अन्नपुर्ण गाउँपालिका

विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले जानकारी दिनुभयो । संस्थाका […]

स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

विकल्प न्यूज /बेनी फागुन ७ गते ।  म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा […]

शिख देउरालीम पुख्र्यौली नाच प्रदर्शन

सेते तिलिजा पुन / विकल्प न्युज शिख, फागुन १ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका ५ शिखमा मगरहरुको सांस्कृतिक लोक नृत्य पुख्र्यौलि नाच प्रदर्शन गरिएको छ । साविक शिख गाविस वडा नं २ देउरालिमा रहेको शिख पुख्र्यौली समुह द्धारा सो नृत्य प्रदर्शन गरिएको हो । देउराली निवासी महेश पुर्जा छोरा आभास पुर्जाको छेवारका अवसरमा सो […]

जातीय विभेद अन्त्यका लागि साझा प्रयासको आवश्यकता

सन्तोष गौतम/विकल्प न्यूज ठूलोबगर २९ माघ । सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र जातीय भेदभावको व्यवहारिक अन्त्यका लागि साझा प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि ठूलोबगरमा सूरु भएको दलित जनप्रतिनिधि तथा अगुवाहरुबीच जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका सहभागि वत्ताहरुले यस्तो धारणा व्यक्त गरेका […]

वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

विकल्प न्युज/ बेनी माघ २८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष पुर्जाले विद्यालय […]

नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन/विकल्प न्यूज माघ २६ गते । नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाले अन्नपूर्ण गाउँपालिका ६ घारका आगलागी पीडित भुपेन्द्र खड्काको परिवारलाई राहत वितरण गरेको छ सोसाइटीले शुक्रवार पीडितको घरमा पुगेर त्रिपाल, लत्ताकपडा र भाँडाकुडाह? वितरण गरेको हो । यहि माघ १० गते विद्युत सर्ट भई घरमा आगो लागि हुँदा घर जलेर पुरै ध्वस्त भएको थियो […]

घारका आगोलागी पीडितलाई कोरियाबाट ४५ हजार सहयोग

सुरेन गुरुङ/विकल्प न्यूज माघ १९ गते ।  अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्र बहादुर खड्कालाई कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरिया शाखाले ४५ हजार रुपियाँ सहयोग गरेको हो । मातृभूमी सेवा समाजका सहसचिव खिम खड्काको पहलमा उक्त रकम संकलन भएको थियो । उक्त सहयोग गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर गर्बुजा पुनले […]

हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

विकल्प न्यूज/बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा […]

अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालन […]

पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु

विकल्प न्युज / पाेखरेबगर पोखरेबगर १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम समक्ष […]

युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग

विकल्प न्यूज /बेनी माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो […]

अन्नपूर्णमा गाउँपालिका भवनका लागि निशुल्क जग्गा

विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् । गाउँपालिका केन्द्र पोखरेबगरका स्थानीयवासीहरुले गाउँपालिकाको भवनका लागि ४ रोपनी आठ अना जग्गा निशुल्क उपलब्ध गराएका हुन । स्थानीयवासीले उपलब्ध गराएको जग्गाको मुल्य स्थानीय बजार भाउअनुसार एक करोड अनुमान गरिएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो […]

दिवंगत अभिभावकको स्मृतिमा छात्रवृति प्रदान

विकल्प न्युज /बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका एक परिवारले दिवंगत अभिभावको स्मृतिमा स्थानीय ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको छ ।   स्व गंगाप्रसाद र दुर्गाकुमारी स्मृतिमा कृष्ण र कबिन तुलाचनद्धारा स्थापित कोषबाट एसइइ र दश जोड दुई तहमा सर्वोकृष्ट अंक हासिल गर्ने तीन जना र गरिब जेहेन्दार दुई जनालाई कूल […]

संस्कृति संरक्षणमा जुट्दै दानाबासी

विकल्प न्यूज/बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका ६४ वर्षीय मनबहादुर पाइजा विगत २० वर्ष देखि यता संस्कृति संरक्षणमा जुट्नुभएको छ । जनजाति समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा उहाँ निरन्तर रुपमा लाग्नुभएको छ । यस्तै दानाका ६८ वर्षीय कर्णबहादुर गुरुङलाई पछिल्लो समय पुरानो कलासंस्कृति लोपहुुन थालेकोप्रति चिन्ता छ । संस्कृति र परम्परालाई […]

मिस्त्रीखोला जलविद्युत आयोजनाको जथाभावी

विकल्प न्यूज/बेनी पुस ३० गते । यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो । आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा […]