अन्नपुर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह ९यू १८० मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ । किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरि म्याग्दी फर्किएको अन्नपूर्ण गाउँपालिकाबाट […]

म्याग्दीको अन्नपूर्णमा चट्याङ लागेर ४५ भेडा मरे

 विकल्प न्यूज/बेनी असार ९ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।  अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिनुभयो । “बिहानै कृषकले ४५  भेडा मरेको […]

अन्नपूर्ण गाउँपालिकाले बनायो साढे ५३ करोडको बजेट

विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८०÷०८१ का लागि साढे ५३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपियाँ को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ३५ करोड ५१ […]

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

विकल्प न्युज/ बेनी पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा स्थापित […]

अन्नपूर्णको दोबामा अस्पताल भवन निर्माण

ठाकुरप्रसाद आचार्य/बेनी असार १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभुत तहको अस्पताल संचालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो । सरकारले तिनवर्ष अघि स्थानीय तह सम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अघि सारेको थियो । अपाङ्गमैत्री पाँच […]

पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष खड्कालाई मातृशोक

विकल्प न्यूज/बेनी असार १ गते । पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्कालाई मातृशोक परेको छ । खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६ घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि बिहीबार उहाँलाई फिर्ता […]

बेनी–जोमसोम सडक अवरुद्ध

ठाकुरप्रसाद आचार्य\म्याग्दी जेठ ३१ गते । बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी करिडोर सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने र मुस्ताङबाट फर्किने सवारीसाधानहरु तातोपानीमा रोकिएका छन् । यसअघि जेठ […]

घारखोला जलविद्युत अयोजनाको परीक्षण सुरु

विकल्प न्यूज/बेनी जेठ २२ गते ।  अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो। बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए। उनका […]

अन्नपूर्णको चुचुरोमा क्रिस्टिन हरिला

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २२ गते । एकहप्ता अघि क्रिस्टिन हरिलाले धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो ।  नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिलाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गर्नुभएको छ । सोमबार विहान ६ बजे हरिला र उहाँका सहयोगीहरुले अन्नपूर्णको सफल आरोहण गरेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो […]

अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), जेठ १७ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन […]

म्याग्दीका उदाहरणीय लाहुरेको जीवनकथा ‘लाहुरेको सङ्घर्ष’ सार्बजनिक

विकल्प न्यूज/बेनी जेठ १६ गते ।  म्याग्दी जिल्लाको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको जीवनकथामा आधारिति पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’माथि काठमाडौंमा विमर्श गरिएको छ। कन्सेप्ट नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा पूर्व गोर्खा सैनिक पुनको सत्कर्मले सबैलाई मातृभूमिको सेवामा लाग्न प्रेरणा दिने टिप्पणी गरियो। पत्रकारद्वय शेखर खरेल तथा भोजराज न्यौपाने, सञ्चारकर्मी रीता […]

यसरी निर्माण भइरहेको छ नारच्याङमा निलगिरि जलविद्युत आयोजना(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । निलगिरि खोला हाइड्रोपावरले चारवर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाट को निलगिरि दोस्रो गरी एकसय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण […]

गुडमर्निङ अन्नपूर्ण (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ १२ गते । चारैतिर सेताम्मे हिमश्रृङ्खलाको लहर । विहानै उठ्ने वित्तिकै हिमालको चुचुरोमा सूर्यको किरण । आँखै अगाडी उभिएजस्तै देखिने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल । यहाँ पुग्दा अनुभूति हुन्छ प्रकृतिले दिएको स्वर्गको एक टुक्रा । यहाँको प्राकृतिक सुन्दरताले लामो यात्राको थकानलाई बिर्साइदिन्छ । पर्यटकहरु सुन्दरता सँग रमाउन […]

नारच्याङको फुतफुते झरनामा पुग्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १० गते । निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरीपरी सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउने गर्दछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरु रमाउने […]

नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् । जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ […]