धवलागिरी गाउँपालिका

यस्ता छन् धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु

विकल्प न्यूज/बेनी बैशाख १६ गते ।  म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो । वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल र वडा […]

मराङमा खानेपानीको गुणस्तर परिक्षण

विकल्प न्यूज/बेनी बैशाख १३ गते ।धवलागिरी गाँउपालिका वडा नं.६ मराङमा  गुडनेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक बिकास परियोजनाको कार्यान्वयन संस्था कदमम्याग्दीको आयोजनामा खानेपानीको गुणस्तर परिक्षण गरिएको छ । वडाअध्यक्ष राजाराम सुवेदी, स्थानिय जनप्रतिनिधीहरु युवाक्लबको प्रतिनिधी र खानेपानी उपभोक्ताहरुको सहभागितामा ६ नं वडा भरीका समुदायले पिउने पानीको मुहानमा रासायनिक जैविक र भौतिक प्रतिकृयाबाट […]

अर्गानिक खेती प्रविधिसम्बन्धी बेनीमा स्थानिय सरकारवालाविच छलफल

विकल्प न्युज/बेनी बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको […]

जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु

विकल्प न्युज/ ताकम बैशाख २ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु गरिएको मन्दिर […]

श्रमदान गर्न उत्साहित मुनावासी (भिडियो सहित)

विकल्प न्यूज/मुना चैत २७ गते । भर्खर विहानी पख हुँदै थियो । हिमालमा मिर्मिरे घाम झुल्कीदै थिए । यहि विचमा कटुवाको आवाज आयो । कटुवालको आवाज सुनेका गाउँलेहरु कान ठाँडा पार्दै घरबाहिर निस्के । कटुवालले घोक मार्फत विद्यालय मर्मतको योजनामा श्रमदान गर्न गाउँलेहरुलाई उपस्थित हुन भन्यो । धौलागिरि गाउँपालिका ३ मुना स्थित धबलागिरि आधारभुत विद्यालयको […]

धवलागिरी गाउँपालिका उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा

विकल्प न्युज बेनी चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरेश […]

विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग

विकल्प न्युज बेनी  चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण गरिएको छ […]

धौलागिरिमा नेकपाको एकता टुंगियो ः अध्यक्ष सुवेदी र सचिव छन्त्याल चयन

विकल्प न्यूज/ बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन्त्याललाई चयन गरेको छ । सु्वेदी तत्कालिन माओवादी केन्द्रका […]

विप्लव समूहका पुनद्धारा शिक्षक संगठनको अध्यक्ष परित्यागको घोषणा

विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित अखिल नेपाल शिक्षक संगठनका कार्यवहाक अध्यक्ष थम बहादुर पुनले सो पार्टीको सदस्य र शिक्षक संगठनको अध्यक्ष पद परित्याग गरेको घोषणा गर्नुभएको छ । मालिका गाउँपालिका ३ रुम निवसी पुन स्थानीय एक विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएका पुनले  […]

पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

बिकल्प न्युज बेनी चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको थियाे । […]

धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु (भिडियोसहित)

विकल्प न्यूज/मुना चैत २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जिल्ला र राष्ट्रिय संचार […]

स्तन क्यान्सर पिडित ओमकुमारी उपाध्यायलाई १० हजार रुपैयाँ सहयोग

विकल्प न्युज बेनी चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्यक्ष राजेश शाक्यले क्यान्सर पिडित उपाध्यको आफन्त बालकृण आचार्यलाई […]

आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह

विकल्प न्यूज/बेनी चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् । संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, […]

म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ । स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ । कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका […]

धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस

विकल्प न्यूज/बेनी चैत ८ गते । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । ्गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका लागि सिफारिस गरेको […]