ताजा समाचार:
Search

धवलागिरी गाउँपालिका

खुल्यो यो सिजनका लागि धौलागिरि आरोहण

ठाकुरप्रसाद आचार्य/बेनी असोज १२ गते । शरद ऋतुमा धौलागिरि हिमाल आरोहणको लागि बाटो खुलेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ । शुक्रबार विहान १३ जना शेर्पाहरुको टोलीले धौलागिरि चुचुरो सम्म पुग्ने बाटो खोलेका हुन । सेभेन समिट ट्रेकमा आवद्ध शेर्पाहरुले धौलागिरिको चुचुरो सम्म पुग्ने बाटो […]

गुर्जामा स्याउखेतीको परीक्षण सफल

 विकल्प न्यूज\बेनी भदौ १५ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको […]

डेढ महिना देखि लुलाङ गाउँ अन्धकारमा

म्याग्दी, भदौ  ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का […]

मराङकी गर्भवतिलाई हेलिकप्टरबाट उद्दार

विकल्प न्यूज\बेनी साउन १६ गते । धवलागिरि गाउँपालिका ६ मराङकी एकजना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीय दीपा पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरि गाउँपालिको समन्वयमा उद्दार गरिएको हो , गर्भवति केसी मंगलबार विहान सुत्केरी हुनका लागि मराङ स्वास्थ्य चौकीमा पुग्नुभएको […]

पहिरोले बगायो लुलाङ स्थित दरखोला दोस्रो लघु जलविद्युतको विद्युत गृह

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले बगाएको छ । बुधवार राती परेको वर्षाका कारण पहिरो जाँदा ४२ किलोवाट क्षमताको लघुजलविद्युत परियोजनाको विद्युत गृहको भवन र उपकरणहरु पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत आपूर्ती पूर्णरुपमा बन्द भएको छ । मरेनी स्थित विद्युत […]

धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न

विकल्प न्युज/ बेनी असार २२ गते । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आव सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल […]

धवलागिरीमा करिब ४४ करोडको बजेट पारित

विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास लाख ८० हजार, […]

धवलागिरीको नीति “गाउँमै बसौ, यही उद्यम गरौ”

विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाले विदेशबाट फर्केका बेरोजगार युवाहरुको उद्यम विकास, आयआर्जन र व्यवसायमा जोड्न “गाउँमै बसौ, यही उद्यम गरौ” भन्ने कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । त्यसका लागि अल्लो र कागज उद्योग सञ्चालन गर्न अनुदान दिने कार्यक्रम अगाडि सारेको छ । धवलागिरीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि विहिवार […]

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

 विकल्प न्यूज/बेनी असार ५ गते ।   म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई वृत्तचित्रमा समावेश गरिएको […]

धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन

गोपाल आचार्य मुना, ३ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयमा सुझाव […]

पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदी स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो । सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि […]

धौलागिरिको शिखरमा पुगे आरोही

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । संसारको सातौं अग्लो धौलागिरि हिमालको शिखरमा आरोहीहरु पुग्न थालेका छन् । प्रतिकुल मौसमका कारण झण्डै एकमहिना आधारशिविरमा रोकिएका आरोहीहरु अनुकुल मौसमपछि धौलागिरिको चुचुरोमा पुग्न थालेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आइतबार नेपाली समय अनुसार विहान ७ बजेर ३० मिनेटमा […]

मराङमा वडा कार्यालय भवन निर्माण शुरु

विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ ।  धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले रु. […]

धौलागिरि आधारशिविरमा ७ महिनादेखि बेपत्ता भएकाको शव फेला

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका ४ स्थित धौलागिरि हिमालको आधारशिविरमा विगत ७ महिनादेखि वेपत्ता भएकाको शव फेला परेको छ । फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ बस्ने २७ वर्षीय देव लामाको रहेको शवको खोजीमा आधारशिविर पुग्नुभएका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले जानकारी दिनुभयो । शवको खोजीमा शेरचन सहित तिनदिन अघि नेपाली […]

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, २८ वैशाख ।   म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा […]