धवलागिरी गाउँपालिका

मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी

साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता मावि मुनालाई (फोटोफिचर)

गोपाल आचार्य/ताकम शिवाङ २९ पुस । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ ।  १० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित नगद ४५ […]

धनजनता माविले चुम्यो उपाधि

गोपाल आचार्य/ताकम पुस २९ गते । धौलागिरी गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता मावि मुनाले जितेको छ । हेममावि सिवाङमा माविमा सम्पन्न भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि धनजनता मावि मुनाले हातपार्न सफल भएको हो । धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक […]

धौलागिरी गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु(फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २६ गते । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका ७ सिवाङ स्थित हेम माध्यमिक विद्यालयमा विहिबारदेखि अन्तर माध्यमिक छात्र\छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले […]

ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी

विकल्प न्यूज/बेनी पुस २४ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण गर्न लागिएको हो । ताकम घनाबस्ती विकास […]

धवलागिरी गाउँपालिकाद्धारा विद्यार्थीलाई ओखरका बिरुवा वितरण सुरु

पार्वती सुवेदी /विकल्प न्यूज मराङ २४ पुष । धवलागिरी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण सुरु गरेको छ । “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम अन्तरगत मंगलबार ६ नम्बर वडा मराङको जनविकास माविका विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडा अध्यक्ष राजाराम […]

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

ताकमकोत निर्माण समिति गठन

गोपाल आचार्य/विकल्प न्यूज ताकम १४ पुष ।  धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ । वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट मन्दिर निर्माणको काम अघि बढाउन गठन गरिएको समितिको उपाध्यक्षमा नरकुमारी बुढा चयन हुनुभएको […]

धवलागिरीको मोवाइल एप्स

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शुक्रबारदेखि मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । मोवाइल एप्स् मार्फत सर्वसाधारणले घरमै बसेर पनि गाउँपालिकाको गतिबिधि र प्रवाह गर्ने सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर धवलागिरी मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुवास थापाले जानकारी […]

मराङको बेशीमा दन्त शिविर

विकल्प न्यूज /बेनी पुस १० गते । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबार देखि दुइदिने निशूल्क दन्त शिविरको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको […]

लुलाङवासीलाई खुसीको खबर ः लघुजलविद्युत परियोजनालाई ८५ लाख बिनियोजन

विकल्प न्यूज/बेनी मंसिर २८ गते ।  धौलागिरि गाउँपालिकाको दुर्गम २ नम्बर वडा लुलाङ गाउँमा विद्युतीकरणका लागि संघिय सरकारले ८५ लाख रुपियाँ विनियोजन गरेको छ । डेढवर्ष अघि पहिरोले दरखोला लघुजलविद्युत परियोजनामा क्षति पु¥याएपछि गाउँ अन्धकारमय भएको थियो । गाउँपालिकाको पहल र प्रतिनिधिसभका सांसद भुपेन्द्र बहादुर थापाको सक्रियतामा परियोजना पुननिर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ […]

योजना कार्यान्वयनको तयारीमा जुट्दै धौलागिरी

गोपाल आचार्य /विकल्प न्यूज मङसिर १८ गते । धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी जुटेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ७ ताकममा गठन भएका उपभोक्ता समितिका पदाधीकारी र […]

धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि अधिकृत सुवास […]

७६ वर्षको उमेरमा नागरिकता !

धिरन खत्री /बेनी लुलाङ,कार्तिक १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा आईतबार सम्पन्न एकिकृत घुम्ती शिवीरबाट करिब साढे दुइ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आइ सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर सञ्चालन भएको हो […]

घरदैलोमै नागरिकता र लालपूर्जा पाएपछि गुर्जाली दङ्ग

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १७ गते । म्याग्दीको विकट धबलागिरी गाउँपालिका १ गुर्जामा दुइदिन सम्म सञ्चालन गरिएको एकिकृत घुम्ती शिवीर बाट गुर्जालीहरु घरदैलोमै नागरिकता र लालपूर्जा पाएका छन् । भौगोलिक विकटता कारण सरकारी सेवाबाट बञ्चित गुर्जालीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा गुर्जामा दुइदिने शिवीरको आयोजना गरिएको हो […]