ताजा समाचार:
Search

मंगला गाउँपालिका

मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

विकल्प न्यूज/बेनी जेठ ११ गते । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्याक दुइजना गरी ६ जना सदस्यहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधवार मनोनयन दर्ताका दिन नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर […]

मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको मंगला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार विहान सार्वजनिक मतगणना अनुसार पालिका अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको हो । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ […]

मंगला गाउपालिका वडा नं ३ को वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

विकल्प न्यूज/बेनी जेठ १ गते । मंगला गाउँपालिका ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका याम रोका विजयी हुनुभएको छ ।

कुहुँमा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २३ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमालेले बिहिबार मंगला पालिकाको १ नम्वर वडा कुहुँमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले जनलहर एमालेकै पक्षमा रहेकाले मंगला गाउँपालिकामा फेरी पनि एमालेकै जित […]

एमालेबाट पेमा अधिकारी मंगलामा उपाध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी वैशाख १२ गते । आसन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट मंगलाको उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीले टिकट पाउनुभएको छ । प्रदेश कमिटीको वैठकले अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी नेकपाएमाले मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्यहुनुहुन्छ । उपाध्यक्षका लागि मंगला –२ बाबियाचौर निवासी अधिकारी र हालका […]

मंगलामा माओवादीका तर्फबाट टेकबहादुर विक अध्यक्षको उम्मेदवार

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बेनी, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा […]

मंगलाको अध्यक्षमा रोकालाई दोहो¥याउने एमालेको निर्णय

विकल्प न्यूज/बेनी चैत २८ गते । आगामी बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा हालकै अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने भएको छ । आइतवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा बसेको पालिका कमिटीको बैठकले रोकालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेको पालिका कमिटीका सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो । रोका मंगला […]

कुहुँमा एमालेबाट युवा नेता रोका ओर्लिए चुनावी दौडमा

विकल्प न्यूज\बेनी चैत २३ गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षमा युवा नेता एकजित रोकालाई अघि सारेको छ । वडा कमिटीको भेलाले रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले मंगलाले जनाएको छ । कुहुँ अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा हो । खुल्ला सदस्यहरुमा ओमकार […]

घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण

विकल्प न्यूज\बेनी चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले […]

मंगला बन्यो कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो

विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । विभिन्न १७ वटा सूचकलाई आधार बनाई एक सय पूर्णाङ्कमा गरिएको मूल्याङ्कमा मंगला गाउँपालिकाले ६६ दशमलव ३५ अंक प्राप्त […]

मंगला गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ २१ गते । जिल्लाको मंगला गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले १६ वटा योजनाका लागि थप ३८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । साथै सभाले पालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका योजना तथा कार्यक्रमको समिक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका […]

खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण

विकल्प न्यूज\ बेनी माघ ४ गते । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा स्थानीयको रु. […]

मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)

विकल्प न्यूज/बेनी पुस ८ गते ।    मतदाता नामावलीमा नाम दर्ता गर्न मंगलाका सर्वसाधरणहरु राती सम्म बस्नुपरेको छ । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत मंगला गाउँपालिकामा बुधवार र विहिवार गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नामावली दर्ता गर्न राती १० बजे सम्म बस्नुपरेको गुनासो गरेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि […]

माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

विकल्प न्युज/ बेनी बाबियाचौर, ११ मंसिर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका रोका शिक्षण पेशा […]

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

विकल्प न्यूज/बेनी मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा […]