ताजा समाचार:
Search

धवलागिरी गाउँपालिका

कांग्रेसको मराङमा जागरण अभियान ,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

विकल्प न्युज /बेनी ,भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]

ताकम कोत पुननिर्माण हुँदै

विकल्क न्युज बेनी ,साउन १७ गते । धौलागिरि गाउँपालिका ७ ताकमधारापानी स्थित पुरानो ताकमकोत। यतिखेर कोतको पुननिर्माण थालिएको छ । तस्विर  : गोपाल आचार्य

झरनाको सुन्दरता

विकल्प न्युज,बेनी साउन १७ गते ।  राउन्ड धौलागिरि पदयात्रामा पर्ने सुन्दर झरना । धौलागिरि गाउँपालिका ४ मुदी बगराको तातोपानी कुण्ड नजिक रहेको झरनाले पर्यटक आकर्षीत गर्दछ । पदयात्रामा रहेका विभिन्न झरनाले पदयात्रालाई थप रोमाञ्चीत बनाउछ । तस्विर : ठाकुरप्रसाद आचार्य

लुलाङका महिलाहरुलाई सिलाई कटाई तालिम

विकल्प न्यूज/बेनी साउन १७ गते ।   धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले […]

म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]

रुमका पौरखी महिला (भिडियो रिपोर्ट)

विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै ।  मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]

धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

सन्तोष गौतम/गोपाल आचार्य ताकम, साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा […]

मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन १० गते ।  धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ । स्थानीयवासीहरुको […]

यस्तो छ धबलागिरि गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नुहोस पूर्णपाठ)

विकल्प न्यूज/बेनी साउन ८ गते । यस गरिमामय सभाका माननीय सदस्यहरु, स्थानीय तहको निर्वाचनमा निर्वाचित भई यस धवलागिरी गाउँपालिकाको छैठौँ गरिमामय सभामा आर्थिक वर्ष २०७६÷७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेकी छु । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात शहीदहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । गाउँपालिकाले आर्थिक […]

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी असार २४ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । पूर्वाधार विकाससँगै नागरिकलाई […]

ज्यान हत्केलामा राखेर भीरमौरीको सिकार

कमल खत्री /बेनी असार १७ गते । गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करिब ५०० मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवा छन् । पहाडको टुप्पोबाट भीरतर्फ झर्दै […]

प्रधानमन्त्री रोजगार कार्यक्रम ः धौलागिरिमा पाए १२० जनाले रोजगारी

विकल्प न्यूज/बेनी असार १७ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल निर्माणमा परिचालन गरिएको […]

धौलागिरि पदयात्राका १५ स्थानमा पुलको अभाव

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १६ गते । धौलागिरि गाउँपालिका ४ मुदी बगरका कृष्णबहादुर बुढाथोकी जोखिम मोलेर काठको साघुबाट म्याग्दी खोला वारपार गर्नुहुन्छ । पुर्जा मात्र होइन म्याग्दी खोलाको तिरमा अवस्थीत तातोपानी कुण्डमा स्नान गर्न पुग्ने मुदी बगरका स्थानीयवासी र राउण्ड धौलागिरि पदयात्रामा पुगेका स्वदेशी एवम् विदेशी पर्यटकहरु तातोपानी कुण्डमा पुग्नका लागि ज्याननै जोखिमा पारेर काठको […]

धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

सन्तोष गौतम/विकल्प न्यूज मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि कुल ३४ करोड […]