मालिका गाउँपालिका

यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी मंसिर ५ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि […]

पूर्वाधारको पर्खाइमा मालिका धुरी

म्याग्दी, कात्तिक ३० गते ।   प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा […]

लोकसंस्कृतिको अध्ययन गर्न लोकवार्ता परिषदको म्याग्दीमा सङ्गोष्ठी

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २३ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विकास संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ । विकासका नाममा अहिले लोकसंस्कति र मौलिकताको विनास भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । लोकसंस्कृतिको संरक्षणका लागि सवैजना एकतावद्ध भएर जुट्न उहाँले अनुरोध गर्नुभयो । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बुधवार लोकवार्ता परिषद् नेपालको १२ औं सङ्गोष्ठीको […]

पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर पत्रकार महासंघको टोली मालिका धुरीमा

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । म्याग्दीको मालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रचार संगै आन्तरिक पर्यटन प्रवर्धनमा सघाउने उद्देश्य अनुरुप महासंघले संचालन गरेको अभियान अन्तर्गत वुधबार विहान मालिका धुरीमा रहेको मालिका देवि […]

अन्नपूर्ण र बेनीलाई प्रथम मोना कपको उपाधि

ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,असोज २५ गते । म्याग्दीको बेनीमा संचालन भएको प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फ अन्नपूर्ण गाउँपालिका र पुरुष तर्फ बेनी नगरपालिकाले उपाधि हात पारेका छन् । बेनीको खुल्ला मञ्चमा विहिवार सम्पन्न भएको फाईनल खेलमा महिला तर्फ मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्णले उपाधि […]

सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दी नदी माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६ लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लका अनुुसार, […]

मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

विकल्प न्युज/बेनी असाेज १८ गते । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका छन् । संघर्ष […]

दरबाङको छ्यारछ्यारेमा मोटरेबल पुल निर्माण

ठाकुरप्रसाद आचार्य \बेनी असोज १६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाई भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ । पालिकाको वडा नम्बर एक निस्कोटलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दीखोला माथि पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै वर्षातका समयमा पनि आवतजावत गर्न सहज भएको छ । पुल बनेसँगै […]

फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

 १३ असोज । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहित […]

महभिरका १३ घर पहिरोको जोखिममा

विकल्प न्यूज/बेनी असोज १२ गते ।  म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको […]

राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

म्याग्दी १ २ असोज । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्याग्दीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन । निजामती सेवा ऐनमा आफ्ना मागहरू […]

दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण

विकल्प न्यूज/बेनी असोज ८ गते । काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् । सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक एअरको एक÷एकवटा हेलिकप्टर […]

विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने विमवासीको माग

विकल्प न्यूज/बेनी असोज ७ गते । म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबाट सम्पादित काम तथा कार्यक्रम र योजनाहरुको […]

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण

विकल्प न्युज/ बेनी बेनी ३ असोज ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार […]

बाल कचहरी : बालअधिकार संरक्षणका लागि ११ बुँदे घोषणापत्र जारी

विकल्प न्यूज\बेनी भदौ ३० गते ।  म्याग्दीको मालिका गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न ११ बुँदे मालिका गाउँपालिका घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो । सामाजिक विकास कार्यालय, म्याग्दी र […]