मालिका गाउँपालिका
म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो । […]
रुमकी २२ वर्षीय मृगौला पीडित श्रीपालीले गरिन अस्पतालबाट सहयोगको अपिल

विकल्प न्यूज/रुम पुस २ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमकी मृगौला रोगकको पीडित सन्जीता श्रीपालीले पोखरा स्थित अस्पतालको शैयाबाट सहयोगको अपिल गरेकी छिन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि पोखरा गण्डकी अस्पतालमा पुगेकी २२ वर्षीय श्रीपालीको उपचारमा आर्थिक अभाव भएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या […]
विप्लवका नेताको मरण : घरजग्गा धरौटीमा, अस्पतालमा शव !

३ पुस, पोखरा। जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’ सरकार र कारागारले लापरबाही गरेकाले यो अवस्था आएको भन्दै परिवारले आरोप लगाइरहेको उनीहरुले सुनाए । ‘हाम्रो कुनै कमजोरी छैन । […]
बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीमा मंगलबार थप १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल स्रोतले जानकारी दिएको छ । नेकपाका जिल्ला सचिव समेत रहनुभएका हरिकृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारका सदस्यहरुमा […]
दरवाङमा पनि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । कोरोना संक्रमणको जोखिम बढेको भन्दै म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबार देखि अत्यावश्यक वाहेक सवै सेवाहरु पूर्णरुपमा बन्द हुने भएका छन् । मंगलबार गाउँपालिका र वडाको विपद् व्यवस्थापन समितिको वैठकले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै विहिवार (कार्तिक २० गते ) देखि दरवाङ बजारमा रहेका वैंक […]
म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]
इजरायलबाट आयो रुमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री

विकल्प न्यूज/बेनी कार्तिक१गते। म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु पुनमगरले ४० हजार बराबरको स्वास्थ्य साम्रागी वितरण […]
म्याग्दीबाट पोखरा उपचार गर्न पुगेकी एक महिलामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज२३गते। म्याग्दीबाट उपचार गर्न पोखरा पुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मालिका गाउँपालिका ५ देविस्थानकी ३५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त संक्रमित महिला असोज १५ गते उपचारका लागि पोखरा पुग्नुभएको थियो । गण्डकी अस्पतालमा उपचारका लागि पुग्नुभएकी उक्त महिलाको असोज २१ गते पोखरामै स्वाव संकलन गरिएको थियो […]
बाढीपहिरोका पीडितहरुको घाउमा मलम लगाउँदै मगर संघ म्याग्दी

विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र […]
मालिकामा वडा सभापति सहित ८५ जनाले काँग्रेस छाेडे

म्याग्दी १२ असोज । म्याग्दीको मालिका गाउँपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ८५ जना प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको बिम, दरबाङ, निस्कोट, रुम, ओखरबोट, […]
बागलुङ सँग सीमाना जोडिएको मालिकाको रुममा उच्च सर्तकता

भुपेन्द्र दर्जी/रुम भदौं १९ गते । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी जिल्ला बागलुङ सँग सीमा जोडिएको म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा उच्च सर्तकता अपनाइएको छ । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडा कार्यालयले ६ बुँदे सूचना जारी गरी सर्वसाधरणहरुलाई साबधानी अपनाउन र सर्तक हुन अनुरोध गरेको छ । कोरोना फैलिन नदिन गाउँमा […]
म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते । जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]
पहिरो प्रभावित गाउँमा हेलिकोप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी

विकल्प न्यूज/बेनी साउन ३० गते । पहिरोबाट प्रभावित गाउँमा हेलिकप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी गरिएको छ । गत असार २६ गते आएको बाढी र पहिरोका कारण प्रभावित गाउँमा विहिवार हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाता ढुवानी गरिएको हो । बाढी र पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएकाले सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर दरवाङबाट ढुवानी […]
मराङ बुलका पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

विकल्प न्यूज/बेनी साउन २६ गते । अविरल वर्षासँगै आएको पहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङको बुलका स्थानीयलाई गंगा जिसी फाउण्डेशन र मोना मकाउको सहकार्यमा करिब २ लाख बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । गत असार महिनाको २५ गते पहिरोले विस्थापित भएका स्थानीयलाई प्रभु हेलिकप्टरबाट ढुवानी गरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]
गण्डकी प्रदेश सरकारले पठायो म्याग्दीका पहिरो प्रभावितलाई राहत (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १७ गते । गण्डकी प्रदेश सरकारले म्याग्दीका पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार बेनीबाट पीडितहरुलाई ३०५ बोरा चामल लगायतका सामग्री पठाइएको हो । प्रदेश सरकारबाट अपेक्षा गरेअनुसार सहयोग नपाएको पीडितहरुले गुनासो गरेका समयमा तिन हप्ता पछि प्रदेश सरकारले पहिरो प्रभावितहरुलाई राहत पठाएको हो । गत असार […]
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...