ताजा समाचार:
Search

अन्नपुर्ण गाउँपालिका

अन्नपूर्णले थालेको सवारी साधन दर्तालाई सिडिओको अवरोध

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन सूचिकृत तथा दर्ता गरी नियमन गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय सदरमुकाम स्थित केही ठूला व्यावसायीहरुको प्रलोभनमा परेर पालिकाले अगाडी बढाएको सवारी साधन दर्ता प्रक्रियालाई हस्तक्षेप गरेर रोकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष […]

बेनी–जोमसोम सडक ः राहुघाट–तातोपानी खण्डमा कालोपत्रेको तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते ।   उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहुघाट–तातोपानी खण्डको ठेकेदार काममा फर्किएर सडक कालोपत्रेको तयारी थालेको छ । योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । […]

घोडेपानी– पुनहिल प्राकृतिक सौन्दर्यको खानी

विकल्प न्यूज/बेनी मंसिर १८ गते ।  हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन […]

पुनहिलमा रमाउदै पर्यटक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,घोडेपानी, मङ्सिर १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । घोडेपानी देखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि ३ हजार दुईसय १० मिटरको उचाईमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । हिजोआज मौसम सफा […]

गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  

विकल्प न्युज / बेनी मंसिर १६ गते । घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु. बीस अरब पुुजिगत बजेटको आधा भन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुुङ्गे पुुल सम्बन्धी एक हजार […]

गण्डकीले संघीय टुक्रे योजना कार्यान्वयन नगर्ने ः मुख्यमन्त्री पाण्डे

विकल्प न्यूज । घोडेपानी (म्याग्दी) १६ मंसिर ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले संघ सरकारले पठाएका टुक्रे योजना कार्यान्वन नगर्ने घोषणा गरेका छन् । उनले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिएका हुन् । म्याग्दीको घोडेपानीमा शनिबार भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय स्तरीय समस्या समाधान […]

प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

घोडेपानी १६ मंसिर ः   गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व […]

गाउँपालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

विकल्प न्यूज / बेनी मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा […]

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

नारच्याङ (म्याग्दी), मङ्सिर १२ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुनु थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सुरु भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख […]

पर्यटक लोभ्याउँदै रुप्से झरना (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा यतिखेर आन्तरिक पर्यटकको भिड लागेको छ । मुस्ताङ भ्रमणमा हिडेका पर्यटकहरु कालिगण्डकी करिडोरको छेवैमा पर्ने झरनामा रोकिएर तस्विर र भिडियो खिच्ने गर्दछन् । केही वर्ष पहिला रुप्सेमा आएको भिषण बाढी र पहिरोका कारण झरनाको स्वरुप विग्रीएको देख्दा पहिलो पटक झरना हेर्न […]

पोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

विकल्प न्यूज \बेनी कात्तिक २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार तथा भवन निर्माण, राजस्व, याजना लगायत […]

घारखोलामा पुल निर्माणपछि पाउद्धारका दुई सय परिवारमा खुसीयाली

विकल्प न्यूज/बेनी कात्तिक १७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए […]

अन्नपूर्ण र बेनीलाई प्रथम मोना कपको उपाधि

ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,असोज २५ गते । म्याग्दीको बेनीमा संचालन भएको प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फ अन्नपूर्ण गाउँपालिका र पुरुष तर्फ बेनी नगरपालिकाले उपाधि हात पारेका छन् । बेनीको खुल्ला मञ्चमा विहिवार सम्पन्न भएको फाईनल खेलमा महिला तर्फ मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्णले उपाधि […]

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपा नी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल […]

भुुवानी आधारभूतको कक्षा कोठा भवन जिर्ण

विकल्प न्यूज/बेनी भदौ,१५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट घारखोला जलविद्युत आयोजना जलविद्युत आयोजनाको सुरुङ खन्दा चर्किएको तीन कोठे भवन अत्याधिक वर्षाका कारण […]