अन्नपुर्ण गाउँपालिका

मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी

साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]

उपाधी जितेपछी नारच्याङवासीले मनाए खुसियाली (फोटो)

विकल्प न्यूज/बेनी पुस २७ गते ।  अन्नपूर्ण गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा मावि नारच्याङले जितेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।  बिजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, […]

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ ।  भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल सहित नगद पचास […]

प्रभा माविका शिक्षकद्धारा जन्मदिनका अवसरमा विद्यार्थीलाई सहयोग

विकल्प न्यूज/बेनी पुस २५ गते ।  म्याग्दीको अन्नपूर्णगाउँपालिका ४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो जन्मदिनका अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका १३ चितवन स्थायी घर भई हाल प्रभा माविमा गणित विषयका शिक्षक लोकनाथ बरालले जन्मदिनका अवसरमा विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीहरुलाई लत्ताकपडा र कापीकलम वितरण गर्नुभएको हो […]

पन्ध्रसय मिटरको दौडमा प्रभा मावि विजेता

विकल्प न्यूज/बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरु भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन पन्ध्रसय मिटर छात्रा तर्फको दौडमा प्रभा मावि नारच्याङ पहिलो भएको छ ।  किस्मा तिलिजाले पहिलो स्थान,शिख माविकी रेखा पुर्जा दोस्रो र प्रभा माविकै सुस्मीता तिलिजाले तेस्रो स्थान हासिल गरेका […]

अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले प्रतियोगिताले […]

अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

विकल्प न्युज /बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले […]

गाउँपालिकाले ग¥यो नारच्याङमा पुगेर योजना सम्झौता

साधन राम्जाली/विकल्प न्युज बेनी पुस २३ गते ।वडामा हुने विकास निर्माणका काम अन्तर्गत प्रशासनीक प्रक्रियालाई छिटो, सरल र सहज बनाउन अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौताको काम थालेको छ । वडामा पुगेर योजना सम्झौता गर्न पहिलो चरणमा वडा नं ४ नारच्याङबाट सुरु गरेको गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । अभियानको पहिलो दिन नारच्याङमा […]

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट

विकल्प न्यूज/बेनी पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा […]

पोखरेबगर–चित्रे सडक स्तरउन्नतीको काम तिव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार हुँदै शिखको चित्रे सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको निर्माण तिव्र पारिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले यतिखेर सडक फराकिलो बनाउने काम गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई म्याग्दीले करिब २८ करोड रुपियाँ लागतमा सडक कालोपत्रे […]

घारका किसानहरुले बनाए “मिनी कोल्डस्टोर” (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १६ गते ।  उत्तिरी अन्नपूर्ण गाउँपालिका ६ घारका कृषकहरुले सुन्तला भण्डारका लागि कोल्डस्टोर(शितभण्डार) निर्माण गरेका छन् । बिरौटा बहुउद्देश्यीय कृषक समुहले गाउँमा शितभण्डार निर्माण गरेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पाँचलाख अनुदान र कृषकहरुको एकलाख ४२ हजार रुपियाँ बराबरको श्रमदानमा शितभण्डार निर्माण गरिएको हो । समुहमा आवद्ध ३३ जना […]

अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान […]

अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण

विकल्प न्यूज/बेनी पुस १३ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ प्रतिघण्टा र ब्रेकर प्रयोग […]

अन्नपूर्ण गाउँपालिकाको गुरुयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस १२ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गुरुयोजना निर्माण सुरु गरेको छ । गाउँपालिकाको अवस्था, समस्या, सम्भावना र आगामी दिनमा गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न गुरुयोजना बनाउन लागिएको हो । गुरुयोजना निर्माणका विषयमा छलफल गर्न गाउँपालिकाको केन्द्र पोखरेबगरमा बिहीबारदेखि सरोकारवालाहरुको अन्तरक्रिया सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने छलफलमा जनप्रतिनिधि, अगुवा, राजनितिककर्मी […]