धवलागिरी गाउँपालिका

म्याग्दीमा थप ४ जनामा काेराेेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक ११ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगला  गाउपालिकामा १ बेनी नगरपालिकामा र धौलागिरी गाउपालिकामा २ जनामा काेराेना पुष्टि भएकाे हाे । सवै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

धौलागिरि गापाको विशेष गाउँसभा सम्पन्न ः तीन करोड ४९ लाख बजेट बिनियोजन

विकल्प न्यूज/बेनी असोज ३० गते ।    म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९ लाख हजार रुपैयाँ […]

म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते ।   जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]

पहिरो प्रभावित गाउँमा हेलिकोप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी

विकल्प न्यूज/बेनी साउन ३० गते । पहिरोबाट प्रभावित गाउँमा हेलिकप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी गरिएको छ । गत असार २६ गते आएको बाढी र पहिरोका कारण प्रभावित गाउँमा विहिवार हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाता ढुवानी गरिएको हो । बाढी र पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएकाले सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर दरवाङबाट ढुवानी […]

पहिरोका कारण घरबारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने

विकल्प न्यूज/बेनी साउन ३० गते । तस्विर पहिरोमा परेर घरबार विहिन भएकाहरुलाई गाउँपालिकाले बनाइदिने घरको डिजाइन बाढी र पहिरोका कारण घरवारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने भएको छ । गत असार २६ गते परेको अविरल वर्षापछि आएको पहिरोले घर बगाएर सुकुम्वासी बनेकाहरुलाई गाउँपालिकाले घर बनाइदिने भएको हो । गाउँपालिका,प्रदेश सरकार र विभिन्न दाताहरुको सहयोगमा पहिरोका कारण […]

मराङ बुलका पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

विकल्प न्यूज/बेनी साउन २६ गते ।   अविरल वर्षासँगै आएको पहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङको बुलका स्थानीयलाई गंगा जिसी फाउण्डेशन र मोना मकाउको सहकार्यमा करिब २ लाख बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।  गत असार महिनाको २५ गते पहिरोले विस्थापित भएका स्थानीयलाई प्रभु हेलिकप्टरबाट ढुवानी गरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]

गण्डकी प्रदेश सरकारले पठायो म्याग्दीका पहिरो प्रभावितलाई राहत (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १७ गते ।      गण्डकी प्रदेश सरकारले म्याग्दीका पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार बेनीबाट पीडितहरुलाई ३०५ बोरा चामल लगायतका सामग्री पठाइएको हो । प्रदेश सरकारबाट अपेक्षा गरेअनुसार सहयोग नपाएको पीडितहरुले गुनासो गरेका समयमा तिन हप्ता पछि प्रदेश सरकारले पहिरो प्रभावितहरुलाई राहत पठाएको हो । गत असार […]

युवा संगठन र अनेरास्ववियूद्दारा मराङ्गमा ५१ वटा अस्थाई टहरा निमार्ण

सन्दिप शर्मा/ बेेनी साउन १४ गते ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संगठन र अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियनले मराङ्गमा विस्थापित ६५ परिवार अट्न मिल्ने गरि ५१ वटा अस्थाइ टहरा निमार्ण गरेका छन् । धौवलागिरी गाउँपालिका ६ मराङ्गमा गत असार २५ गते वर्षका कारण आएको बाढीर पहिरो बाट विस्थापित परिवार लाई वस्नका लागि […]

म्याग्दीमा पहिरो ः राहत,पुनर्निर्माण र पुनस्र्थापना मुख्य चुनौती

हरिकृष्ण श्रेष्ठ /विकल्प न्यूज साउन १३ गते ।       मराङ/ म्याग्दी जिल्ला जल उत्पन्न प्रकोपका हिसाबले देशकैं संकटाभिमुख जिल्लामा पर्ने र पछिल्ला केही वर्ष यतादेखि जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले गर्ने मौसमी भविष्यवाणी लगभग मिल्न गएको सन्दर्भमा सो महाशाखाले असार २४ गतेदेखि गण्डकी प्रदेश लगायत देशका धेरै भागमा भारी वर्षाको सम्भवाना […]

मराङका पहिरोपीडित सुत्केरी महिला भोकभोकै (भिडियो रिपोर्ट सहित)

ठाकुरप्रसाद आचार्य/मराङ साउन ११ गते ।   गत असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ नाम्रुककी सविना विक बेलुकाको खान खादै थिइन । अविरल वर्षा भइरहेको थियो । एकैछिनमा गाउँ माथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । खाना खादै गरेको भाग छाडेर भाग्यौं सविनाले भन्नुभयो ‘श्रीमानले पाँचदिनको बच्चा, मैले अर्को छोरीलाई समाएर भाग्यौं ।’ […]

पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख

विकल्प न्यूज/बेनी साउन ९ गते ।  म्याग्दीका पहिरो पीडितहरुको राहतका लागि नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपियाँ सहयोग संकलन गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका लागि उक्त रकम संकलन […]

लायन्सले जुटायो पहिरो पीडितको लागि ६ लाख भन्दा बढिको सामग्री

ममता बराइली / बेनी साउन ९ गते । म्याग्दीमा क्रियाशिल लायन्स क्लबहरुले म्याग्दीको बाढि पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छ । गत असार २५ गते धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाँउपालिका ७ बिममा गएको पहिरो पिडितहरुको लागि करिब ६ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको हो ।   […]

गाउँपालिकाको विपद् कोषमा अध्यक्ष र उपाध्यक्षले जम्मा गरे एकलाख १० हजार

विकल्प न्यूज/बेनी साउन ४ गते । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकाले स्थापना गरेको विपद कोषमा एकलाख १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गत असार २५ गते आएको पहिरोका कारण पीडितहरुको सहयोगका लागि व्यक्तिगत रुपमा अध्यक्ष पुनले ६० हजार र उपाध्यक्ष रेशम छन्त्यालले ५० हजार सहयोग गर्नुभएको हो । अविरल वर्षाका […]

म्याग्दी पहिरोमा पुरिएका २८ जनाको शव भेटियाे, चार अझै बेपत्ता

असार ३०, २०७७ म्याग्दी : गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका–७ बिममा आएको भीषण पहिरोमा परी बेपत्ता भएका ३२ जनामध्ये मंगलवार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन् भने १२ जना घाइते भएका छन्। गाउँको सिरानबाट आएको पहिरोका कारण दुवै गाउँपालिकाका […]

आँखै अगाडी आफन्त पहिरोमा पुरिए (भिडियो सहित)

विकल्प न्यूज/सिवाङ असार २७ गते । ‘मध्यरातको समय थियो एक्कासी माथिबाट ठूलो पहिरो खस्यो । सवै जना भागभाग भयौं । हेर्दा हेर्दै आँखै अगाडि तिनजनालाई पहिरोले पु¥यो । बचाउन सकिएन । ’ मराङ कल्लेनीका तोरण बहादुर भण्डारीले भन्नुभयो ‘भागेर ज्यान बच्यौं छिमेकीलाई बचाउन सकिएन ।’ विहिवार राती ठूलो पानी परेको थियो । मध्यरातमा त माथिको […]