मंगला गाउँपालिका

मंगलाको बाबियाचौरमा हरियाली पार्क

विकल्प न्यूज/बेनी फागुन ५ गते । मंगलाको बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको छ । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण गरिएको हो । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जीउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो । गण्डकी […]

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ४ गते ।   मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गर्न सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपियाँ बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो । गाउँपालिका केन्द्रको सडक कालोपत्रे गर्न लागिएको यो जिल्लामै पहिलो हो । गत वर्ष नै सडक कालोपत्रे […]

मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ ६ गते ।     पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा सोमबार मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभाको उद्घाटन गर्दै विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले मंगला गाउँपालिकामा मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि आफूले म्याग्दी जिल्लाको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट सबैभन्दा धेरै ७० लाख रुपैयाँ बजेट विनियोजन […]

म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो । […]

मंगलामा १५ शैयाको अस्पताल शिलान्यास

विकल्प न्यूज/बेनी मंसिर १५ गते । जिल्लाको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पतालको शिलान्यास गर्नुभएको हो । वडा नम्बर ५ अर्मनमा ९ रोपनी जग्गा व्यवस्थापन गरी अस्पताल बनाउन लागिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । सरकारले आजै देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम […]

बावियाचौरको काफलचौरमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाइते

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।  म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको ताराखेतमा बोलेरो दुर्घटनामा एकको मृत्यु र ५ जना घाइते भएका छन्। बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको हो । ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा चालक खुमबहादुर कटुवालकी एक छोरीको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी […]

मंगलामा बजार खुल्ला गर्ने निर्णय

विकल्प न्युज/ बेनी कार्तिक २८ गते । काेराेना संक्रमणकाे जाेखिम बढेकाे भन्दैै  मंगला गाउँपालिकामा एक हप्ता अघि गरिएकाे लकडाउनलाई   खुकुलाे बनाउने निर्णय भएकाे छ । शुक्रबार दिउसाे दुई बजे देखि बजार खुलाउने निर्णय भएकाे गाउँपालिकाले जनाएको छ । काेराेना राेकथामका लागि  कार्तिक २० गते देखि मंसिर १ गते सम्म गाउँपालिका भित्र लकडाउन गरिएको थियाे । […]

म्याग्दी नदीमा वेपत्ता युवाको शब शसस्त्रको गोताखोरले भेटायो

विकल्प न्यूज/बेनी कार्तिक २६ गते ।  म्याग्दीको मंगला गाउँपालिका ५ स्थित म्याग्दी नदीमा डुबेर वेपत्ता भएका एक युवाको शब शसस्त्रको गोताखोर टोलीले बुधवार विहान भेटाएको छ । पोखराबाट आएको शसस्त्रको गोताखोर टोलीले नदीमा वेपत्ता भएका मंगला ५ टिकाबाङका १६ वर्षीय शंकर विकको शब भेटाएको हो । गत सोमबार नदीमा पौडी खेल्ने क्रममा बिक वेपत्ता भएका […]

मंगलामा विहिवार राती देखि मंसिर १ सम्म लकडाउन

विकल्प न्यूज/बेनी कार्तिक २० गते ।   म्याग्दीको मंगला गाउँपािलकाले कार्तिक २० गते (आज) राती १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कोभिड – १९ रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको विहिवार वसेको वैठकले गाउँपालिकामा कोरोनाको जोखिम वढेको भन्दै लकडाउन (बन्दावन्दी) गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको अध्यक्षतामा वसेको […]

बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीमा मंगलबार थप १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल स्रोतले जानकारी दिएको छ । नेकपाका जिल्ला सचिव समेत रहनुभएका हरिकृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारका सदस्यहरुमा […]

म्याग्दीमा थप ४ जनामा काेराेेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक ११ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगला  गाउपालिकामा १ बेनी नगरपालिकामा र धौलागिरी गाउपालिकामा २ जनामा काेराेना पुष्टि भएकाे हाे । सवै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

मंगला गाउँपालिकामा ५ शैयाको कोरोना अस्पताल तयार

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘स्वास्थ्य चौकीमा नियमित सेवा प्रदान गरिन्छ,‘संक्रमति […]

म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]

कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह रोकेको जनाएको छ ।संक्रमित कर्मचारीको […]

ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि करिब साढे ४ लाख संकलन

विकल्प न्यूज / बेनी असोज २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका ५,किमचौरकी ९ वर्षीय ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा करिब साढे ४ लाख सहयोग जुटेको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अर्मन मुसलबारीकी जमुना प्रतेलको पहलमा स्वदेश तथा विदेशबाट ४ लाख ४७ हजार ९१० रुपैयाँ आर्थिक संकलन भएको हो […]