पाँच घरपरिवारलाई जनही थप ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सहायक […]

विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)

विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ […]

नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन ।म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् ।                       गाउँपालिकाले सुरु गरेको कामलाई पूर्णता दिन सांसद थापाको साथ पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो […]

मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित

गोपाल छन्त्याल/बेनी साउन १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको साढे ४ करोड […]

रातोढुङ्गा सबस्टेशन निर्माण सुरु

विकल्प न्यूज/बेनी साउन ४ गते । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी  म्याग्दीको पश्चिम भेगमा विद्युतिकरण विस्तारका लागि ११ केभीए क्षमताको वितरण सव स्टेशन निर्माण सुरु गरेको छ । जिल्लाको मालिका गाउँपालिका ६ रातोढुंगामा नेपाल विद्युत प्राधिकरणले विद्युत सवस्टेशन निर्माण गर्न लागेको हो । पर्वतको जलजला ४ मिलनचोकबाट १३२ केभीए प्रशासरण लाइन मार्फत रातोढुङ्गामा निर्माण गरिने सवस्टेशनमा जोडिने […]

दाङखोलाको बेलिब्रिज निर्माण उपभोक्ता समितिद्धारा हिसाब सार्वजनिक

विकल्प न्यूज/बेनी साउन १ गते । धवलागिरी गाउँपालिका ७ र मालिका गाउँपालिका ५ को सिमाना फेदी स्थित दाङखोलामा बेलिब्रिज निर्माण गरेको उपभोक्ता समितिले मंगलबार हिसाब सार्वजनिक गरेको छ । गाउँपालिकाले गौरवको आयोजना मानेको पुल निर्माण गरेको उपभोक्ता समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै हिसाब सार्वजनीक गरेको हो ।समितिका अध्यक्ष भिमप्रसाद छन्त्याल र सचिव निलप्रकाश थापा […]

दाङखोलामा बेलिब्रिज जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने फेदी स्थित दाङखोलामा बेलिब्रिज जडान भएको छ । दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको पहलमा दाङखोलामा बेलिब्रिज निर्माण भएको हो । बेलिब्रिजको शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष पुनले गाउँपालिकालाई जोड्ने […]