मंगला गाउँपालिका

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

बेनी,  असार २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि […]

मंगलामा नेतृत्व विकास तालिम

विकल्प न्यूज/बेनी असार १६ गते । मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ । बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन भएको तालिममा बंरजा, कुहुँ र बावियाचौरका १५ जनाको सहभागिता रहेको थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत […]

मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट

विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको […]

मंगलाका चालिस बालविकास केन्द्रमा स्मार्ट कक्षाकोठा

विकल्प न्यूज/बेनी बैशाख २५ गते । जिल्लाको मंगला गाउँपालिकाले ४० वटा बालविकास केन्द्रमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको छ । स्मार्ट कक्षा कोठा लागू भएपछि बालबालिकाको सिकाईमा अभिवृद्धि भएको छ । बालबालिकाको सिकाईमा शुद्धता र बालमैत्री तवरले सिकाई वातावरण तयार पार्न गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि बालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको थियो […]

मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार ४४३, मंगला गाउँपालिका […]

मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

म्याग्दी, चैत ५ गते ।   म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा २१२ जना बिद्यार्थी मतदातामध्ये १४३ जनाले मतदान गरेका थिए । प्रत्यक्षतर्फ सभापतिमा अनेरास्ववियुकी भिममायाँ रोकाले १२७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अनेरास्ववियुका रबिन […]

म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा सार्वजनिक सुनुवाइ

विकल्प न्युज/ बेनी फागुन १९ गते । सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई […]

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्

विकल्प न्यूज/बेनी फागुन १९ गते ।  म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी […]

एमालेले सुरु ग¥यो म्याग्दीमा ‘मिसन ग्रासरुट’अभियान

विकल्प न्यूज/बेनी फागुन १४ गते । नेकपा एमाले म्याग्दीले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । अभियान अन्तर्गत शनिबार मंगला गाउँपालिका कमिटीको आयोजनामा बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने […]

मंगला–इन्द्रेणी पार्कको उद्घाटन

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डौ बस्दै आएका क्या.ईन्द्रबहादुर अधिकारीले […]

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

विकल्प न्युज/ बेनी फागुन ५ गते । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद […]

मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

बाबियाचौर, ४ फागुन । शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो । मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ […]

मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष […]

मंगला मावि बावियाचौरले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १५ गते । मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले जितेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो । यसैगरी उपविजेता महेन्द्र रत्न मावि […]

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका स्तरमा हुने खेलकुद […]