धवलागिरी गाउँपालिका

पहिरो अपडेट ः घाइते ६ महिनाकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो

विकल्प न्यूज / बेनी असार २७ गते ।  शुक्रबार धौलागिरि गाउँपालिका ६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर भएकाले बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश […]

म्याग्दीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, वेपत्ताको खोजी कार्य जारी

विकल्प न्यूज/बेनी असार २७ गते । म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । विहिवार राती आएको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्दा १५ जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।   पहिरोमा परेर धौलागिरि गाउँपालिका ६ मराङमा ९ जना र मालिका गाउँपालिका ७ बिममा ४ जना […]

म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो)

गोपाल आचार्य/ताकम असार २६ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा बाढीले ठूलो क्षति पु¥याएको छ । विहिवार राती देखि परेको अविरल वर्षाका कारण गाउँमा बाढी आउँदा विद्यालय,स्वास्थ्य चौकी,किसानले लगाएको धान र घरहरुमा क्षति पु¥याएको हो ।

म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु

विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला […]

म्याग्दीमा पहिरो अपडेट : २२ जना बेपक्ता, एक महिलालाई दुखु खोलाले बगायो

विकल्प न्युज/ बेनी म्याग्दी, २६ असार । अविरल बर्षाका कारण म्याग्दीमा हाल सम्म २२ जना बेपक्ता भएका छन् । भने एक जनालाई खोलाले बगाएको छ। वेपक्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा […]

ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

विकल्प न्युज/ ताकम १९ असार । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन गर्ने अनुमति पाएपछि […]

भिडियोमा हर्नुहोस म्याग्दीका चार स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीको एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गते भित्रै स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका हुन । बेनी नगरपालिका र मंगला गाउँपालिका बाहेकले गाउँसभाबाट पारित पनि गरेका छन् । हेर्नुहोस भिडियो  बेनी नगरपालिका,रघुगंगा,अन्नपूर्ण र धबलागिरि गाउँपालिकाको गाउँसभामा […]

धवलागिरी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको […]

लोकप्रिय कार्यक्रम सहित ल्यायो धबलागिरि गाउँपालिकाले नीति तथा कार्यक्रम ( पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको विकट धबलागिरि गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार मुनामा सम्पन्न आठौै गाउँसभामा अध्यक्ष थमसरा पुनले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई गाउँसभाले सुझाव सहित पारित गरेको छ । पढ्नुहोस नीति […]

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]

मोना साउदीद्धारा म्याग्दीका पाँच स्थानीय तहलाई पीपीई सहयोग

विकल्प न्यूज/बेनी चैत २७ गते ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) साउदी अरबले कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मीलाई आवश्यक १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न म्याग्दीका पाँचवटा गाउँपालिकालाई २–२ थान पीपीई बिहिबार एक कार्यक्रम गरी मोना साउदीको तर्फबाट चन्द्रकुमार केसीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको […]

धवलागिरिमा काेराेना राेकथाम र लकडाउन कार्यन्वयनका लागि युवा परिचालन

विकल्प न्युज / बेनी बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन […]

धवलागिरिमा काेराेना राेकथाम तथा उपचार काेषमा पचास लाख

विकल्प न्युज/ बेनी बेनी, १६ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी […]

धवलागिरी गाउपालिकामा मूल्यसूचि कायम

विकल्प न्यूज/बेनी चैत १२ गते । धवलागिरी गाउपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूचि कायम गरेका हुन् । गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, वडा […]

गाउँपालिकाको सहयोगमा परिक्षार्थी घर फर्किदै

विकल्प न्यूज/बेनी चैत ६ गते ।  एसईई परिक्षामा सहभागि हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई घर फर्किनका लागि गाउँपालिकाहरुले सहयोग गरेका छन् । अन्नपूर्ण गाउँपालिका,धौलागिरि र रघुगंगा गाउँपालिकाले दुर्गम क्षेत्रबाट परिक्षा केन्द्रमा आएका परिक्षार्थीहरुलाई परिक्षा स्थगित भएपछि सहज रुपमा घर फर्किनका लागि आर्थिक सहयोग गरेका हुन । अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुने […]