मंगला गाउँपालिका

दोहोरिगीत प्रतियोगितामा लोक दोहोरिगीत प्रतिष्ठान म्याग्दी प्रथम

विकल्प न्यूज/बेनी माघ ७ गते । सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी प्रथम भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा म्याग्दी सामुदायिक पुस्तकालयको समुह र प्रतिष्ठानकाबीच फाइनल प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रतिष्ठानले १६ सय ४० र पुस्तकालयले १६ सय ३९ अंक प्राप्त गरेको […]

अघि बढ्यो सिम–लाम्पाटा सडकखण्ड स्तरोन्नति योजना

विकल्प न्यूज/बेनी पुस ३ गते । बेनी दरबाङ सडक अन्तर्गत दोस्रो खण्ड सिम देखि लाम्पाटा सम्मको सडक स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अगाडी बढेको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत उक्त सडक स्तरोन्नति सहित कालेपत्रे गर्ने योजना थालेको हो । योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले यतिखेर प्रारम्भिक चरणको कामलाई तिव्रता दिएका छन् […]

सम्झौता मिति अगावै तयार भयो सीम–सातबिसे झोलुङ्गे पुल

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । निर्माण व्यवसायीले समयमै योजना  सम्पन्न नगरेर अलपत्र परेका खबरहरु सार्वजनिक भइरहेका छन् । तर यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति नसकिँदै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरणीय बनेका छन् । जिल्लाको मंगला गाउँपालिका २ सीम देखि ३ नम्बर वडाको सातबिसे गाउँलाई जोड्ने गरी म्याग्दीखोलामा निर्माण गरिएको एन टाइपको […]

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते ।  म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

चार सय ४३ मतको अग्रता लिएर माओवादीका जुग्जाली एमालेको गढ मंगलामा प्रवेश गरे

विकल्प न्यूज\बेनी मंसिर ६ गते । कडा प्रतिस्पर्धा देखिएको प्रदेश  निर्वाचन क्षेत्र २ मा धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सक्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ४४३ मतको अग्रता लिएर एमालेको गढ मानिएको मंगला प्रवेश गरेका छन् । जुग्जालीले ६ हजार एकसय ९७ मत प्राप्त गर्दा नेकपा एमालेका यामबहादुर गर्बुजाले ५ हजार ७ […]

पश्चिम म्याग्दीमा एमाले बलियो भएकाले जित सुनिश्चित छ ः उम्मेदवार गर्वुजा

विकल्प न्यूज\बेनी मंसिर १ गते । २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ ।जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालिन […]

पश्चिम म्याग्दीमा विकासको जग एमालेले बसालेको छ ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज\बेनी कात्तिक २२ गते । नेकपा एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले पश्चिम म्याग्दीमा एमालेले विकासको जग बसालेको बताउनुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा धौलागिरि गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले एमालेको नेतृत्वको सरकारको पालामा पश्चिम म्याग्दीको विकासले नयाँ फड्को मारेको दावी गर्नुभयो । सडक,शिक्षा,पर्यटन,कृषि र स्वास्थ्यका क्षेत्रमा […]

म्याग्दीको विकास गर्ने एमाले हो ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन र बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, स्वास्थ्य, […]

एमालेको चुनावी अभियान ः‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’

विकल्प न्यूज/बेनी कात्तिक २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत भकिम्लीको चुनावी […]

स्थानीयले अख्तियारमा उजुरी गरेपछि पुल निर्माण रोकियो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ७ गते । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ वरंजालाई जोड्न म्याग्दी खोलामा निर्माणधिन पक्की पुल । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई […]

चिटिक्क छ पर्यटकीय स्थल चिनाकोट दरबार पुग्ने पदमार्ग

विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ मा रहेको पर्यटकीय स्थल चिनाकोट दरवार पुग्ने पदमार्ग निर्माण गरिएको छ । चिनाकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ग्रेटवालको झल्को दिने गरी पदमार्ग निर्माण गरिएको हो । स्थानीय पूर्वाधार विकास कार्यक्रमको ९ लाख र स्थानीयवासीको एकलाख १० हजार रुपियाँ […]

मंगलाको बावियाचौरमा हरियाली पार्क

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १६ गते ।  म्याग्दीको मंगला गाउँपालिकामा हरियाली पार्क निर्माण गरिएको छ । गाउँपालिका केन्द्र बावियाचौरमा चार रोपनी जमिनमा हरियाली पार्क निर्माण गरिएको छ । प्रदेश सरकार र पालिकाको बजेट गरी एक करोड ८ लाख ६७ हजार रुपियाँमा पार्क निर्माण गरिएको हो । चार वर्ष अघि निर्माण सुरु गरिएको पार्क चालु आर्थिक वर्षमा […]

सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार १३ गते । जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार […]

मंगलामा ४२ करोड ३४ लाख बजेट पारित

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ रु २७ […]