धवलागिरी गाउँपालिका

हेम माविलाई धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस ५ गते । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हेम मावि शिवाङले हात पारेको छ । शिवाङमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक […]

धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन

विकल्प न्यूज/बेनी पुस ३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक […]

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

म्याग्दी, पुस १  गते । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।  संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ […]

‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’

विकल्प न्यूज \बेनी पुस १ गते ।   म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुभएको थियो । मेलमिलाप केन्द्र र न्यायिक समितिमा आउने मुद्दाको […]

धवलागिरी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

मुना, ३० मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०\०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका साथै अन्तरक्रिया गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । स्थानीयबासीहरुले सेवा प्रवाह, विकास […]

ताकममा वडा कार्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी मंसिर २२ गते । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण भएसँगै वडाबाट प्रवाह हुने सेवा आफ्नै भवनबाट सुरु गरिएको छ । यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै आएको वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नवनिर्मित भवनको धवलागिरी गाउँपालिकाका […]

पदमार्गले जोडियो ताकमकोत

म्याग्दी, ९ कात्तिक ।   धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपीठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको रु दश लाख बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए […]

वडाध्यक्ष खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

विकल्प न्युज/ बेनी कार्तिक ६ गते । म्याग्दी  धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले […]

ताकममा योग शिविर

ताकम, ३ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य जिवनका लागि योग साधना […]

लुलाङमा तीन महिनापछि बिजुली बल्यो

विकल्प न्यूज/बेनी कात्तिक १ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा तीन महिनापछि बिजुली बलेको छ। मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो। विद्युतगृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए। परियोजनाको मर्मत गरेर तीन महिनापछि मंगलबारदेखि विद्युत् आपूर्ति भएको लमसुङका भक्त […]

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

विकल्प न्यूज/बेनी असोज २२ गते ।  विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ। धवलागिरि गाउँपालिका– २ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए। हाब्रे भेटिएको सम्बन्धी समाचार गत बिहीबार राससमार्फत सार्वजनिक भएको थियो। म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य […]

सत्र वर्षीय निमा रेन्जी शेर्पा धौलागिरिको चुचुरोमा

विकल्प न्यूज/बेनी असोज १३ गते ।   सत्र वर्षीय पर्वतारोही निमा रेन्जी शेर्पाले शुक्रबार विहान संसारको सातौं अग्लो धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको छ । निमा सहित सेभेन समिट टे«क्सका अन्य १२ जनाले पनि धौलागिरिको आरोहण गरेका छन् । शरद ऋतुको सिजनमा धौलागिरिको शिखरमा पुग्ने यो पहिलो टोली बनेको छ । ८ हजार एकसय ६७ […]

खुल्यो यो सिजनका लागि धौलागिरि आरोहण

ठाकुरप्रसाद आचार्य/बेनी असोज १२ गते । शरद ऋतुमा धौलागिरि हिमाल आरोहणको लागि बाटो खुलेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ । शुक्रबार विहान १३ जना शेर्पाहरुको टोलीले धौलागिरि चुचुरो सम्म पुग्ने बाटो खोलेका हुन । सेभेन समिट ट्रेकमा आवद्ध शेर्पाहरुले धौलागिरिको चुचुरो सम्म पुग्ने बाटो […]

गुर्जामा स्याउखेतीको परीक्षण सफल

 विकल्प न्यूज\बेनी भदौ १५ गते ।  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको […]

डेढ महिना देखि लुलाङ गाउँ अन्धकारमा

म्याग्दी, भदौ  ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का […]